बागलुङ, १३ असोज-साझा यातायातले काठमाडौंबाट बागलुङ र गोरखा दुईवटा लामो रुटमा बस सेवा सुरु गर्ने भएको छ । असोज १६ गतेदेखि साझाका बसहरु बागलुङ र गोरखाको रुटमा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिए । काठमाडौं-बाग्लुङ र काठमाडौं-गोरखा रुटमा दैनिक १-१ वटा बसहरु चल्नेछन् ।
एक दशकपछि साझाका बसहरु लामो रुटमा चल्न लागेका हुन् । यात्रुहरुको सहजताका लागि दशैंको अवसरमा नै बस सेवा सुसरु गरिएको पाण्डेयले बताए । बागलुङका लागि साढे ६ बजे पुल्चोकबाट साझा बस छुट्नेछ । नयाँबसपार्क हुँदै कलंकीबाट यो बस ७ बजे गन्तब्यतर्फ लाग्ने छ ।
गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यमा जानेछ । टिकटका लागि साझाले नयाँ बसपार्क र कलंकीमा काउन्टर राख्ने तयारी छ । टिकटका लागि साझाको हटलाइन १६६००१-७७७७७ वा फोन ०१-५५५२६८६ मा पनि फोन गर्न सकिने पाण्डेयले बताए । यी दबुै रुटमा यातायात व्यवस्था विभागबाट साझाले रुट इजाजत पाइसकेको छ । बागलुङ र गोरखाबाट साझाले काठमाडौंमा पनि यात्रु ल्याउनेछ ।
Previous Articleएसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव
Next Article स्थानीय तहको पुनर्संरचनामा सरकारको तीनबुँदे सुझाव