काठमाडौँ, १३ असोज – यातायात व्यवसायीले दशैं र तिहारका लागि बसभित्रको ग्यालरीमा ‘मुढा’ राखेर यात्रु ओर्सान पाउनुपर्ने माग गरेका छन् । माग पूरा गर्न दबाब दिनका लागि व्यवसायीहरूले सुदूर, मध्य तथा पूर्वक्षेत्रमा चल्ने लामो दुरीका यातायातका साधन (बस)को अग्रिम टिकट बुकिङ सेवा केही दिनलाई स्थगित गरिएको सूचना टाँसेका छन् । यातायात व्यवस्था विभागमा बुधबार भएको सर्वपक्षीय छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले सुदूरपश्चिम लगायत केही क्षेत्रमा अग्रिम टिकट बुकिङ स्थगित गरिएको जानकारी दिए । २० लाख ओसार्न १५ हजार बसले पुग्दैन, उनले भने , दसैँ र तिहारका लागि ३५ हजार बस चाहिन्छ । सरकारले बसको ब्यवस्था गर्छ भने…
Author: Amrit Baskune
काठमाडौं, १३ असोज-अमेरिकाले आगामी १८ असोजबाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी १८ असोजबाट सन् २०१८ को डीभी कार्यक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो । ‘डीभी कार्यक्रम अक्टोबर ४, २०१६ (१८ असोज २०७३) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न नेपालमा स्थानीय समयअनुसार ९ : ४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र ७ नोभेम्बर २०१६ (२२ कात्तिक २०७३ कात्तिकमा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न नेपालमा स्थानीय समयअनुसार १० : ४५ बजे बन्द हुनेछ,’ दूतावासले भनेको छ, ‘हामी डीभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्छौं ।’ आवेदन निःशुल्क हुने र…
काठमाडौं, १२ असोज-बुधबार भएको दोस्रो खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाई ७ विकेटले पराजित गरेको छ । जगदम्बाको ११४ रनको लक्ष्य विशाल वारियर्सले १३.३ ओभरमा ११७ रन बनाउँदै पुरा गरेको हो । जितसँगै विशाल वारियर्स अंक तालिका दोस्रो स्थानमा छ । जगदम्बा राइनोजले १६ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाई ११०रन बनायो,डकवर्थ लुइस पद्धतिमा विशाल वारियर्सले ११४रनको लक्ष्य पाएको थियो । विशाल वारियर्सका लागि कप्तान पारसले अर्धसतक पुरा गरेका थिए ।
काठमाडौं, १२ असोज- दशैंको मुखमा वृद्धभत्ता थाप्न पाउँदा स्थानीय वृद्धवृद्धा खुशी भएका छन् । पूर्ववर्ती केपी ओली सरकारले बढाएको वृद्धभत्ताको पहिलो किस्ता उनीहरूले पहिलोपटक पाएका हुन् । दशैं आउन केही दिनमात्र बाँकी रहदा घर खर्चको जोहो गर्नुुपर्ने चिन्ता कम भएको वृद्धवृद्धा बताउँछन् । पाटन गाबहालस्थित नेपाल बैंक लिमिटेडमा मंगलवार वृद्धभत्ता लिनेको भीड लागेको छ । ललितपुर उपमहानगरपालिकाको वडालाई छुटाछुट्टै वर्गीकरण गरेर भत्ता बाँडेको छ । बैंक खोल्नु अगाडिदेखि नै ७० कटेका वृद्धवृद्धाहरू अनि एकल महिला सबै लाइनमा बसेका भेट्टिए । कोही लठ्ठी टेकेर आइरहेका, कोही लाइनमा बसेर थाकेर बसिरहेका थिए भने कोही वृद्ध आमाबुवाको पत्र लिएर लाइनमा बसिरहेका छोराछोरीहरूको लाइन बैंकभन्दा…
काठमाडौं, १२ असोज -राष्ट्रिय लोक दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री पंगेनी निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न छैटौ महाधिवेशनबाट पंगेनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अन्य दुई प्रत्यासीलाई हराउदै ८८८ मतको साथ उनी विजयी भएका हुन् । प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रमेश बिजी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाड र महिला उपाध्यक्षमा रीता थापा मगर निर्वाचित भएका छन् । प्रतिष्ठानको महासचिवमा सुवास केसी, उपमहासचिवमा चोलेन्द्र पौडेल निर्वाचित भएका छन् । खुल्ला तीन सचिवमा शंकर बिसी, खुमन अधिकारी र कृष्ण रेउले विजयी भए भने महिला सचिवमा राधिका हमाल निर्वाचित भइन् ।प्रतिष्ठानको कोषाध्यक्षमा दिपक खड्का र सह कोषाध्यक्षमा टीका पुन…
बागलुङ, १२ असोज – विद्यालय प्रशासन र व्यवस्थापन समितिले ६ बर्षदेखिको आर्थिक हिसाब किताव सार्वजनिक नगरेको भन्दै कुडुले माविमा अभिभावक र प्रअ बीच विवाद चुलिएको छ । २०६७ सालमा प्रअ नियुक्ती भएदेखि प्रअ गोविन्द पराजुलीले आर्थिक पारदर्शिता नगरेपछि विद्यालयको अनियमितता बारेमा अख्तियारमा समेत उजुरी परेपछि अभिभावक रुष्ट भएका हुन् । मंगलवार राखिएको सामाजिक परिक्षणमा समेत अभिभावकले प्रअको लापरवाहीले विद्यालयको अवस्था दिन दिनै खस्केको आरोप लगाएका छन् । पूर्व प्रअले हस्तान्तरण गरेको ४० लाख रुपैयाँ घटेर ८ लाख पुगेको, विभिन्न चरणमा शान्ति मन्त्रालय, जिल्ला शिक्षा र नगरपालिकाको सहयोगमा बनेका भौतिक संरचनाको हिसावकिताव पारदर्शी नभएको उनीहरुले आरोप लगाए । ‘प्रअलाइ भएको अधिकार…
विद्यामन्दिर मावि निर्माण अभियान बागलुङ, १२ असोज – वृहत भौतिक पूर्वाधार निर्माणको योजना थालेको विद्यामन्दिर माविलाइ अमेरिकामा बस्ने बागलुङेले एक्लै १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । वि.सं. १९९७ मा स्थापित विद्यामन्दिर माविलाइ मंगलवार बागलुङ नगरपालिका वडा नम्बर १० घर भई विगत आठ वर्षदेखि अमेरिका बस्दै आएका हिरालाल गौतमले उक्त रकम सहयोग गरेका हुन् । विद्यालयमा आयोजित एक कार्यक्रममा उनले सहयोग रकमको चेक महायज्ञ मूल आयोजक समितिलाई हस्तान्तरण गरेको प्रअ जगन्नाथ आचार्यले जानकारी दिए । विद्यालय निर्माणकै लागि धनधान्याचल महायज्ञको पनि तयारी भैरहेको छ । कार्यक्रममा विद्यालयका संस्थापकका ओमप्रसाद गौचनका छोरा तथा अर्का चन्दादाता ओमकार प्रसाद गौचनलाई पनि…
ओली सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेस अहिले देशका जल्दाबल्दा विषयमा मौन बसेको छ । संविधान संशोधनको ललिपप देखाएर मधेसी मोर्चालाई प्रचण्ड नेतृत्वको सरकारमा समर्थन गर्न बाध्य पारेको कांग्रेस अहिले मधेसी दलले उठाएका मागप्रति चुइक्क बोलेको छैन । प्रचण्ड नेतृत्वको सरकार बनेको लामो समय बितिसक्दा पनि मधेसी दलका माग सम्बोधन नभएको भन्दै रुष्ट बनेको मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिन थालेको छ । अर्काेतर्फ माओवादी केन्द्र र नेपाली कांग्रेसकै बेवास्ताका कारण संविधान कार्यान्वयनको विषय ओझेलमा परेको छ । गंभीर प्रकृतिका अपराधमा मुद्दा खेपीरहेका मधेसी दलका नेता तथा कार्यकर्तालाई सत्ताधारी दलहरुले उन्मुक्ति दिने कुरा उठेको छ । यसै विषयलाई लिएर गृहमन्त्री निधी र…
बागलुङ, १२ असोज – नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा बागलुङको सम्मेलन आयोजक समितिको संयोजकमा लालबहादुर परियार चयन भएका छन् । मोर्चाको एकता भेलाबाट संयोजकमा परियारसहित ९१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको हो । जसअन्र्तगत २७ सदस्यीय सचिवालय समिति गठन गरिएको मोर्चाले जनाएको छ । मोर्चाले संगठनात्मक कामलाई प्रभावकारी रुपमा अगाडी बढाउनका लागि कार्य बिभाजन समेत गरेको छ । भेलाबाट जिल्लाको दक्षिण क्षेत्रका लागि संयोजक लालबहादुर परियार, बागलुङ नगरपालिकाको लागि टिका बिक, गल्लकोट क्षेत्रका लागि दिलबहादुर परियार र बुर्तिबाङ क्षेत्रका लागि कुविर बिकलाई जिम्मा दिईएको मोर्चाले जनाएको छ । मोर्चाले अब बुधबारदेखी नै सदस्यता नविकरण र संगठन सुदिढिकरण कार्यक्रमलाई अगाडी बढाउने निर्णय…
बागलुङ, १२ असोज – सिवाईसी बचत तथा ऋण सहकारी संस्था र बाटाकाचौर बहुउद्देश्यीय सहकारी संस्थाबीच बैधानीक रुपमा एकीकरण भएको छ । डिभिजन सहकारी कार्यालय बागलुङले मंगलबारदेखि लागू हुने गरी दुई संस्था एकीकरण भएको जानकारी दिएको हो । सिवाइसीमा कल्याणकारी बचत तथा ऋण सहकारी संस्था तित्याङ, विहुँकोट महिला विकास बचत तथा ऋण सहकारी संस्था विहुँ, परिवर्तन बचत तथा ऋण सहकारी संस्था, सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था कुश्मिसेरा सँग समेत एकीकरण गरी एकिकृत कारोवार सञ्चालन गर्दै आइरहेको छ । संस्थाले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी स्थानीय स्तरवाटै वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्न बागलुङ बजार, तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ र कुश्मिसेरामा सदस्य सेवाकेन्द्र स्थापना गरेको छ । केही…