डा. दिनबहादुर थापा बगाले थापाको वंशावली अनुसार रञ्जै थापाका जेठा छोरा बाघ भीमसिंह थापा हुन् । उनै भीमसिंह थापाका माहिला छोरा बडाकाजी अमरसिंह थापा हुन् । नेपाल एकीकरणको अभियानमा बाबु ‘बाघ’ भीमसिंह थापाको भक्तपुरको युद्धमा मृत्यु भएपछि बाबुको बलिदानीबाट प्रभावित भएका पृथ्वीनारायण शाहले उनलाई आठ वर्षकै उमेरमा सैनिक तालिमको प्रबन्ध गरेका थिए । नेपालको एकीकरण अभियान र वैरीसँगको युद्धमा अतुलनीय र उल्लेखनीय योगदान पु¥याउने नेपालको महान् राष्ट्रिय विभूति यिनै बडाकाजी अमरसिंह थापा हुन् । यिनको जन्म विसं. १८०८ श्रावण १२ गते तनहुँ चोकमा भयो भने मृत्यु सुगौली सन्धिपछि विसं. १८७३ श्रावण ६ गते गोसाइकुण्डमा हुन पुग्यो । उनका चार पत्नी (धर्मावती, रुद्रावती, धर्मदेवी र लालवती)…
Author: Amrit Baskune
बागलुङ, १५ असोज बागलुङ÷वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् । जिल्लामा रहेका सबबै सडक मर्ममतका लागि जिल्ला विकास समिति बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै सञ्चालनमा आउने भएका हुन् । जिल्लाका ५९ गाविसमा ९९ सडक छन् । एकाध बाहेकका सबै सडक वर्षायाम सुरु भएसँगै बन्द अवस्थामा छन् । गाउँ गाउँसम्म पुग्ने सडक मर्मतका लागि जिविसले २६ लाख ६७ हजार रकम विनियोजन गरेको छ । सडकको प्रकृति हेरी मर्मतका लागि २० हजारदेखि ६५ हजारसम्म रकम विनियोजन भएको जिविसका योजना तथा प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए । चाडपर्व नजिकिएसँगै ग्रामीण सडकमा यात्रुको चाप बढ्न थालेको र वर्षायामसमेत…
म्याग्दी, १५ असोज – २२० केभी क्षमताको दाना–खुर्कोट विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको ३८ किलोमिटर विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माण सुरु गरेको हो । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण कोरिडोर आयोजना अन्तर्गत सबस्टेसन र प्रसारण लाइन निर्माण हुन लागेको जनाइएको छ । दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभी कार्यक्षेत्रमा परिचालन भएको आयोजनाका इन्जिनियर यादव न्यौपानेले जानकारी दिए । आयोजना र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत्…
मुस्ताङ, १५ असोज – बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् । सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको संख्या बढेको हो । विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएको दिनदेखि नै मुस्ताङ जाने तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ । बेगखोलामा आएको बाढी र अन्य ठाउँमा खसेको पहिरोका कारण बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन नहुँदा तीर्थयात्रीलाई असुविधा भएको थियो । गत हप्ता सबै ठाउँमा सडक मर्मत गरेर साढे दुई महिनापछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न…
बागलुङ, १५ असोज धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी बागलुङले आर्थिक बर्ष ०७२/७३ को अन्त्यसम्म २ करोड ४० लाख रुपैँया लगानी गरेको छ । सहकारीले गत बर्ष २ करोड ४ लाख २० हजार ३ सय ६० रुपैँयाँ आम्दानी र १ करोड ६३ लाख ८३ हजार ७ सय ३३ रुपैँया खर्च गरेको छ । संस्थाले ६ करोड ४३ लाख ७५ हजार बराबरको जग्गा खरिदको प्रस्ताव अगाडी सारेको सचिव रामबहादुर जिसीले जानकारी दिए । धौलागिरि अञ्चलबासीलाई स्वास्थ्य सेवा, शिक्षा र चेतनामुलक कार्यक्रममार्फत स्वास्थ्यमा पहुँच वृद्धि गर्ने लक्ष्यका साथ स्थापित सहकारीले सञ्चालन गरेको निलगिरि अस्पतालले विभिन्न भेगमा शिविर सञ्चालन गरी स्वास्थ्य सेवा र चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको…
बागलुङ नगरपालिकाको मुलपानीमा उत्पादित दुध सदरमुकाम ल्याउँदै एक किसान । –तस्बिरः महेन्द्र घर्ति संगम
१५ असोज २०७३, ढोरपाटन दैनिक 15-ashoj-2073-dhorpatan-daily
ज्यो. सूर्य पौडेल २०७३ आश्विन १५ शनिबार, प्रतिपदा १ अक्टोबर २०१६ तपाईको आज मेष– यत्रतत्र ख्याति फैलने । वृष– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने । मिथुन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने । कर्कट– मनमा प्रसन्नताको बहार छाउने । सिंह– आर्थिक कारोबारमा क्षति । कन्या– नयाँ कार्यक्षेत्रको लगानी सुरक्षित रहने । तुला– मानहानीको योग । वृश्चिक– आफन्तजनसँग रमाइलो भेटघाट हुने । धनु– आँटेका कार्य अधुरै रहने । मकर– छोराछोरी सँगै वैचारिक मनमुटाव । कुम्भ– एक्कासी स्वास्थ्यमा प्रतिकूलता । मीन– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
बागलुङ, १५ असोज- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी…
मुस्ताङ, १४ असोज – सोह्श्राद्धका अवसरमा दिवंगत पितृको उद्धार हुने धार्मीक विश्वासका साथ यस वर्ष करिब एक लाख भक्तजनले मुस्ताङको कागबेनीमा पुगेर पिण्ड तथा तर्पण दान गरेका छन् । काली र गण्डकी नदीको संगम स्थल कागबेनीमा पिण्त तथा तर्पण दान गरी मुक्तिनाथको दर्शन गरे दिवंगत पितृको उद्धार हुने विश्वासका साथ भक्तजनको भिड लागेको पुजारी हरि सापकोटाले बताए । कागबेनीमा हरेक वर्षको आश्विन र चैत महिनाको कृष्ण प्रतिपदादेखि औँसीसम्म मृत्यु तिथी नखुलेका, दुर्घटना र अन्य कारणले अकालमै ज्यान गुमाएकाहरु पितृहरुको सम्झनामा पिण्डदान गर्ने चलन छ । नेपालका सबैजसो ठाउसंगै भारतबाट समेत तिर्थयात्री र भक्तजन कागबेनीमा पिण्डदान गर्न आएका छन् । सोह्श्राद्धको सुरुमा बेनी…