– ई. नरोत्तम श्रेष्ठ,
मौनताको भीडमा पनि…
मूक बोल्न शिक्षक बोल्छ ।
सत्यको ज्वाला जिउँदै…
भाव खोली शिक्षक बोल्छ ।।
सत्ता सुतेको बेला…
सत्य घोल्न शिक्षक बोल्छ ।
अधिकारका रगतसँगै…
आँसु रोल्न शिक्षक बोल्छ ।।
शून्य शब्दका शृङ्खलामा…
भाव बोल्छ सधैँ ।
अन्धकारका कक्षमा…
उज्यालो घोल्न शिक्षक बोल्छ ।।
के रमाइलो ! के रंगशाला…?
गुन्जिन्छ मुक्तिका गीत ।
हास्यभित्रै रोदन जाग्छ…
रस खोल्न शिक्षक बोल्छ ।।
खाली स्कुल, चिसो बेंच…
आँशुका छन् संवाद ।
शून्यताको व्याकरणले…
स्वर खोल्न शिक्षक बोल्छ ।।
कठपुतली शासनमा जब…
जनमन चोइटिन्छ ।
शब्दशब्दको क्रान्तिभित्र…
विश्वास बोल्न शिक्षक बोल्छ ।।
आगो बनेको आत्माले…
अब चुप सहँदैन है ।
शब्दकोशको दर्पणभित्र…
विद्रोह घोल्न शिक्षक बोल्छ ।।
भानु-९, तनहुँ ९८४१२८७२५३