ज्यो. सूर्य पौडेल २०७३ आश्विन १४ शुक्रबार, औशी ३० सेप्टेम्बर २०१६ तपाईको आज मेष– घरमा नवीन चहलपहल छाउने । वृष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने । मिथुन– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने । कर्कट– अर्थलाभसँगै कार्यसिद्धिको योग । सिंह– मनमा असन्तोषरुपी आँधीहुरी चल्ने । कन्या– घरपरिवारबाट राम्रो साथ, सहयोग प्राप्त । तुला– आफन्तबाटै घातप्रतिघात हुने । वृश्चिक– शुभ समाचार सुन्न पाइने । धनु– सोचेजतिका कार्यमा विध्नबाधा । मकर– व्यापारमा असन्तुलनता देखिने । कुम्भ– विवादबाट बच्नु नै श्रेयस्कर । मीन– आफन्तको सहयोगले कार्य सफलतान्मुख ।
Author: Amrit Baskune
काठमाडौं, १४असोज – सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोगले बनाएको ‘उजुरी तामेलीसम्बन्धी मापदण्ड’ कार्यान्वयनमा रोक लगाएको छ । उक्त मापदण्ड लागू भए आयोग स्वेच्छाचारी भई द्वन्द्वका नाममा भएका गम्भीर अपराधबाट उन्मुक्तिका लागि बाटो खुल्ने खतरा पैदा भएको दाबीसहित द्वन्द्वपीडितद्वारा सर्वोच्चमा रिट दायर भएको थियो । आयोगले द्वन्द्वकालीन उजुरी तामेलीमा राख्नेसम्बन्धी मापदण्ड, २०७३ गत साउन ४ गते जारी गरेको थियो । रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले तत्कालका लागि मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । तामेली मापदण्डका आधारमा ३० हजार उजुरीको मात्र कम्प्युटर इन्ट्री गरी करिब १२ सय व्यक्तिको फाइल तामेलीमा…
काठमाडौँ, १३ असोज-सरकारले आफू निकट व्यक्तिलाई उपचार खर्चका नाममा एकै दिन एक करोड तीन लाख रुपैयाँ बाँडेको छ। असोज २ गते बसेको मन्त्रिपरिषद बैठकले उपचार खर्चका नाममा विभिन्न जिल्लाका ४४ जनालाई१ करोड तीन लाख रुपैयाँ बाँडेको हो। गृहमन्त्रालयको प्रस्तावमा सरकारले ५० हजारदेखि पाँच लाखसम्म बाँडेको हो। आफू निकट व्यक्तिलाई सरकारले एकै दिन यति ठूलो रकम बाँडेको हो। सरकारले आर्थिक सहायताका नाममा राज्यकोषबाट जथाभावी सहायता वितरण गरेको भन्दै व्यवस्थापिका संसदको अर्थ समितिले कार्यविधी बनाएर मात्रै वितरण गरन भनेपनि अहिलेसम्म कार्यविधि बनाएको छैन। तर, सरकारले भने विना आधार उपचार खर्चका नाममा आफू निकट व्यक्तिलाई राज्यकोषबाट पैसा बाँड्ने गरेको छ। गृहमन्त्रालयका सहसचिव यादव…
काठमाडौं, १३ असोज- नेपाली नागरिक र नेपालमा आधारित कम्पनी र संगठनले फ्रीमा डट एनपी डोमेन नेम रजिस्टर गर्न सकिन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ ।नेपाली नागरिकले आफ्नो नागरिकतामा भएको नामको सेरोफेरोमा रहेर आफ्नो लागि डट एनपी डोमेन दर्ता गर्न सक्छन् । कुनै कम्पनी वा संगठनले आफ्नो नाम, उत्पादन, सेवा र ब्रान्डका आधारमा डोमेन नेम रजिस्टर गर्ने सुविधा छ । डट एनपी एक कन्ट्री कोड टप लेवल डोमेन (सीसीटीएलडी) हो । कम डट एनपी, ओआरजी डट एनपी, ईडीयू डट एनपी, नेट डट एनपी, जीओभी डट एनपी, नेम डट एनपी, बिज डट एनपी, ट्राभल डट एनपी, एरो डट एनपी, एसिया डट एनपी,…
भन्छिन् – ‘हिम्मत नहारे सफल भइन्छ’ काठमाडौं, १३ असोज – अरू तेक्वान्दो खेलाडीसँगै किक गर्दै अभ्यासरत थिइन् सीता । बाल्यकालमै एक हात गुमाएकी सीताले कलिलै उमेरमा आमाबाबु गुमाउनुपरेको पीडा थियो । तैपनि साहसी सीता एसिया र विश्वस्तरको खेलमा पदक जित्दै नेपालको गौरव बन्न सफल भएकी छिन् । जन्मेको ६ महिना उमेरमै अँगेनाको आगोमा जलेर सीताको बायाँ हात र अनुहार डढेको थियो । दोलखाको दुर्गम गाउँ मेलङ्मा जन्मेका सीताका बुबाआमा खेतमा काम गर्न गएको समयमा ६ महिनाको उमेरमा हात जलेको थियो उनको । समयमा उपचार नभएपछि अपरेसनको क्रममा बायाँ हात पूरै काट्नुप-यो । त्यसपछि एकहातको सहारामा बाँकी रह्यो उनको । साथीभाइमाझ छुट्टिएर…
संसदलाई बच्चाबच्ची खेल्ने थलो बनाइयो – रवीन्द्र अधिकारी काठमाडौँ, १३ असोज – सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएका बजेट आश्रित आर्थिक विधेयकलाई सरकारले निरन्तरता दिने भएको छ । व्यवस्थापिका संसदको बिहिवार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बजेट आश्रित विधेयकहरू संसदमा ‘टेबल’ गरेका छन् । संसदको नियमावलीको धारा निलम्बन गरी पुराना विधेयकहरु संसदमा पेश गरिएको हो । नियमावलीको व्यवस्था बहुमतबाट संशोधन गर्ने सत्तारुढ दलको निर्णय प्रति एमालेले विरोध जनाएको छ । संसदमा आर्थिक विधेयक पेश गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा पूर्वअर्थमन्त्री विष्णु पौडेलले विगतमा बजेट आश्रित विधेयक अस्वीकृत गर्ने दलहरू सोही विधेयक जस्ताको तस्तै पारित गर्न राजी हुन…
काठमाडौँ, १३ असोज-सरकारले स्थानीय निकायको पुनर्संरचना गर्दा इलाकालाई मापदण्ड मानेर काम गर्न निर्देशन दिएपछि स्थानीय निकाय पुनर्संरचना आयोगमा विवाद चुलिएको छ । आयोगका एकजना सदस्यले सरकारको उक्त निर्देशन संवैधानिक मान्यता विपरीत रहेको भन्दै आफूले अस्विकार गर्ने जनाएका छन् । आयोगका सदस्य अधिवक्ता सुनिलरञ्जन सिंह सरकारले बुधबार आयोगमा पठाएको निर्देशन संविधान विपरीत रहेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालत नै पुगेका छन् । ‘संवैधानिक र स्वतन्त्र आयोगलाई सरकारले क्षेत्राधिकार नाघेर निर्देशन दिएको हो,’ उनले भने, ‘उक्त निर्देशनलाई मान्न सकिन्न भनेर आयोगका अध्यक्षलाई पनि जानकारी गराएर कानुनी उपचार खोज्न सर्वोच्चलाई गुहारेको छु ।’ सरकारलाई मापदण्ड तोक्न सक्ने अधिकार भएपनि संख्या र सिमाना तोक्ने…
काठमाडौँ, १३ असोज-भारतीय सेनाले पाकिस्तानी सीमा रोखाभित्र प्रवेश गरेर दुई सैनिकलाई मारेको छ । बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले जानकारी दिएका छन् । गतसाताबाट भारत र पाकिस्तानका बीचमा चर्किएको विवादले अन्तिम रुप लिएको हो । गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले पाकिस्तानको सीमा क्षेत्रमा नियन्त्रण बढाएपछि विवाद अझ बढी चर्किएको हो ।बिहीबार मात्र पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट सिंहले भने, ‘यो हमला बुधबार राती गरिएको थियो । जब सीमा नियन्त्रण रेखामा आतंकवादी जम्मा हुँदैछन् भन्ने…
हरिकृष्ण गौतम म्याग्दी, १३ असोज – बर्षातको समयमा अवरुद्ध भएका म्याग्दीका ग्रामिण सडक बजेट अभावले मर्मत–सम्भारमा विनियोजित बजेट अपुग भएको सडक मर्मत उपभोक्ता समितिले जनाएका छन् । जिविस म्याग्दी र बेनी नगरपालिकाबाट विनिायोजित बजेटहरूले सडक मर्मतसम्भारमा समस्या भएकाले थप बजेटको माग गरेका छन् । जिविस म्याग्दीले जिल्लाभरका २९ वटा सडकमा ३७ लाख र बेनी नगरपालिकाले नगर क्षेत्रमा रहेका सडक मर्मतमा ५ लाख ६० हजार बजेट विनियोजन गरेपनि विगतका बर्षभन्दा ठुला पहिरो गएकाले पन्छाउन समेत उपलब्ध गराइएको बजेटले सम्भव नभएको उपभोक्ता समितिको भनाई छ । नेपालीहरूको प्रमुख चाड दशै अगाडी नै मर्मत गनुपने सडकका लागि आवश्यक थप बजेटको ब्यवस्था नहुदाँ ग्रामिण सडकको मर्मतमा समेत…
बागलुङ, १३ असोज – ‘हामी सेवा गर्छाै’ भन्ने उदेश्यले गठन भएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालको तेस्रो क्याबिनेट मिटिङ माघ महिनाको दोस्रो साता सदरमुकाम बागलुङमा हुने भएको छ । बागलुङमा भएको लायन्स क्लब जोन ५७ र रिजन २९ अन्र्तगत जोन मिटिङमा लायन्स क्लब धवलागिरि बागलुङका अध्यक्ष बबिता शर्माले बागलुङ सदरमुकाममा क्लबको तेस्रो क्याबिनेट मिटिङ सबैसँग सहकार्य गरेर गर्ने बताइन् । सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको क्लबले यसबर्ष बागलुङ, म्याग्दी र पर्बत जिल्लामा धेरै राम्रो काम गर्न सफल भएको स्वास्थ शिबिरबाट धेरैले लाभ लिएको कार्यक्रममा क्लबका अध्यक्षहरूले धारणा राखेका थिए । कार्यक्रममा लायन्स क्लब धवलागिरि बागलुङका अध्यक्ष लायन बबिता शर्मा,…