हरिकृष्ण गौतम
म्याग्दी, १३ असोज – बर्षातको समयमा अवरुद्ध भएका म्याग्दीका ग्रामिण सडक बजेट अभावले मर्मत–सम्भारमा विनियोजित बजेट अपुग भएको सडक मर्मत उपभोक्ता समितिले जनाएका छन् ।
जिविस म्याग्दी र बेनी नगरपालिकाबाट विनिायोजित बजेटहरूले सडक मर्मतसम्भारमा समस्या भएकाले थप बजेटको माग गरेका छन् । जिविस म्याग्दीले जिल्लाभरका २९ वटा सडकमा ३७ लाख र बेनी नगरपालिकाले नगर क्षेत्रमा रहेका सडक मर्मतमा ५ लाख ६० हजार बजेट विनियोजन गरेपनि विगतका बर्षभन्दा ठुला पहिरो गएकाले पन्छाउन समेत उपलब्ध गराइएको बजेटले सम्भव नभएको उपभोक्ता समितिको भनाई छ ।
नेपालीहरूको प्रमुख चाड दशै अगाडी नै मर्मत गनुपने सडकका लागि आवश्यक थप बजेटको ब्यवस्था नहुदाँ ग्रामिण सडकको मर्मतमा समेत अलमलमा परेका छन् । ‘उपलब्ध बजेटले पन्छाउन सम्भव देखिदैन् ।
समिति नै ऋणमा भएकाले थप बजेटको खोजीमा छौ’ याम बहादुर कार्कीले भने । उनका अनुसार बेनी देखी खवरा हुदै भकुण्डे जोड्ने सडकखण्डमा ठुलो पहिरो गएकाले विनियोजित बजेटले पहिरो पन्छाउन समेत अपुग हुने भएकाले थप बजेट माग गरिएको बताए ।
त्यस्तै जिल्लाभर गाविस जोड्ने मुख्य सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएपछि सहायक सडकहरु मर्मतका लागि स्थानीयस्तरबाटै बजेट ब्यवस्था गर्नुपर्ने देखिएको छ । यता स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले माग अनुसारको बजेट नभएकाले पनि समस्या भइरहेको बताए ।
उनले प्राविधिकको टोली सहित राजनीतिक दल संग छलफल गरी बजेट विनियोजन गरिएको समेत बताए । बेनी–दरबाङ, कुहुँ, ताकम, ओखरबोट, विम, अर्मन, बरंजा, भकिम्ली लगाएतका गाविस जोड्ने सडकमा धेरै क्षती भएको छ ।
असारको दोस्रो सातादेखी अवरुद्ध भएका सडकहरू यसैसाता देखी मर्मत सुरु गरिने छ । ग्रामिण सडक निर्माणको क्रममा जिल्लाको कुल बजेटबाट मर्मतसम्भारमा छुट्टाएकाले पनि सहज भएको जिल्ला विकास समितिले जनाएको छ ।,