डा. दिनबहादुर थापा
बगाले थापाको वंशावली अनुसार रञ्जै थापाका जेठा छोरा बाघ भीमसिंह थापा हुन् । उनै भीमसिंह थापाका माहिला छोरा बडाकाजी अमरसिंह थापा हुन् । नेपाल एकीकरणको अभियानमा बाबु ‘बाघ’ भीमसिंह थापाको भक्तपुरको युद्धमा मृत्यु भएपछि बाबुको बलिदानीबाट प्रभावित भएका पृथ्वीनारायण शाहले उनलाई आठ वर्षकै उमेरमा सैनिक तालिमको प्रबन्ध गरेका थिए । नेपालको एकीकरण अभियान र वैरीसँगको युद्धमा अतुलनीय र उल्लेखनीय योगदान पु¥याउने नेपालको महान् राष्ट्रिय विभूति यिनै बडाकाजी अमरसिंह थापा हुन् । यिनको जन्म विसं. १८०८ श्रावण १२ गते तनहुँ चोकमा भयो भने मृत्यु सुगौली सन्धिपछि विसं. १८७३ श्रावण ६ गते गोसाइकुण्डमा हुन पुग्यो । उनका चार पत्नी (धर्मावती, रुद्रावती, धर्मदेवी र लालवती) का १० भाई छोराहरुले पनि यो देशको सेवामा ठुलो योगदान पु¥याएको पाइन्छ । यिनीहरु पनि भीमसेन थापा र माथवरसिंह थापाको पतनपछि कोही मारिनु प¥यो, कोही भागेर ज्यान बचाउनु प¥यो भने कोही आत्मसमर्पण समेत गर्नु परेको थियो । नेपालको इतिहासमा ‘कालो दिन’ का रुपमा चिनिने कोतपर्वमा यिनै अमरसिंह थापाका छोराहरु काजी रणजोरसिंह थापा, काजी नरसिंह थापा र काजी अर्जुनसिंह थापा लगायतका वीरहरुले अनाहकमा ज्यान गुमाउनु परेको थियो ।
बडाकाजी अमरसिंह थापा र उनको पारिवारिक पृष्ठभूमिका सम्बन्धमा विभिन्न तथ्यहरु पाइन्छन् । यी विभिन्न तथ्यहरु मध्ये पनि आधिकारिक तथ्य ‘पशुपतिको अमरसिंह थापाको अभिलेख (विसं. १८७१)’ बाट स्पष्ट हुन्छ । यो अभिलेख पशुपतिनाथ मन्दिरको उत्तरपट्टिको भित्री चाँदीको ढोकामा रहेको छ भन्ने तथ्यको मूल पाठलाई योगी नरहरिनाथले ‘इतिहास प्रकाश’ अंक दुई, भाग तीनको ३१४ पृष्ठमा उल्लेख गरेका छन् भने यही अभिलेखलाई धनवज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ (२०३७) ले शाह कालका अभिलेख (पहिलो भाग) मा सविस्तार व्याख्या गरेका छन् । यो अभिलेखको मूल पाठ अनुसार अमरसिंह थापा आपूm सुदूर पश्चिममा रहेको समयमा आप्mनो छोरा रणध्वजमार्फत चाँदीको ढोका कुँद्न लगाई पशुपतिमा राख्न लगाएको बुझिन्छ ।
अमरसिंह थापा पृथ्वीनारायण शाहकै पालामा एक इमान्दार योद्धा र भारदार थिए । उनी १७ वर्षको उमेरमा (विसं. १८२५) कान्तिपुर विजय पश्चात् ‘सरदार’ भई विसं. १८२६ मा भक्तपुर विजयको अभियानमा हिंडेका थिए । पृथ्वीनारायण शाहको पहिलो चरणको एकीकरण अभियान पश्चिमी चौविसी राज्यहरुको आक्रमणबाट सुरु भएको हो । तर पश्चिमतर्फको पहिलो चरणको युद्ध अभियान सहजै सफल हुन नसकेपछि उनले पूर्वतर्फको एकीकरण अभियान सुरु गरेका थिए । पूर्वतर्फको एकीकरण अभियानमा विसं. १८२९ मा सरदार अमरसिंह थापा र रामकृष्ण कुँवरको नेतृत्वमा गएको दुई कम्पनी फौजले दूध कोशी पार गरी पहाडपट्टिबाट चौदण्डीलाई घेर्ने योजना सफल पारेको थियो भने अभिमानसिंह बस्नेत र स्वरुपसिंह कार्कीको नेतृत्वमा गएको गोर्खाली फौज विसं. १८३० तिर विजयपुर र त्यसपछि तनहुँको अधिनमा रहेको तराईको चितवन क्षेत्र आप्mनो अधीनमा लिन सफल भएको थियो ।
पृथ्वीनारायण शाहले थालनी गरेको नेपाल एकीकरणको अभिभारा यिनै बडाकाजी अमरसिंह थापाले पूरा गरेका हुन् भन्दा अतिसयुक्ति हुँदैन । उनको विजय अभियानको वर्णन लेखक सूर्यबहादुर थापा (२०६६) ले यसरी गरेका छन्– अमरसिंह थापाले लमजुङसँगको लडाइदेखि सुरु गरेको एकीकरण अभियान किल्ला–काँगडा नपुग्दासम्म निकै रोमाञ्चकारी नै छ । एकीकरण अभियानकै क्रममा अमरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले गण्डकीपारका कास्की, लमजुङ, धुवाँकोट, रिसिङ, घिरिङ, पर्वत, भीरकोट, सतहुँ, खाँची, बागलुङ, अर्घा, प्युठान, दाङ, सल्यान, मुसिकोट विजय गरी राजेन्द्र लक्ष्मी र बहादुर शाहकै पालामा मुलुकको सिमानालाई भेरी नदीसम्म पु¥याएको थियो ।
अमरसिंह थापाले पूर्वको तुलनामा पश्चिममा ठुलो वलिदानी र कुर्वानी गरेका थिए । विसं. १८३८ पौष–माघ महिनातिर पर्वत, लमजुङ र तनहुँतर्फका चौवीसी राज्यहरु मिलेर गोर्खाली फौजमाथि आक्रमण गर्न थालेपछि अमरसिंह थापाको नेतृत्वमा एक फौज पश्चिमतर्फ अगाडि बढ्यो । यो फौजले चौविसी राज्यका संयुक्त फौजलाई परास्त गरेपछि लम्जुङे फौजका अफिसर भक्ति थापा नेपाली फौजको अफिसरमा भर्ना भए । चौविसी राज्यहरुमा पाल्पा आफैमा शक्तिशाली राज्य भएको हुँदा बहादुर शाहले पाल्पाली राजा महादत्त सेनकी छोरीसँग विवाह गरी पारिवारिक सुसम्बन्ध कायम गरेर पश्चिमतर्फका धेरै राज्यहरु जित्न सफल भएको पाइन्छ । इतिहासकार बालचन्द्र शर्मा (२०३३) का अनुसार अमरसिंहले नेतृत्व गरेको फौजले बागलुङ सर (आक्रमण) गरी सोझै पश्चिमतर्फ मुसिकोट, जाजरकोट, प्युठान, दाङहुँदै कर्णाली नदी तरी डुम्रीकोट र तारिमघाटमा अछाम र डोटीलाई पराजित गरेको थियो । त्यसैगरी विसंं. १८४७ को प्रारम्भसम्ममा अमरसिंहको फौज पश्चिमी सरहत महाकाली (शारदा) नदीसम्म पुगेको थियो । यो फौज महाकाली नदी तरी अल्मोडा हुँदै गढवालसम्म पुग्यो । गढवालसँग युद्ध चलिरहेको बेला चीनले नेपाल उपर आक्रमण गरेको खबर प्राप्त भएपछि अमरसिंह थापाले विसं. १८४८ मा गढवालसँग सन्धि गरी भोटतर्फ लाग्नु प¥यो ।
चीनसँगको लडाईमा पनि अमरसिंह थापाले कुती, केरुङहुँदै शिकारजोङसम्मको लडाईमा उनी अगाडि बढिरहेका थिए । तर बिचैमा नेपाल र चीनबिच सन्धि भयो । यही समयमा शक्तिमा पुगेका दामोदर पाँडेले कम्पनी सरकारसँग सन्धि गरी सन्धिको बिरोध गरेको भन्दै अमरसिंह थापालाई कैद समेत गर्ने काम गरे । उता रणबहादुर शाह, भीमसेन थापा र वंशराज पाण्डेलाई काशीमै अंग्रेजको नजरबन्दमा राख्ने प्रबन्ध मिलाए । तर काशीबाट रानी राजराजेश्वरी देवी फर्केर गीर्वाणयुद्धविक्रम शाहको नायवी आप्mनो हातमा लिएपछि अमरसिंह थापालाई कैद मुक्त गर्दै काजी बनाइन् । दामोदर पाँडेको पतन र भीमसेन थापाको उदयसँगै अमरसिंह थापाले नेपाल एकीकरणको अभियानलाई पूरा गर्न उनी पुन गढवालतर्फ प्रस्थान गरे ।
रणबहादुर शाहले मुख्तियारी लिनसाथ (सन् १८०४) अमरसिंह थापाको नेतृत्वमा भक्ति थापा र हस्तदल शाह सहितको फौज गढवालतर्फ पठाइयो । गढवालमा पनि पारिवारिक कलक भएको हुनाले नेपाली फौजले सहजै गढवाल, देहरादुन, बाह्र र अठार ठकुराइका रुपमा रहेका स–साना राज्यहरु कब्जा गर्दै नेपालको सिमाना सतलजसम्म पु¥याउन सफल भएका थिए । त्यसपछि नेपाली फौज सतलजपार गरी संसार चन्दको राज्य काँगडामा प्रवेश ग¥यो । नेपाली फौजले यो किल्ला (काँगडा) मा चार वर्षसम्म अविरल युद्ध गर्दा पनि तोड्न सकेन । नयनसिंह थापाको नेतृत्वमा थप फौज पठाइयो । यसमा नयनसिंह थापाले समेत वीरगति प्राप्त गरे । संसार चन्दलाई पञ्जाव केशरी रणजीत सिंहले सहयोग गरेपछि नेपाली फौज सतलजभन्दा पारि जान सकेनन् ।
अमरसिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले भोट सरहद नाघी गढवालको राजधानी श्रीनगरमा विसं. १८६१ आक्रमण ग¥यो । यो युद्धमा गढवाली राजा प्रद्युम्न शाह पराजित भएका थिए । गढवाल विजयपछि नेपाली फौज सतलजपारि कांगडासम्म पुगेको थियो । कांगडाको यो किल्ला हात पारेमा नेपाली फौजलाई काश्मिरसम्म पुग्न त्यति कठिन थिएन । अमरसिंह थापाले आपूmले विजय गरेका रजौटाहरुलाई नेपाल सरकारको आधिपत्य स्वीकार गराउँदै उनै राज्यलाई शासन भार सुम्पदै अगाडि बढेका थिए । यो नीति नै उनको राजनीतिक चतु¥याई र सफलताको कारण थियो । तर दुःखको कुरा अमरसिंह थापाको यो शक्तिबाट त्रसित अंग्रेजले कुनै न कुनै बाहनामा नेपाललाई आप्mनो अधीनमा राख्न चाहेको थियो । नेपालका भारदारहरुलाई फुटाउन र कुनै न कुनै बाहनामा नेपालसँग युद्ध लड्न चाहन्थ्यो । आप्mनो उद्देश्य पूरा गर्न यसै समयमा अंग्रेजले स्युराज र बुटवलको विषयमा निहुँ खोज्न थाल्यो र एकतर्फी युद्धको समेत घोषणा गर्न पुग्यो ।
स्युराज र बुटवल विवादको मुख्य कारण नेपाल सरकारले छलपूर्वक पाल्पालाई आप्mनो अधीनमा लिनु नै थियो । पाल्पा राज्यअन्तर्गत पर्ने उक्त स्युराज र बुटवल नेपाल सरकारको अधीनमा भएपछि उक्त भूभागलाई अंग्रेज सरकारले पनि आप्mनो दाबी गर्न थाल्यो । यो विवाद कूटनीतिक तवरले समाधान हुने सम्भावना नरहेपछि दुबै सरकारले युद्धको तयारी गर्न थाले । सुरेन्द्र के.सी. (२०४६) का अनुसार अंग्रेजका तर्फबाट नेपाललाई घेराबन्दी गर्न चारतिरबाट पूर्ण तयारीका साथ करिब ८० तोप र तीस हजार अंग्रेज फौजसहित भारतीय सेनाहरु तैनाथ गरियो भने नेपालका तर्फबाट उक्त क्षेत्रमा युद्ध गर्न काजी बख्तावरसिंह थापाको नेतृत्वमा महाभारत पहाडको पूर्वतटीय क्षेत्र, विजयपुर क्षेत्र र त्यस क्षेत्रका तराई प्रदेशको सुरक्षार्थ दुई हजार सेना खटाइयो । कर्णेल रणवीर सिंह थापाको नेतृत्वमा मकवानपुर क्षेत्रको सुरक्षार्थ चार हजार फौज खटाइयो । पाल्पा क्षेत्रको सुरक्षार्थ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा तीन हजार फौज खटाइयो भने बाँकी सुदुर पश्चिमको कुमाउ गढवाल क्षेत्रको सुरक्षार्थ अक्टर लोहोनीको फौजसँग प्रतिरोध गर्न यिनै सरदार अमरसिंह थापाको नेतृत्वमा तीन हजार सेना खटाइयो । तर दुःखको कुरा पूर्ण तयारीका साथ आएका अंग्रेजसँग पाल्पा क्षेत्रबाहेक नेपाली फौजले वीरतापूर्वक लड्दालड्दै पनि धेरै ठाउँमा पराजित हुनु प¥यो ।
अमरसिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले कांगडाको एउटा दुर्ग (किल्ला) बाहेक सबै किल्लाहरुमा कब्जा जमायो । कांगडाको यो किल्लाको युद्धमा सहायतार्थ काजी अमरसिंह थापाका माहिला छोरा नयनसिंह थापाको नेतृत्वमा एक फौज केन्द्र सरकारका तर्फबाट त्यहाँ आइपुग्यो । तर यो किल्लालाई आक्रमण गर्न नसक्दा नयनसिंह थापा गम्भीर घाइते भई मृत्यु वरण गर्नु प¥यो । त्यसपछि पनि नेपाली फौजले शत्रुको किल्ला घेरा हाली आत्मसमर्पण गर्न बाध्य तुल्याए । तर कांगडाका राजा संसार चन्द्रले पंजावका राजा रणजितसिंहको सहयोगको याचना गरी पुनः नेपाली फौजप्रति आक्रमण गर्दा नेपाली फौजले ठुलो क्षति व्यहोर्नु प¥यो । अब युद्धको ठुलो क्षतिका कारण अमरसिंह थापाले सतलज पारिको इलाका छोड्न बाध्य हुनु प¥यो । तर पनि उनले आपूm सतलजवारि बसेर कांगडा विजयका निम्ति प्रयत्न जारी राखे ।
यसरी अमरसिंह थापाले पूर्वमा तिस्टादेखि पश्चिममा कांगडासम्म राज्य विस्तार गर्न त सफल भए तर सफलता हासिल गर्दै गर्दा जितेका मध्ये केही राज्यहरु एक–एक गर्दै गुमाउनु पर्ने बाध्यता पनि सिर्जना भयो । अंग्रेजसँग पराजित हुनुपर्ने मुख्य कारण अमरसिंह थापाले विजय गरेका रजौटा र तिनका सेवकहरु पनि अंग्रेजतर्फ मिल्दै जानु थियो । यसबाहेक पनि केन्द्र सरकारको आन्तरिक कलह र अंग्रेजहरु बल (आधुनिक हातहतियार) सँगै छलपूर्ण व्यवहारले पनि नेपाली फौज पराजित हुनु प¥यो ।
अल्मोडादेखि काङ्गडासम्म लड्ने नेपाली फौजको नेतृत्व स्वयं अमरसिंह थापाले गरिरहेका थिए । उनी आपूm अल्मोडाभन्दा पश्चिम मलाऊँ दुर्गमा बसेका थिएभने यस किल्लाको दाहिनेतर्फको सुरजगढ दुर्गको सुरक्षा जिम्मा ७० वर्षिय सरदार भक्ति थापाको थियो । उता अंग्रेज फौज देउथलको टाकुरासम्म आप्mनो अधिकार जमाउँदै आइरहेको थियो । देउथलको कब्जाले गर्दा अब अमरसिंह थापा रहेको मलाऊँ किल्ला पनि सुरक्षित नहुने भएपछि उनका सामु अंग्रेजसँग आत्मसमर्पण गर्ने या लडेर मर्नु बाहेकको अर्को विकल्प थिएन । यसको विकल्पमा भक्ति थापाले आप्mना दुई पुत्रको जिम्मा अमरसिंह थापालाई लगाई आप्mना दुई श्रीमतीलाई सतित्व रक्षा गर्नु भन्दै केही फौजका साथ अंग्रेजले कब्जा जमाएको देउथल किल्ला उपर अप्रिल १६ सन् १८१५ (विसं. १८७२) का दिन प्रत्याकर्मणको योजना बनाए । यो युद्धमा लगभग ७०० नेपालीहरुले ज्यान गुमाउनु प¥यो । उता अंग्रेजतर्फ पनि ठुलो क्षति भएकै थियो । युद्ध बन्द हुनासाथ जनरल आक्टर लोहोनीले सम्मानसाथ दामी दोसल्लामा भक्ति थापाको लासलाई लपेट्न लगाई नेपाली शिविरबाट आएका मानिसहरुलाई बुझाइ दिएका थिए । यो युद्धमा भक्ति थापाको अतुलनीय योगदान रह्यो ।
यसरी सरदार भक्ति भापाको वीरगति प्राप्त भएपछि अमरसिंह थापा चारैतिरबाट शत्रुहरुको घेराबन्दीमा परिसकेका थिए । नालापानीमा उनै अमरसिंह थापाकी छोरीका छोरा नाति बलभद्र कुँवर लडिरहेका थिए । उनले बलले जिते पनि अंग्रेजको छल (पानीको नाकाबन्दी) ले गर्दा हार्नुप¥यो । त्यसै समयमा केन्द्र सरकारबाट पनि नालापानीमा हार भएको समाचार सहित जसरी हुन्छ अंग्रेजसँग सन्धि गर्नु भन्ने आसयको पत्र उनलाई प्राप्त भयो । अमरसिंह थापाको भने अझै एक पटक अंग्रेजसँग लडाइ गरी बलिदानी गर्नुपरे पनि पछाडि हटी आत्मसमर्पण गर्नु हुँदैन भन्ने नै थियो । तर उनका आप्mनै फौजका अफिसरहरुले पनि वारांवार उनलाई आत्मसमर्पण गर्न बाध्य पार्न थालेपछि अन्त्यमा उनी दुई सय जवानका साथ अंग्रेजसँग शरण लिइ मलाऊँ किल्लामा बस्नु प¥यो ।
अन्त्यमा अमरसिंह थापाले आत्मसमर्पण गर्नु बाहेक अर्को कुनै उपाय नदेखेपछि १५ मे १८१५ इ. का दिन महाकालीपारि सतलजसम्मको पहाडी भूभाग अर्थात् अमरसिंह थापाले आप्mनो अधीनमा ल्याएको केही भूभाग इस्ट इन्डिया कम्पनीको अधीनमा रहने गरी अंग्रेजले तयार गरेको सन्धि पत्रमा हस्ताक्षर गर्न बाध्य भए । यही सन्धिलाई नेपाल सरकारका तर्फबाट विधिवत सन्धि गर्न राजगुरु गजराज मिश्रलाई तोकियो । नेपालका तर्फबाट गजराज मिश्र र अंग्रेजका तर्फबाट ब्रेडशाँका बीच सुगौलीमा २८ नोवेम्बर १८१५ इ. का दिन दुई सरकार बीच सन्धि सम्पन्न गरियो । यही सन्धि नेपालको इतिहासमा सुगौली सन्धिका नामले प्रसिद्ध छ ।
सुगौली सन्धि पश्चात् युद्ध मैदान काँगडाबाट विसं. १८७३ जेठ २५ गते बुधबारदेखि श्रावण ६ गते पूर्णिमासम्म गोसाइकुण्ड स्नान गरी फर्कने सुरमा सरकारसँग विदा स्वीकृत गराइ हिमवत् क्षेत्र गोसाइकुण्डतर्फ पत्नी सहित लागेका अमरसिंह थापाको दुःखद् मृत्यु उतै गोसाइकुण्डमै भयो । उनको मृत्युका सम्बन्धमा फरक–फरक विचारहरु बाहिर आएका छन् । भीमसेन थापा र उनैका छोरा रणध्वज थापाले लेखेको एउटा संयुक्त पत्रमा ‘‘दाना पानी घट्याको रहेछ श्रावण शुक्ल ४ उप्रान्त पञ्चमी लागी आदित्यबारका रात्रीमा गोसाइ थानका कुण्डमा जल योग पाइ देह त्याग गरी मुक्त हुनु भएछ’’ भनी लेखिएको पाइन्छ ।
यसरी समग्रमा अमरसिंह थापाको जीवनी अध्ययन गर्दा उनी १७ वर्षको उमेरबाट करिब ५० वर्षसम्म अनवरत रुपमा नेपाल आमाको सेवामा अनेक युद्धमा होमिएर आप्mनो जीवन समर्पित गरेको पाइन्छ । उनी आपूmमात्र नभई उनका बाबु, छोराहरु र नातिहरु समेत युद्धमा होमिएका थिए । उनका दस भाइ छोराहरु पनि तत्कालीन राजकाज र युद्धको मैदानमा होमिएका थिए । उनका जेठा छोरा रणध्वज थापा भीमसेन थापाका विश्वास पात्र भइ भारदारका रुपमा राष्ट्रको सेवा गरेका थिए । त्यसैगरी रणजोर थापा र रामदास थापा अमरसिंह थापाकै कार्य क्षेत्रमा युद्ध लडेका थिए भने भक्तवीर थापाको नेतृत्वमा गएको फौजले पूर्वको लडाइमा मेजर पेटरको नेतृत्वमा आएको अंग्रेज फौजलाई धपाउन सफल भएका थिए । त्यसैगरी अर्जुन थापा र भूपाल थापाले पनि नेपाल अंग्रेज युद्धपछि लाहोरमा पुगी सम्मानित जीवन व्यतितगर्न सफल भएको तथ्य धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको शाहकालीन अभिलेख (२०३७) मा पढ्न पाइन्छ ।
din21036@gmail.com