बागलुङ, १३ असोज – जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष चन्द्रकुमार केसीलाई बुधबार विदाई गरिएको छ । बुधबार जिल्ला अस्पताल म्याग्दीमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधारमा खेलेको भूमिकाको उच्च मुल्याङ्न गदै जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले कदरपत्र, दोसल्ला र दुवोको माला लगाएर विदाई गरेको हो ।
सेवा प्रवाह र सम्मान कार्यक्रममा बरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन न्यौपानेले २०७१ भदौ १२ गते नेपाल सरकार मन्त्रीपरिषद्को कार्यालयबाट नियुक्ती भएका केसीले अस्पतालमा प्रवेश गरेलगत्तै दर्जनौ सुधारका कार्यक्रम सहित गुणस्तरीय स्वास्थ्य सेवामा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको र आगामी दिनमा समेत सहकार्यको अपेक्षा गरिएको बताए ।
‘उहाँको कार्यकाल म्याग्दीको स्वास्थ्य क्षेत्रमा कोशेढुंगा सावित भएको छ । जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवाका लागि खेल्नुभएको भूमिकाले भविस्यमा समेत प्रशंसा भइरहनेछ’ डा. न्यौपानले भने । अध्यक्ष केसीले चिकित्सक जस्तै भूमिकामा अस्पताल भित्र काम गरेपछि सबै स्वास्थ्यकर्मी उत्साहित भएर काम गरेको समेत न्यौपानेले बताए ।
उनले अस्पताल विकास समिति मार्फत गुणस्तरीय सेवा विस्तार, प्रवासमा रहेका म्याग्देलीहरू सहित नेपाल भित्रबाट समेत उत्सव सहित आफन्तको सम्झनामा विभिन्न क्रियाकलाप मार्फत उपकरण समेत सहयोग गर्न उत्प्रेरित गरेकाले समेत दुईबर्ष कार्यकालमा करिव डेढ करोडभन्दा धेरै साम्रागी भित्रिएको बताए । अध्यक्ष केसीको कार्यकालमा अस्पताल भित्र टेलर मेसिन देखी अत्याधुनीक मेसिन सहितको उपकरणहरू भित्रिएको बताइएको थियो ।
अस्पतालको प्रवेशद्धारदेखी कर्मचारीको आवास गृहसम्म ब्यापक सुधार तथा सेवा विस्तारमा भूमिका खेलेका अध्यक्ष केसीलाई निक साईमन अमेरिकाले समेत धन्यवाद सहित सम्मान गरेको थियो । निक साईमनको तर्फबाट अस्पतालमा कार्यरत लोकप्रिय डाक्टर एवम् क्लिनिकल प्रमुख धिरेन मल्लले अस्पताल भित्र चिकित्सक सहित सबै कर्मचारीलाई एउटै परिवार बनाएर काम गर्ने गरी खेल्नु भएको भूमिकालाई सधै सम्झने बताए । ‘उहाँले सम्रग अस्पताल भित्र काम गर्ने अवसर मात्रै दिनुभएन । असल नेतृत्वकर्ताको भूमिका समेत निर्वाह गर्नुभएको छ’ उनले भने ।
निक साईमनले प्रसुती सहितको अप्रेसन सेवा सुरु गरेपछि अध्यक्ष केसीको नेतृत्वबाट उत्साहित भएर धेरै उपकरण सहित प्राविधिक जनशक्ती सहितको सेवा समेत सहयोग गरेको थियो । सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, स्वास्थ्यकर्मी, नागरिक समाज सहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीले अध्यक्ष केसीसहित उनलाई अस्पतालमा काम गर्ने वातावरण बनाउने धर्मपत्नी जमुना केसीलाई समेत सम्मान गरेका थिए । सोही अवसरमा आफुँ अध्यक्षको रुपका कार्यरत रहदाँ प्रत्यक्ष रुपमा सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधिहरूलाई अध्यक्ष केसीले सम्मान गरेका थिए ।