राजेशचन्द्र राजभण्डारी
अहिले हाम्रो संविधान कालो कि सेतो भन्नेबारे बहस हुन् थालेपछि मलाई नेपाली गायिका आनी छोइङ डोल्माले गाउनु भएको एउटा लोकप्रिय गित याद आयो– ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँढै संसार ।’ यो गित नसुन्ने नेपाली कमै होलान् । अहिले संविधान बनेको एक बर्ष पूरा भएको समयमा संविधान कालो भनेर कालो दिबस मनाउनुलाई गायिका आनीले गाउनु भएको यहि गित नै काफी छ । धेरै ब्याख्या गर्न जरुरी छ जस्तो लाग्दैन । हुनतः हाम्रो संविधान कालै छ । त्यो कुरासँग म पनि केही हदसम्म सहमत छु । संविधानसभाबाट घोषणा भएको संविधान पुस्तकका रुपमा छापिएर आएपछि मैले सुरूदेखि अन्त्यसम्म हेरे । संविधान पुरै कालो देखे किनभने संविधानको पुस्तक पुरै सेतो कागजमा कालो मसीले छापिएको रहेछ । मधेसी मोर्चाले त्यहि कालो मसीले छापिएको हुनाले संविधानलाई कालो भनेको अबश्य होइन होला ।
अहिले मधेसी मोर्चाको असहमति के मा हो, किन हो, के कारणले संविधान कालो भयो भन्नेबारे खासै तर्क र बहसभन्दा पनि हामीले भनेअनुसार संविधान सँशोधन हुनुपर्छ भन्ने ढिपी जारी छ । सरकारले नेपाली जनताले जनमुखी संविधान पाएको खुशीयालीमा देशभर संविधान दिबस मनाउनका लागि एकदिन सार्बजनिक बिदा दिएको छ । पुर्ब मेचीदेखि पश्चिम महाकालीका जनताले नेपाली जनताले २०४७ देखि रोकिरहेको सबै अधिकार पाएको भन्दै खुशीयाली मनाउँदै गर्दा मधेसी मोर्चा र जनजातिका संघ सँगठनले अहिलेको संविधानलाई कालो संविधान भन्दै असोज ३ लाई कालो दिन मनाउने कुरा सार्बजनिक भयो । नेपालमा २००७ साल फागुन ७ गते राणा शासनको अन्त्यपछि नेपाली जनताको पक्षमा संविधान बनाउन नखोजिएको होइन । त्यो बेला देखिको अभियान बल्ल २०७२ असोज ३ गते ठूलो मेहेनत साथ संविधान सभाबाट अत्याधिक बहुमतले घोषणा गरिएको संविधानसमेत कालो सेतोको बिबादमा परेको छ ।
संविधान जारी भएलगत्तै नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अहिले बनेको संविधानप्रति असहमति जनाउँदै संविधानसभाको सदस्य पदबाट राजिनामा मात्र दिनु भएन, पार्टी परित्याग गरि नयाँ शक्ति नामेको पार्टी नै घोषणा गरेर जानू पनि संविधान कै कारण हो । डा. बाबुराम कै नेतृत्वमा संविधान सभाबाट संविधान निर्माण भएपनि आफैले बनाएको संविधान चित्त नबुझेको भन्दै संविधान संशोधनको माग गरिरहेका छन् । हुनतः हाम्रो संविधान बनेपछि दोश्रोपटक संशोधन भैसक्यो फेरि पनि मधेसी मोर्चाको मागबमोजिम संविधान फेरि दोस्रोपटक संशोधन गर्नका लागि राजनीति दलहरू बीच छलफल चलिरहेको छ । सरकारमा रहेको नेपाली कांग्रेस, माओबादी केन्द्र, राप्रपाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच कुराकानी भएपनि खासै काम अघि बढेको छैन । ७ वटा प्रदेश ३ तहको निकाय हुने त्यसको लागि ३ वटै तहको निर्वाचन गराउने भनिएको छ अहिलेसम्म तर राजनीतिक सहमति नभएसम्म त्यो संभब छैन ।
अहिले संविधानमा भएको कुरालाई लागू गराउने कि खाली भाँजो मात्र हालेर देशलाई सधै अस्थिर बनाई राख्ने अब सोच्न जरुरी छ । अहिले प्रदेशको संरचना कस्तो बनाउने, राजधानी कहाँ बनाउने, कति वटा गाउँपालिका र कति नगरपालिका बनाउने भनेर छलफल चलिरहेको छ । गाउँपालिका भित्र कुन–कुनलाई राख्दा आफ्नो आफ्नो पार्टीलाई चुनाबमा फाईदा पु्ग्छ भन्ने जोड घटाउमै ब्यस्त छन् एमाले, कांग्रेस, माओबादी केन्द्र यतिबेला । अहिले बनेको संविधानमा धेरै कुरा समेटिएका छन् । महिला, दलित, बालबालिका, जाति जनजातिदेखि सबै बर्गलाई दिनुपर्ने अधिकार दिने भनेर लेखिएको छ । अब सबै मिलेर संविधानलाई कार्यान्वयन गरेर जान ढिलाई भैसक्यो ।
संविधान सभाबाट संविधान बनाउने बेलादेखि छिमेकी मुलुक भारतले असहमति जनाउँदै आएको मात्र होइन उसले सँसदमा रहेको मधेसी मोर्चालाई उचालेर संविधान बहिष्कारदेखि संविधान कालो भन्दै मधेसमा नजलाएको पनि होइन । सिमानामा गएर नाकाबन्दी देखि एम्बुलेन्स जलाउने, औषधि बोकेको गाडिमा आगो लगाउने सम्मका सबै काम पनि संविधान बने संगसंगै भएको कुरा सारा बिश्वसामु छर्लङ्ग भएको छ । नेपालको संविधान प्रति मधेसी मोर्चाको भन्दा पनि भारत कै असहमति हो भनेर अब कहिँ कतै लुकेको छैन । यस्तो समयमा हामीले नेपालको संविधान बनेको खुशीयालीमा संविधान दिबस मनाउन गैरहेका छौ । अहिले पनि एकथरिले संविधान दिबस सरकारी स्तरमा मनाउने अनि अर्कोथरि मधेसी मोर्चा र जनजातिले कालो दिबस मनाउदै गर्दा बिदेशीले हामी नेपालीलाई र हाम्रो संविधानलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ, त्यो सबै राजनीति दलका नेताहरू मनन् गर्नुपर्ने बिषय हो ।
साँच्चै नेपाली जनताले रगत पसिना बगाएर २०६२ र ०६३ मा गरेको जनआन्दोलन, नेकपा माओबादीले गरेको १० बर्षिय जनयुद्धकै बलमा देशमा गणतन्त्रको आगमन र २४० बर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य मात्र भएन राजा ज्ञानेन्द्रले संविधानसभाले गरेको निर्णय सहज रूपमा स्विकार्दै दरबार छोडेर जानु नेपालको ईतिहासमै सबैभन्दा ठुलो उपलब्धि हो । तरपनि हामीले पाएको उपलब्धिलाई पनि सँस्थागत गर्न सकिरहेको छैनौ । केही दिनअघि नेकपा एमालेका नेता शँकर पोखरेलले असोज ३ गतेको संविधान बनेको दिनलाई मधेसी मोर्चाले कालो दिन मनाउने बिषयमा सामाजिक सन्जालमा लेख्नु भएको बिषयले ठूलो बिबाद सृजना ग¥यो । अहिले भएको कुरा पनि जिम्मेवार नेताहरू सामाजिक सन्जालमा कुनै पनि कुरा लेख्दा धेरै बिचार पु¥याउनु पर्छ भन्ने सन्देश पनि दिएको छ । अहिले पनि कालो संविधान भनेर चर्को कुरा गर्ने मधेसी मोर्चाले अहिले सँसदमा बसेर तलब भत्ता पनि यहीँ संविधान अनुसार खाने अनि संविधान जारी भएको दिनलाई कालो दिन भन्ने नैतिकताले दिदैन ।
मान्छेसँग लाजशरम केही नभएपछि जसले जे गरेपनि हुने रहेछ । सँसदमा जाने हाजिर हुने ३६४ दिनसम्म संविधान अनुसार चल्ने अनि एक दिन के–को नाटक देखाउनु प¥यो । संविधान कालो कि सेतो भन्ने यो कुनै बिबादको बिषयभन्दा पनि नियत के हो भन्ने प्रमुख कुरा हो । कसैले नियत राखेर भन्छ भने त्योसँग केहि गर्न सकिदैन । जे होस् अहिले ढिलै भएपनि कांग्रेस, माओबादी केन्द्रसँग ३ बुँदे सहमति गरि संविधान संशोधन गर्न मधेसी मोर्चा सहमत भएको छ । अनि आफुहरूले गर्दै आएको सबै खाले आन्दोलन फिर्ता गरेर सहज बाताबरण बनाएको छ । छिमेकीको नाकाबन्दी सबै हटिसकेको छ, इन्धन सहज बनिसकेको छ । अब सबै मिलेर देशलाई आर्थिक समृद्विको दिशातर्फ लैजाने काम गर्न जरुरी छ । साँच्चै संविधानमा केही कुरा हेरफेर गर्नुपर्ने छभने सबै दल मिलेर सहमतिका साथ अघि बढ्ने प्रेरणा संविधान दिबस बन्नु पर्छ । दल मिलेर संविधानलाई कार्यान्वयन गर्नेतर्फ लाग्नु सबैभन्दा बुद्धिमानी हुनेछ ।
Previous Articleके नेताहरु सार्वजनिक यातायात चढ्नै हुन्न ?
Next Article खेलप्रति सचेतना