नेपाल विजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक) नेपाल जिल्ला कमिटी म्याग्दील आफ्नो २३ औं स्थापना दिवस मनाएको छ ।
क्युपेक नेपाल म्याग्दीको कार्यालयमा आयोजित स्थापना दिवस कार्यक्रममा क्युपेक नेपाल केन्द्रीय सदस्य बलादेवी राईले सम्पूर्ण मजदुरहरुको समस्या समाधानका लागि आफूहरु तदारुकताका साथ लागेको बताउँदै आजको दिनले मजदुरको पक्षमा लड्नका लागि थप उर्जा मिल्ने बताईन् । स्थापना दिवस कार्यक्रमकी प्रमुख अतिथि राईले जिल्लाको हाइड्रोपावरमा काम गर्ने मजदुरहरुले आफूले पाउन पर्ने पारिश्रमिक नपाएको र त्यसका लागि आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएकी थिइन् । उलने स्थापना दिवसकै दिनमा पिडाको कुरा पनि उल्लेख गर्नु परेकोमा दुःख लागेको बताएकी थिइन् ।
स्थापना दिवस कार्यक्रम क्युपेक नेपाल म्याग्दीका अध्यक्ष महाप्रसाद राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य अमृत बास्कुने, क्युपेक नेपाल म्याग्दी, क्युपेक नेपाल बेनी नगरकमिटी तथा महिला कमिटीको सहभागिता रहेको थियो ।
Previous Articleम्याग्दी जेसीजको स्थापना दिवसमा लोकनृत्य प्रतियोगिता
Next Article दुरी सार्वजनिक