काठमाडौं, १ कात्तिक – प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी. जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय साझेदारीको विषयमा कुरा गरेको बताएका छन्।
भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिएर फर्कने क्रममा आज त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीले आफ्नो कुरालाई महत्व दिएको प्रधानमन्त्री दाहालले बताए।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग वान टु वान बार्ता गर्न खोजेको भन्दै त्यो अवसरलाई ‘ढुंगा खोज्दा देवता’ मिले जस्तो भएको बताए। ‘म वेटिङमा बसिरहेको थिएँ त्यहाँ चिनियाँ राष्ट्रपति सी आउनु भयो, हामीले कुरा गर्दै गर्दै भारतका प्रधानमन्त्री मोदी जी पनि त्यहाँ आउनु भयो’, दाहालले भने, ‘प्रविधिक कारणले हामी तीन जना एउटै कोठामा भेट भयौं, उहाँहरुसँग मैले नेपालकफ शीरउच्च हुने गरी कुरा गरें।’ प्रधानमन्त्री दाहालले यो त्रिपक्षिय बार्ता नभए पनि त्रिपक्षीय साझेदारीको विषयमा कुरा भएको बताए।
प्रधानमन्त्री दाहालले तीन नेताको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको बताए। ‘म वसिरहेको थिँए। चिनियाँ राष्ट्रपति आएर उत्तर तर्फ बस्नु भयो, त्यही बेला भारतका प्रधानमन्त्री मोदी जी दक्षिण तर्फ बस्नु भयो म बिचमा थिए’, दाहालले भने, ‘हाम्रो बसाइ जस्तै नेपालले पुलको काम गर्न चाहेको मैले बताएँ उहाँहरु सकारात्मक हुनु भयो।’ भेटमा दाहालले तीनै देशलाई बुद्धले जोडे जसरी नेपालले पनि पुलको काम गर्न चाहेको स्मरण गरेको बताए।
सो भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति सीलाई नेपाल भ्रमण गर्न आग्रह गरेको बताए। यस अघिका सरकारसँग भएका सम्झौता कार्यान्वनको विषयमा महत्वपूर्ण कुरा भएको उनले बताए।
राष्ट्रपति सीले ब्रिक्स सम्मेलन वरपरनै नेपाल भ्रमण गर्ने चर्चा चलेको थियो। तर अन्तिम अवस्थामा उनी बंगलादेश पुगे पनि नेपाल भ्रमण कार्यसूचीमा परेको थिएन। राष्ट्रपति सीलाई आफुले पाँच मिनेट कुराएको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै सञ्चारमाध्यमलाई जिम्मेवार बन्न दाहालले आग्रह गरे।
दाहालले सार्क सम्मेलन छिटो गराउने विषयमा त्यहाँ उपलब्ध सदस्य राष्ट्रसँग छलफल भएको जानकारी दिए। भूटानी प्रधानमन्त्रीसँग शर्णार्थी समस्या समाधानको विषयमा छलफल भएको दाहालले बताए।
चिनियाँ राष्ट्रपति सी. र भारतका प्रधानमन्त्री मोदीसँग त्रिपक्षीय साझेदारी कुरा- प्रधानमन्त्री
Previous Articleअझै खुलेन तमानको सडक
Next Article संसोधन विधेयकको मस्यौदा देखाउन नेता नेम्वाङको चुनौती