चेतना भया भरत बागलुङे मुलुकका विधाता तिनले नागरिकलाई बाँडेका या देखाएका सपना ती कति पुरा तिनले गर्न सके होलान् ? प्रश्नको पुलिन्दा बोकेर सडक किनारामा उभिएको नागरिक गम खाईरहेको छ । उ हठात् देखिन्छ हैट ! नाथे एकवारको जोवन सामुन्ने विकल्प के छ ? ति जति नै खराब होउन हाम्रो सम्मुख तिनका नाममा लालमोहर लगाउनु बाहेक अर्थोक विकल्प छैन । सायद यहि कारण हुनुपर्छ ती हामीलाई सपना बाँडिरहेका छन् तर उधारो । हरेक वर्ष राज्यले नागरिकको नाममा बजेट बनाउँछ र घोषणा गर्छ तर त्यो कति प्रतिशत ती आममान्छेको जीवनसँग प्रत्यक्ष जोडिन सक्छ त्यसको कुनै खोजीनीति के सरकार र त्यसका प्रशासनिक निकायबाट हुने गर्छ…
Author: Amrit Baskune
नेपाल प्राकृतिक छटा, धार्मिक र साँस्कृतिक सम्पदामा सम्पन्न भएपनि बाह्य पर्यटक भित्राउन सकिएको छैन । देशमा गहिरिदो राजनीतिक तरलता, बन्द आमहड्ताल र असुरक्षाका कारण पर्यटन क्षेत्र तंग्रिन सकेको छैन् । विश्वका गरिब मुलुकहरु पर्यटन क्षेत्रको विकास गरेर देशको विकासमा कायापलट नै गरेका छन् । सानो मुलुक थाईल्याण्ड सेक्स पर्यटन कै कारण विश्वमा चर्चित छ । बालुवाको थुप्रो मात्रै भएका खाडी मुलुकहरु कृत्रिम पर्यटकिय क्षेत्र बनाएर विश्वलाई चकित पारिरहेका छन् । तर, हाम्रो देश नेपाल प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक रुपले सम्पन्न भएपनि बाह्य पर्यटकलाई भित्राउन नसक्नु दुखको कुरा हो । विश्वका कतिपय देश पर्यटनको माध्यमबाट देशको अर्थतन्त्र मजबुत बनाएका छन् । नेपालमा थला परेको पर्यटन क्षेत्र उकास्न…
बागलुङ, १३ असोज – जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष चन्द्रकुमार केसीलाई बुधबार विदाई गरिएको छ । बुधबार जिल्ला अस्पताल म्याग्दीमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधारमा खेलेको भूमिकाको उच्च मुल्याङ्न गदै जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले कदरपत्र, दोसल्ला र दुवोको माला लगाएर विदाई गरेको हो । सेवा प्रवाह र सम्मान कार्यक्रममा बरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन न्यौपानेले २०७१ भदौ १२ गते नेपाल सरकार मन्त्रीपरिषद्को कार्यालयबाट नियुक्ती भएका केसीले अस्पतालमा प्रवेश गरेलगत्तै दर्जनौ सुधारका कार्यक्रम सहित गुणस्तरीय स्वास्थ्य सेवामा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको र आगामी दिनमा समेत सहकार्यको अपेक्षा गरिएको बताए । ‘उहाँको कार्यकाल म्याग्दीको स्वास्थ्य क्षेत्रमा कोशेढुंगा सावित भएको छ । जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवाका लागि खेल्नुभएको…
दिनमा केवल २० मिनेटका लागि हात तथा खुट्टा तन्काउने व्यायाम (स्ट्रेचिंग एक्सरसाइज) गरेमात्रै पनि मुटुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने एक अध्ययनले देखाएको छ । जिउ तन्काउने व्यायामको कारण हातखुट्टाका मांशपेशीमा पर्याप्त लचकता आउने र यसले हृदयरोगको सम्भावना कम हुने शोधकर्ताहरुको भनाई छ । भारतीय शोधकर्ता डाक्टर रजनीश कपूरका अनुसार, कोलेस्ट्रोलको स्तर न्यूनिकरणका लागि स्ट्रेचिंग व्यायामको प्रभाव तथा मुटको दरको विश्लेषण गर्नका लागि एक अध्ययन गरिएको थियो । घोडाको दुखाईबाट पीडित तथा हिँडडुल गर्न असमर्थ २२ जना मानिसहरुमा यस्तो अध्ययन गरिएको थियो । शोधबाट प्राप्त नतिजाबारे वर्णन गर्दै डाक्टर कपूर भन्छन्ः स्ट्रेचिंगका बेला हाम्रो सरीरले उल्लेखनीय कार्य गरेको हुन्छ । ठीक सोही प्रकारले व्यायाम गर्नाले स्वास्थ्यको…
१३ असोज २०७३, ढोरपाटन दैनक 13-ashoj-2073-dhorpatan-daily
ज्यो. सूर्य पौडेल २०७३ आश्विन १३ बिहीबार, चतुर्दशी २९ सेप्टेम्बर २०१६ तपाईको आज मेष– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने । वृष– स्वजनसँगै वैचारिक द्वन्द्व । मिथुन– मनमा प्रसन्नताको बहार छाउने । कर्कट– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने । सिंह– आदर सत्कार प्राप्त हुने । कन्या– नसोचेको ठाउँमा धननाश हुने । तुला– आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने । वृश्चिक– सोचेका कार्यमा विध्नबाधा मात्रै खडा हुने । धनु– राज्यपक्षबाट सहयोग नहुने । मकर– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखिने । कुम्भ– मुहारमा शान्तिको आशा देखापर्ने । मीन– यत्रतत्र यश कीर्ति फैलने ।
झलनाथ खनाल वर्तमान संविधानको चरित्र : नेपाली समाज अत्यन्त महत्वपूर्ण मोडबाट अगाडि बढिरहेको छ । हामीले नयाँ जनवादी क्रान्तिको थालनी पुष्पलालको अगुवाइमा ००६ सालमा गरेका थियौँ । त्यो क्रान्ति अनेकौँ मोड र धुम्ती हुँदै ०६२–६३ को जनक्रान्तिमा आएर टुंगियो । सो जनक्रान्तिको उपलब्धि नै अहिलेको संविधान हो । संविधान बनाउन पनि लामो समय लाग्यो । १० वर्ष लगाएर हामीले संविधान निर्माण गरेका छौँ । यो संविधानका अत्यन्त महत्वपूर्ण चरित्र छन् । लोकतान्त्रिक संविधान : यो अत्यन्तै लोकतान्त्रिक संविधान हो । यसले सम्पूर्ण जनतालाई सबै प्रकारका हक अधिकारले सुसम्पन्न गरेको छ र सम्पूर्ण विभेद अन्त्य गर्ने ठोस आधार तयार पारेको छ । अविकासको…
बागलुङ, १३ असोज-सरकारले स्थानीय तह पुनर्संरचना गर्न बनेको आयोगलाई मापदण्ड परिवर्तन भएको पत्र दिएको छ। आइतबार सत्तारुढ दलहरू नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच भएको सहमति र मङ्गलबारको मन्त्रिपरिषद्को निर्णयअनुसार पत्र आयोगलाई दिइएको हो । पत्रलाई ‘मापदण्डसम्बन्धी थप निर्देशन’ भनिएको छ । ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण गर्दा आयोगले साबिकमा जिल्लामा कायम रहेका इलाकालाई मुख्य आधार मान्ने’– तीनबुँदे निर्देशनपत्रको पहिलो बुँदामा उल्लेख छ । तर, यसअघि बनिसकेका ‘नगरपालिकालाई यथावत राख्ने र उपुयक्त भए एकभन्दा बढी इलाका वा इलाकाको क्षेत्र समावेश गरी स्थानीय तहको पुनर्संरचना गर्न बाधा नपुग्ने’…
बागलुङ, १३ असोज-साझा यातायातले काठमाडौंबाट बागलुङ र गोरखा दुईवटा लामो रुटमा बस सेवा सुरु गर्ने भएको छ । असोज १६ गतेदेखि साझाका बसहरु बागलुङ र गोरखाको रुटमा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिए । काठमाडौं-बाग्लुङ र काठमाडौं-गोरखा रुटमा दैनिक १-१ वटा बसहरु चल्नेछन् । एक दशकपछि साझाका बसहरु लामो रुटमा चल्न लागेका हुन् । यात्रुहरुको सहजताका लागि दशैंको अवसरमा नै बस सेवा सुसरु गरिएको पाण्डेयले बताए । बागलुङका लागि साढे ६ बजे पुल्चोकबाट साझा बस छुट्नेछ । नयाँबसपार्क हुँदै कलंकीबाट यो बस ७ बजे गन्तब्यतर्फ लाग्ने छ । गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु…
बागलुङ, १३ असोज -सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेको छ । जेठमा व्यवस्थापिका–संसद्बाट पारित भएको शिक्षा (आठौँ संशोधन) ऐनले राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको छ । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा बोर्डले लिने व्यवस्था संशोधित ऐनमा छ । अबदेखि कक्षा १० को अन्तिम परीक्षाका रूपमा एसएलसी परीक्षा सञ्चालन नहुने भनी चर्चा चलिरहेका बेला सरकारले कक्षा १० र १२ लाई एसएलसी परीक्षाका रूपमा सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव सूर्यप्रसाद गौतमले कक्षा १० बाट विद्यार्थी बाहिरिने भएकोले त्यसलाई एसएलसीका रूपमा कायम गर्नुपर्ने तर्क गर्दै…