बागलुङ, १२ असोज – सिवाईसी बचत तथा ऋण सहकारी संस्था र बाटाकाचौर बहुउद्देश्यीय सहकारी संस्थाबीच बैधानीक रुपमा एकीकरण भएको छ । डिभिजन सहकारी कार्यालय बागलुङले मंगलबारदेखि लागू हुने गरी दुई संस्था एकीकरण भएको जानकारी दिएको हो ।
सिवाइसीमा कल्याणकारी बचत तथा ऋण सहकारी संस्था तित्याङ, विहुँकोट महिला विकास बचत तथा ऋण सहकारी संस्था विहुँ, परिवर्तन बचत तथा ऋण सहकारी संस्था, सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था कुश्मिसेरा सँग समेत एकीकरण गरी एकिकृत कारोवार सञ्चालन गर्दै आइरहेको छ ।
संस्थाले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी स्थानीय स्तरवाटै वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्न बागलुङ बजार, तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ र कुश्मिसेरामा सदस्य सेवाकेन्द्र स्थापना गरेको छ । केही समयमा वाटाकाचौरमा पनि सेवाकेन्द्र संचालनको तयारी गरेको छ ।
Previous Articleअपाङ्ग र समावेशी विकास अनुशिक्षण
Next Article दलित मुक्ति मोर्चामा परियार