आगामी नयाँ शैक्षिकसत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनीमा आइपुगेको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ म्याग्दीका सचिव ध्रुवराज सुवेदीका अनुसार जिल्लाका लागि आवश्यक पर्ने पुस्तक तयारी अवस्थामा रहेको छ । उहाँले भन्नुभयो–एक गाडी पुस्तक सोमबार बेनी आइसकेको छ भने अर्को गाडी लोड भै सकेको छ भोली आइपुग्छ । दुई गाडीमा गरी आएको पुस्तक भयो भने आउदो शैक्षिकसत्रकालागि म्याग्दीलाई चाहिने जति पुस्तक हामी संग हुन्छ ।
महासंघका अध्यक्ष नारायण शर्माका अनुसार जिल्लाका लागि आवश्यक पर्ने कक्षा १–४ सम्मको एक हजार चार सय सेट पुस्तक म्याग्दीका लागि हिडि सकेकोले मंगलबार बिहान सम्म बेनी आइपुग्नेछ । अन्य कक्षाको हकमा भने कक्षा पाँचको एक हजार चार सय सेट, कक्षा ६ को एक हजार दुई सय सेट, ७ कक्षाको एक हजार चार सय ५० सेट कक्षा ८ को एक हजार छ सय, नौ कक्षाको एक हजार तीन सय र १० कक्षाको एक हजार चार सय सेट पुस्तक म्याग्दीका लागि आइपुगेको हो ।
जिल्ला भित्रका पुस्तक तथा स्टेसनरी व्यवसायीहरुले सामुहिक रुपमा एउटै विक्री केन्द्रबाट पुस्तक बिक्री बितरण गर्ने गरी बेनी बजारको बैंक रोडमा बिक्री डिपो शुरु गरीएको महासंघकी कोषाध्यक्ष शान्ति आचार्यले बताउनुभयो । मंगलबार सबै कक्षाको पुस्तक आइपुगेपछि बुधबार देखि नै पुस्तक विक्री बितरण शुरु हुने महासंघले जनाएको छ ।आदर्श सञ्चारबाट साभार