बागलुङ, ११ असोज – धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाद्धारा सञ्चालित निलगिरि अस्पताल बागलुङले सोमबार अन्तराष्ट्रिय फार्मेसी दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
अवैध औषधी पसल बन्द गर्दै औषधी र औषधीजन्य वस्तु उपयोग गर्दा सचेत बन्नुपर्ने उद्देश्यका साथ अस्पतालले दिवस मनाएको हो । कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतमले फार्मेसी औषधीको वितरण, व्यवस्थापन र उत्पादनमा ध्यान पु¥याउनुपर्ने भन्दै अवैध औषधी विक्रेताका कारण जनस्वास्थ्यमा असल पार्ने भएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले इजाजत प्राप्त फार्मेसी र व्यक्तिबाट मात्रै औषधी लिनुपर्ने नागरिकमा सचेतना प्रदान गर्नुपर्ने भन्दै परामर्श लिएर औषधी उपभोग गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा स्टाफ नर्स प्रतिक्षा लिमिल्सिनाले दिवसको बारेमा जानकारी गराएकी थिइन । सो अवसरमा नर्सिङ इन्चार्ज बिन्जु खड्काले फार्मेसीको बिषयमा सहजिकरण गरेकी थिइन ।
कार्यक्रममा एनसिडिए बागलुङका भुतपुर्व अध्यक्ष अनुप श्रैष्ठ, बि.फर्मासिष्ट गोकुल जिसी, डि.फर्मासिष्ट चन्द्र रेग्मी, शिर्शक शर्मा र शिव केसीलाई सम्मान गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा मेडिकल अफिसर डा. राहुल रायमाझी, बि.फर्मासिष्ट गोकुल जिसीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सुनिता शाक्यले गरेकी थिइन ।
Previous Article५ वर्षअघि फरार अभियुक्त पक्राउ
Next Article के हामी साँच्चै स्वतन्त्र छौ ?