राकेश कार्की
भिरेर सरकारको झोला लमक लमक कता हो ?
बेचेर नदीनाला खोला लमक लमक कता हो ?
उपियाँ उडुस जस्तो क्रान्ति भन्दै उफ्रिन्थ्यौ
त्यागेर बदलेर चोला लमक लमक कता हो ?
पहेँलपुर छौ अझ कतिले पहँेलिन्छौ
बोकेर गोडा दसेक तोला लमक लमक कता हो ?
उचालेर जुधाएर नेपालीलाई फुटाएर
बनेर आफूचाहिँ भोला लमक लमक कता हो ?
तब संविधान भन्थ्यौ अब संशोधन भन्छौ
तिम्रो बुँता के होला लमक लमक कता हो ?
हाल : लस एन्जेलस