लोकराज रोका मगर
लिस्बन पोर्चुगल – लिस्वनस्थित नेपाली राजदूतावासले आगामी बुधवार, १६ अप्रिल २०२५ देखि औपचारिक रूपमा सेवा सञ्चालन हुने भएको छ।
दूतावासले एक जारी गरेको सूचना अनुसार, प्रारम्भिक चरणमा कन्सुलर शिविर सञ्चालन गरी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। त्यस्ता सेवामा प्रमाणीकरण, राहदानी सम्बन्धी विवरण अद्यावधिक, प्रमाणपत्र प्रदानलगायत सेवा समावेश हुनेछन्।
सेवा सुचारु पछि लिस्बनमा स्थापित दूतावासमार्फत अब देखि नेपाली नागरिकहरूले राजदूतावासका विविध कन्सुलर सेवा प्राप्त गर्न सक्ने भएका छन्। सेवा सुरु हुनुअघि राजदूतावासले आवश्यक तयारीका कामहरू अन्तिम चरणमा पुर्याएको जनाइएको छ।
राजदूतावासको स्थायी ठेगाना Restelo स्थित Rua Pero de Alenquer 29, 1400-069, Lisboa, Portugal मा रहेको जनाइएको छ। दूतावासका अनुसार, सेवा लिन आउने व्यक्तिहरूले आफ्ना प्रमाणित कागजात र राहदानीको सक्कल तथा प्रतिलिपि लिएर आउनु पर्नेछ।
यसैबीच, तत्काल सेवा आवश्यक पर्ने नागरिकहरूका लागि शुक्रबार, ११ अप्रिल २०२५ सम्म मात्र अस्थायी रूपमा सेवा प्रदान गरिने छ। त्यस्तो सेवा लिने नागरिकले नेपाल सरकारको राजश्व दूतावासको बैंक खातामा जम्मा गरेपछि मात्र सेवा पाउनेछन्। सो पछिका सेवा भने स्थायी दूतावासको कार्यालयबाट मात्र उपलब्ध हुने बताइएको छ।
नेपाली राजदूतावासले थप जानकारीका लागि वेबसाइट https://pt.nepalembassy.gov.np/ हेर्न वा इमेलमार्फत eonlisbon@mofa.gov.np मा सम्पर्क गर्न पनि अनुरोध गरेकाे छ ।
यसअघि करिब २ महिना अघि दुतावासका कर्मचारीहरू आए दूतावास स्थापनाको प्रक्रिया थालनी गरेका थिए।दूतावास स्थापना सँगै फ्रान्स र नयाँ दिल्ली पुलिस रिपोर्ट ,बिवाह दर्ता नाता प्रमाणित जस्तो विभिन्न सेवा लिन सहज हुनुका साथै महगो शुल्क अनि समयको बचत हुने अपेक्षा गरिएको छ।
राजदूतावासबाट प्रकाशित विज्ञप्ति