बागलुङ, १२ असोज – नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा बागलुङको सम्मेलन आयोजक समितिको संयोजकमा लालबहादुर परियार चयन भएका छन् । मोर्चाको एकता भेलाबाट संयोजकमा परियारसहित ९१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको हो ।
जसअन्र्तगत २७ सदस्यीय सचिवालय समिति गठन गरिएको मोर्चाले जनाएको छ । मोर्चाले संगठनात्मक कामलाई प्रभावकारी रुपमा अगाडी बढाउनका लागि कार्य बिभाजन समेत गरेको छ ।
भेलाबाट जिल्लाको दक्षिण क्षेत्रका लागि संयोजक लालबहादुर परियार, बागलुङ नगरपालिकाको लागि टिका बिक, गल्लकोट क्षेत्रका लागि दिलबहादुर परियार र बुर्तिबाङ क्षेत्रका लागि कुविर बिकलाई जिम्मा दिईएको मोर्चाले जनाएको छ ।
मोर्चाले अब बुधबारदेखी नै सदस्यता नविकरण र संगठन सुदिढिकरण कार्यक्रमलाई अगाडी बढाउने निर्णय गरेको संयोजक परियारले जानकारी दिए । भेलाको उद्घाटन सत्रमा बोल्दै नेकपा माओबादी केन्द्रका पोलट्ब्युरो सदस्य एबं प्रदेश नम्वर ४ का दलित बिभाग प्रम्ुख भक्तबहादुर रसायलीले दलित समुदायले आर्थिक र सामाजिक शोषणबाट मुक्ति पाउन दलित आन्दोलनलाई सशक्त बनाउनु पर्ने बताए ।
पछिल्लो समयमा दलित समुदायको हकहित सम्बन्धी केही सकारात्मक कुराहरु उठान भएको भन्दै दलित अगुवा रसाईलीले संबिधानमा प्राप्त उपलब्धीको रक्षा गर्दै थप आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला इन्चार्ज चन्द्र बहादुर बुढा ‘सागर’ले दलित लगायत सम्पुर्ण उत्पीडित उपेक्षित वर्गका हकअधिकार सुनिश्चित गर्नका लागि संबिधानको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।
त्यसैगरी नेपाल दलित मुक्ति मोर्चाका ४ नम्वर प्रदेश संयोजक भिमबहादुर बिकले समाजमा अझै छुवाछुत जस्तो जघन्य अपराध कायमै रहेकोले सशक्त आन्दोलन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्यद्धय यज्ञबल्लभ शर्मा ‘बिद्रोही’ र राजिव घिमिरे, नेपाल दलित मुक्ति मोर्चा ४ नम्वर प्रदेशका सह–संयोजक दिलबहादुर परियार र अनेम संघ क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य टिका बिक लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल दलित मुक्ति मोर्चा बागलुङका अध्यक्ष लाल बहादुर परियारको अध्यक्षता, सदस्यराज कुमार बोसेलको स्वागत र खगेन्द्र बिकको संचालनमा सम्पन्न भएको थियो ।