काठमाडौँ, २२ मंसिर – पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को विमान दुर्घटनामा परेको छ। बिमानमा चालिसजना भन्दा बढी यात्रु रहेको बताइएको छ। सम्पर्क टुटेपछि पाकिस्तानको उत्तरी भागमा दुर्घटना भएको बीबीसीले जनाएको छ।
चित्रल एयरपोर्टबाट विमान उडेक ९० मिनेटपछि सम्पर्कबिहिन भएको थियो। दुर्घटनाग्रस्त विमान खोजी गर्न र उद्धारका लागि सेनाले हेलिकोप्टर र जहाज परिचालन गरेको छ। इयुले २००७ देखि नै सुरक्षाको कारण देखाउँदै पीआइएलाई युरोपमा उडान गर्न रोक लगाइसकेको छ।
विमानमा पाकिस्तानका चर्चित पप गायक जुनैद जमशेद र उनकी पत्नी पनि यात्रुसूचीमा रहेको एजेन्सीहरुले जनाएका छन्। जुनैद जमशेद डिस्को मुल्लाको रुपमा चर्चित छन्। एजेन्सी
Previous Articleप्रधानमन्त्रीले भने – ‘संशोधन र निर्वाचन दुवै हुन्छ ।’
Next Article गजल-भिरेर सरकारको झोला लमक लमक कता हो