धादिङ, ११ असोज – धादिङबेंसीबाट मार्पाक गाविस जाँदै गरेको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । ना ४ ख ३३१८ नम्बरको बस दुर्घटनामा १४ जनाको शव फेला र ९ जना घाइतेलाई उद्धार गरिएको प्रहरी निरीक्षक भीम भट्टराईले जानकारी दिए । मृतकमध्ये १० पुरुष र ४ महिला रहेका छन् । नौ जना घाइतेलाई काठमाडौं पठाउन हेलिकोप्टर मगाइएको प्रहरी निरीक्षक भट्टराईले बताए । उद्धारका लागि सदरमुकामबाट पनि प्रहरी घटनास्थल पठाइएको उनले बताए । बस मार्पाक–६, लपाङफेदीको उकालोमा ओभरलोडका कारण दुर्घटनामा परेको प्रहरीकाे प्रारम्भिक अनुमान छ ।
Author: Amrit Baskune
शिवशरण ज्ञवाली हामी शिक्षक, जे गर्छौ मुखैले गर्छौ । एकाध शिक्षालय अपवाद होलान्, नभए देशभरका अधिकांश विद्यालयमा कार्यरत शिक्षकहरुको साझा कार्यशैली हो, यो । शिक्षाको सिद्धान्त विपरीत शिक्षकहरु मुखाले बनेका छन् । फलस्वरूप आफूहरुले अनावश्यक बोझ र दुःख झेलिरहेका छन् भने विद्यार्थीहरुले सोचे अनुरुप प्रतिफल पाउन सकेका छैनन् । साथसाथै शिक्षक र विद्यार्थीका बीचमा अनावश्यक द्वन्द्व चलिरहेको छ । शिक्षण गर्नका लागि शिक्षा नै पढ्नुपर्छ, यो संसारको सार्वभौम मान्यता हो । तर हाम्रोमा भने शिक्षा नपढे पनि शिक्षणमा लाग्न पाइने चलन अझै हटिसकेको छैन । २०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनापछि शिक्षामा निजी क्षेत्रको प्रवेश भयो । फलतः शिक्षा दुई धारमा बाँडियो, निजी र सरकारी गरेर । सरकारी विद्यालयमा शिक्षा पढ्नैपर्ने…
११ असोज २०७३, धौलागिरी स्टार साप्ताहिक 11-ashoj-2073-dstar
हिन्दु नेपालीहरुको ठुला दुई चार्ड वडा दशै र तिहार नजिकिदै छन् । चार्डपर्व परिवारजनसंग मनाउनको लागि रोजगारीका लागि भारत गएका नेपालीहरु यतिबेला घर फर्कने क्रम शुरु भएको छ । चार्डपर्वमा विदेशमा रहेका अधिकांश नेपालीहरु स्वदेश फर्किने गर्छन् । भारतमा रोजगारी गर्न गएका नेपालीहरु घर फर्कने क्रममा यतिबेला भारतिय सुरक्षाकर्मीको अवरोधले सास्ती खेप्न बाध्य भएका समाचार आउन थालेका छन् । भारतिय सुरक्षा बलले सिमामा नेपाली माथि अनावश्यक चेकजाँच गरेर दुख दिने मात्रै होइन मोटो रकम नपाएसम्म दिनु सम्मको दुःख दिने गरेका छन् । भारतमा मजदुरी गरेर फर्किएका नेपालीहरु सुरक्षाकर्मीबाटै बाटोमा लुटिन थालेका छन् । भारतिय सुरक्षाकर्मी मात्रै होइन त्यहाँका नागरिकले नशालु पदार्थ सेवन गराएर नेपालीको रकम लुट्ने…
कृष्णप्रसाद शर्मा जन्मदा हामी स्वतन्त्र भएर जन्मे पनि पछि हामी सबै कुराले जेलिएर बाँधिन्छौ जुन सबैलाई थाहा छ तर हामी घर व्यवहारले मात्र होईन जीवनको सबै अवयवहरूमा कसैको खटनपटनमा चलेका छौ कि जस्तो छ । भोटरहरू कार्यकर्ताको अधिनमा, कार्यकर्ताहरू सबै नेताको अधिनमा तर नेताहरू अरूकै अधिनमा छन् । अहिले निष्पक्ष भएर मनमा लागेको कुरा सामाजिक संजालमा लेख्यो भने विचार संग असहमत हुनेले अमुक पार्टिको हनुमान भनि दिन्छ । नेताहरूमा स्वतन्त्र विचार राख्नु भनेको आफ्नो राजनैतिक जीवन धरापमा पार्नु हो । हामी नालापानीमा बेलायती सेनासंग लडेको कुरा अहिले कहानी भएको छ । कालापानी, सुस्ता, दशगजादेखी लिपुलेकका बारेमा हामी धेरै बोल्न खोज्दैनौ किन कि हामी कसैको अधिन…
बागलुङ, ११ असोज – धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाद्धारा सञ्चालित निलगिरि अस्पताल बागलुङले सोमबार अन्तराष्ट्रिय फार्मेसी दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । अवैध औषधी पसल बन्द गर्दै औषधी र औषधीजन्य वस्तु उपयोग गर्दा सचेत बन्नुपर्ने उद्देश्यका साथ अस्पतालले दिवस मनाएको हो । कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतमले फार्मेसी औषधीको वितरण, व्यवस्थापन र उत्पादनमा ध्यान पु¥याउनुपर्ने भन्दै अवैध औषधी विक्रेताका कारण जनस्वास्थ्यमा असल पार्ने भएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले इजाजत प्राप्त फार्मेसी र व्यक्तिबाट मात्रै औषधी लिनुपर्ने नागरिकमा सचेतना प्रदान गर्नुपर्ने भन्दै परामर्श लिएर औषधी उपभोग गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा स्टाफ नर्स प्रतिक्षा लिमिल्सिनाले दिवसको…
पर्वत, ११ असोज – जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्ला अदालत पर्वतबाट सजाय सुनाएर फरार रहेका अभियुक्तलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको विशेष टोलीले विभिन्न मितिमा सजाय सुनाइएका ५ जना व्यक्तिलाई सोमबार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका व्यक्तिमध्ये चोरी मुद्धामा २०६९ मा ३ बर्ष १० दिन कैद सजाय सुनाईएका तिलाहार–७ का सन्तोष लामिछाने, चोरी मुद्धामा नै २०७१ सालमा १ महिना १५ दिन कैद सजायसहित ५५ हजार ६ सय जरिवाना सुनाइएका तिलाहार–६ का अनिल किसान रहेका छन् । त्यस्तै सार्वजनिक अपराधमा संलग्न क्याङ गाविस–९ का मिलन पुन, तिलाहार– ९ का राजेन्द्र हमाल र बाजुङ–१ का भरतबहादुर पौडेललाई समेत प्रहरीले नियन्त्रणमा…
यदि तपाइँ सम्भोगको मामिलामा खरो उत्रिन चाहनुहुन्छ र आफ्नो पार्टनरसँगको अन्तरंग पलहरुलाई अझै सम्झनलायक तथा आनन्ददायक बनाउन चाहनुहुन्छ भने तपाइँले केही चिजहरुको नियमित सेवन गर्नुपर्ने हुन्छ । आउनुहोस् आज हामी तपाइँलाई यस्ता खानेकुराहरुको बारेमा बताउँदैछौँ जसले तपाइँको सेक्स ड्राइभ अर्थात् यौनइच्छा बढाउन सहयोग गर्नेछन् । १. फर्सीः फर्सीको नियमित सेवनले पुरुषहरुमा यौन क्षमता बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ । फर्सीको बियाँमा सरीरलाई आवश्यक ट्रिप्टोफ्यान नामक एमिने एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा सरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । जुन मानिसमा यौन क्षमता वृद्धिमा महत्वपूर्ण हुन्छ । २. चकलेटः चकलेटलाई रोमान्टिक गिफ्ट पनि मानिन्छ । यसको वैज्ञानिक कारण छ । किनकी चकलेटमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ…
क्यालिफोर्निया,११ असोज- चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट क्यामराको रुपमा स्मार्ट चश्मा सार्वजनिक गर्ने बताएको छ। कम्पनीले उक्त स्मार्ट चश्माको नाम स्पेक्टेकल्स राखेको र यसको प्रयोग गरी प्रयोगकर्ताले ३० सेकेण्डसम्मको भिडियो रेकर्ड गर्न सकिने जनाएको छ। उक्त स्पेक्टेकल्सका निमार्णकर्ता इभान स्पिङगलले आफूले आफ्ना साथीहरुसँग मिलेर रमाइलोकालागि एक स्मार्ट चश्मा तयार पारेको र अहिले स्न्याप च्याटले यसलाई बजारमा सार्वजनिक गर्ने कुराले आफू उत्साहित भएको बताए। उनले भने, ‘यो स्मार्ट चश्मा गुगलको स्मार्ट चश्मा जस्तो देखिएपनि त्यो भन्दा यो विल्कुल फरक छ।’ उनले आफूहरुको स्मार्ट चश्मा गुगलको स्मार्ट चश्माको तुलनामा धेरै सस्तो हुने दाबी गरेका छन्। उनले आफ्नो स्मार्ट चश्मा…
काठमाडौँ, ११ असोज-कप्तान पारस खड्का शतकबाट एक रनले चुकेपनि उनको विशाल वारियर्सले वाईवाई ईपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सोमबार ठूलो अन्तरको जित निकाल्यो । वर्षाले प्रभावित पहिलो खेलमा कान्तिपुरसँग बराबरीमा चित्त बुझाउन बाध्य विशालले दोस्रो खेलमा भने सगरमाथा लेजेन्ड्सलाई २५ रनले हरायो । जितका लागि १ सय ७५ रन पछ्याइरहेको जगदम्बाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४९ रन मात्र जोड्न सक्यो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान सुनिल धमालले सर्वाधिक ८७ रन बनाए । उनी पनि शतकको नजिक पुगेर दबाबमा आए । उनले ६० बलको इनिङ्समा छ चौका र पाँच छक्का प्रहार गरे । उनलाई छाडेर अरु ब्याट्सम्यानले खासै योगदान…