अमृत बास्कुने
पछिल्लो समय सहकारीले बचत कर्ता तथा शेयर सदस्यहरुलाई दुःख दिने र उनीहरुको पैसा नै जोखिममा पार्ने भन्ने सुन्नमा आइ रहेको समयमा बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले भने कृषकले उत्पादन गर्ने दूधको बजारीकरण गरेर राम्रो काम गर्दै आएको छ । शुभकामना कृषि सहकारी मार्फत संकलन भएर बजारमा दूध पठाउँदा माग भए अनुसारको दूध पु¥याउनै सकेको छैन । बेनी नगरपालिका ४ पर्ने साविकको सिंगा गाविसको बासकुना, सुर्केमेला, सिंगा, सोता तथा राक्से क्षेत्रबाट कृषकले उत्पादन गरेको दूध सिंगामा ल्याएर सहकारीमा संकलन गर्ने गर्दछन् । उक्त दूधलाई शहकारीले आफ्नो तर्फबाट बजार पठाउनुका साथै व्यवस्थापन गर्ने गर्दै आएको छ ।
चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा एक लाख लिटर भन्दा बढी दूध विक्री गरेको भए पनि सहकारीमा दूधको माग उच्च रहेको छ । बजारमा शुभकामनाको दूधको माग उच्च भए पनि माग अनुसार दूध दिन भने नसकेको सहकारीको भनाई छ । चालु आर्थिक वर्षको चैत २६ गते सम्म शुभकामना कृषि सहकारी संस्था लिमिटेडको ७८ जना शेयर सदस्य कृषकहरुबाट एक लाख तीन हजार आठ सय ६० लिटर दूध संकलन गरेर विक्री गरेको जनाएको छ । गत आर्थिक वर्षमा कुल एक लाख तीन हजार नौ सय ७५ लिटर दूध विक्री गरेको सहकारीले यस वर्ष नौ महिनामै उक्त लक्ष्य पार गरी सकेको सहकारी संस्थाका दूग्ध संकलनका कर्मचारी डण्डपाणी पौडेलको भनाई छ । आर्थिक वर्ष २०८०÷०८१ मा ७२ जना कृषकहरुबाट कुल एक लाख तीन हजार नौ सय ७५ लिटर दूध संकलन गरेर विक्री गरेको सहकारीले चालु आर्थिक वर्षमा गत वर्ष भन्दा धेरै दूध विक्री वितरण गरी सकेको छ ।
पछिल्लो ३० वर्ष देखि बेनी बजारमा जनसेवा डेरी सञ्चालन गर्दै आउनु भएका कोषानन्द आचार्यले शुभकामना कृषि सहकारीको दूध गुणस्तरीय भए पनि मागे जति नदिएको गुनासो गर्नुभयो । बेनीमा पाउने मध्ये सरदर हेर्दा शुभकामनाले दिने दूधको गुणस्तर राम्रो छ र थप माग गर्ने गरेको भए पनि उनीहरुले माग अनुसार पु¥याउन सकेका छैनन् । हाम्रो डेरीमा दूध लिन आउने अधिकांश ग्राहकहरुले शुभकामनाकै दूध माग गर्ने भए पनि हामी सँग नै आइपुग्दैन मागेजति त्यसैले सबैको माग धान्न सकिएको छैन आचार्यले भन्नुभयो ।
शुभकामना कृषि सहकारी संस्था लिमिटेडले हरेक दिन बिहान र बेलुका संस्थाको आफ्नै स्वामित्वमा रहेको कार्यालयमै दूध संकलन गर्ने गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । सहकारीमा संकलित दूध बेनी नगरपालिका–४ सिंगा तथा म्याग्दी जिल्ला सदरमुकाम रहेको बेनी नगरपालिका–७ र ८ बेनी बजारका साथै पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वत बेनी सम्ममा विक्री बितरण गर्दै आएको सहकारीका दूधको बजार व्यवस्थापक बिजुन चोखालको भनाइ छ । विहान ५ बजे देखि नै सिंगामा दूध संकलनगरेर साढे ८ बजे सम्म दूध नागरिकको भान्सा सम्म पु¥याउने प्रयास गरिरहेको उहाँको भनाई छ । हाम्रो दूधको गुणस्तर राम्रो भएको हुनाले बजारमा माग धेरै छ तर माग अनुसारको पु¥याउन सकिएको छैन । गत चैत १ गते मैले दूध व्यवस्थापन थालेको दुईवर्ष पुग्यो र हाल सम्मको अवस्था हेर्दा कहिँ कतैबाट पनि गुनासो आएको छैन, माग उच्च छ धान्न भने मुस्कील छ ।
सहकारीमा चालु आर्थिक वर्षमा काशीनाथ पौडेल, गिता खत्री, नर्मता पौडेल, कोपिलाल पौडेल तथा रेखा थापालगायतले अलिक धेरै दूध ल्याउने गर्नुहुन्छ । अघिल्लो आर्थिक वर्षमा कासीनाथ पौडेलले तीन हजार आठ सय ६४ लिटर दूध सहकारीमा ल्याउनु भएको थियो भने चालु आर्थिक वर्षको हाल सम्म झण्डै ११ हजार लिटर दूध सहकारीलाई विक्री गर्नुभएको छ । त्यस्तै गिता खत्रीले पाँच हजार तीन सय र कोपिलाल पौडेल, रेखा थापा तथा नर्मता पौडेलले तीनदेखि चार हजार लिटर सम्म दूध उत्पादन गर्नुभएर सहकारीको दूग्ध संकलन केन्द्र सम्म ल्याउनु भएको सहकारीका दूग्ध संकलन संयोजक कोपिलाल पौडेलको भनाइ छ ।
कोपिलाल पौडेल शुभकामना कृषि सहकारी संस्थाको दूग्ध संयोजकको रुपमा साधारणसभाबाट चयन भएर आए सँगै सहकारीको दूध व्यवस्थापनको काम हेर्न थाले पछि कृषकहरुलाई आवश्यक पर्ने गाइ तथा भैसी खरिदका लागि सहकारीले नै ऋण दिने समेत गरेको छ । नर्मता पौडेलले आफू लगायतका कृषकहरुलाई गाइभैसी व्यवस्था गर्नुका साथै खरिदका लागि आवश्यक पर्ने ऋण व्यवस्थापनमा समेत कोपिलाल पौडेलकै अगुवाइमा सहकारीले गरेका जानकारी दिनुभयो । आफूसँग भएका छ वटा भैसीहरु खरिद गर्दा पनि सहकारीबाट ऋण लिएको भए पनि हाल सबै ऋण चुक्तागरेको उहाँको भनाई छ । कृषकहरुले आवश्यक प्रस्ताव सहित आएको खण्डमा सहकारीले कृषकले भैसी किन्नका लागि आवश्यकता अनुसारको रकम ऋण उपलब्ध गराउँदै आएको छ । कृषकले पुगाउन पर्ने प्रकृया सहित आएको खण्डमा गाइभैसी खरिदका लागि ऋण कुनै पनि समयमा प्रवाह गर्दै आएको सहकारीका अध्यक्षको भनाई छ ।
शुभकामना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार हालको तथ्यांक हेर्दा ३२ जना कृषकले सहकारीबाट गाइभैसी खरिदका लागि ४२ लाख भन्दा ऋण लगेका छन् । साना किसान बैंक मार्फत अनुदानमा ल्याएको रकमको ऋण प्रवाह गर्दा बढीमा ९ प्रतिशत र सहकारीको आफ्नो रकम भएको खण्डमा बढीमा १२ प्रतिशत सम्म ब्याजदरमा लगानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
सहकारीमा दूधको खाता खोलेर नियमित रुपमा दूध ल्याउने कृषकलाई सहकारीले उनीहरुको खाता भएको रेकर्ड अनुसार पैसा पनि खातामै जम्मा गरिदिने गरेको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । कृषकहरुले पालेका गाइभैसीको दूध संकलन गर्दा पैसा चलायमान हुने र कृषकहरु पनि आम्दानी सँग जोडिने भएकाले पनि दूग्ध संकलन तथा बिक्रीको काम सहकारीले गर्ने गरेको उहाँको भनाई छ ।