म्याग्दी जेसीजको २०औं स्थापना दिवसको अवसरमा बुधबार जिल्लास्तरीय १६औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा विभिन्न १२ ओटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिताबाट न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी प्रथम, माउण्ट एभरेष्ट आवासीय मावि द्वितीय, बेनी बोर्डिङ तृतीय र लिटिल गार्डेन एकेडेमी सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः नगद आठहजार, पाँचहजार पाँचसय, चारहजार र दुईहजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको जेसीजले जनाएको छ । यसैगरी उत्कृष्ट नृत्यतर्फ माउण्ट एभरेष्टका खेम पुन र पिपुल अफ च्वाइस लिटिल गार्डेनका सविन शाहीले जितेका छन् ।
१६औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले म्याग्दी जेसीजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासँगै अन्य अतिरिक्त क्रियाकलापलाई थप सहयोग पु¥याउने बताए ।
कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व अध्यक्ष धनन्जयकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाण्ज्यि संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम म्याग्दी जेसीजका अध्यक्ष खमबहादुर थापाको अध्यक्षता, महासचिव सन्दिप खत्रीको स्वागत र कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleम्याग्दीको बेनीमा सहकारी व्यवस्थापन तालिम सञ्चालन
Next Article क्युपेकले मनायो स्थापना दिवस