केही समय पहिले निजी तथा सरकारी विद्यालयहरु खेलकुदका गतिविधि संचालन नगरेपनि चर्काे शुल्क लिएको भन्दै आलोचित हुने गरेका थिए । शिक्षण संस्थाहरुले बिना गतिविधि खेलकुदको चर्काे शुल्क लिने गरेपनि त्यसको कहि कतैबाट खोजी नीति हुने थिएन । अभिभावकले नै अवैध शुल्कको विषयमा चासो नदेखाएपछि विद्यालयलाई संचालकलाई के–को डर भयो र । तर अहिले त्यस्तो बेतिथी अन्त्य हुँदै गएको छ । आजभोलि निजी तथा सरकारी विद्यालयहरुमा खेलकुदबारे सचेतना जागेको छ । विद्यालयहरु अहिले खेलकुदलाई प्रतिष्ठाको विषय बनाउन थालेका छन् । जसले गर्दा विशेष गरी संस्थागत विद्यालयहरुले खेलकुद क्षेत्रमा लगानी बढाउन थालेका छन् । अहिले सदरमुकाममा केन्द्रित प्रायः सबैजसो विद्यालयहरुले खेलकुद प्रशिक्षक अनिवार्य जस्तै गराएका छन् । पछिल्लो समय खेलकुद क्षेत्रप्रति विद्यार्थीहरुको ध्यान केन्द्रित हुन थालेपछि विद्यालयहरु राप्रा प्रतिभावान खेलाडि भित्राउनेदेखि लिएर खेलकुद प्रशिक्षक अनिवार्य गराएका छन् । खेलकुद क्षेत्रबारे विद्यालय, अभिभावक र विद्यार्थीहरु स्वयम् सचेत हुँदा बागलुङमा खेलकुदका गतिविधिहरु पनि बढ्न थालेका छन् । पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर खेलकुद र साँस्कृतिक कार्यक्रमसंग जोडिदा विद्यार्थीहरुले पनि खेलकुद गतिविधि हुने विद्यालय छनौट गर्न थालेका छन् । विद्यार्थीहरुको स्वभाव र प्रकृति हेरेर विद्यालयले खेलकुद गतिविधि पनि संचालन गर्दै आएका छन् ।
खेलकुदको क्षेत्रमा लगानी गर्न आनाकानी गर्ने विद्यालयहरु अहिले राम्रा खेलाडिहरु खोज्नको लागि गाउँ–गाउँमा संयन्त्रहरु पनि परिचालन गर्न थालेका छन् । गाउँ–गाउँमा हुने खेलकुद गतिविधि अवलोकन गरेर राम्रा खेलाडिलाई बिना शुल्क आफ्नो विद्यालयमा अध्ययन गर्ने वातावरण समेत सिर्जना गरेका छन् निजी विद्यालयहरुले । खेलकुदमा अब्बल भएपनि अवसर नपाएका गरिब बालबालिकाहरुले गुणस्तरिय विद्यालयमा आवासिय सुविधा सहित पठनपाठन समेत गर्ने अवसर पाएका छन् । खेलकुद क्षेत्र मात्रै होइन गायन र नृत्य जस्ता अन्य प्रतिभा भएका बालबालिकाहरु अहिले सर्वाधिक खोजी गरिन थालिएको छ । राम्रा खेलाडि उत्पादन गर्ने र उनीहरुलाई राम्रा अवसर सिर्जना गर्ने कामको सबैभन्दा पहिले प्रश्रय चिल्डे«न लाइफ बोर्डिङलाई जान्छ । उसले खेलकुदको क्षेत्रमा लगानी गर्न अन्य विद्यालयलाई पनि बाध्य पा¥यो । खेल क्षेत्रमा लगानी गरेकै कारण चिल्डे«नले स्थापनाको छोटो समयमै धेरै उपाधि जित्ने रेकर्ड पनि बनाएको छ । उसले बागलुङको खेल क्षेत्रको विकासका लागि अन्य जिल्लाबाट राम्रा खेलाडिहरुलाई झिकाएर सुन्दर खेल खेल्ने संस्कारको समेत विकास ग¥यो । जेहोस पछिल्लो समय निजी विद्यालयले खेलकुद क्षेत्रमा बढाएको लगानीले राम्रा प्रतिभावान खेलाडि जन्माउने मात्रै काम गरेको छैन । समग्र खेल क्षेत्रको विकास पनि ईटा थप्ने काम गरेको छ । खेलकुद बुझ्न थालेका बोर्डिङले अहिले थुप्रै खेलाडि मात्रै होइन प्रशिक्षक जन्माउने समेत काम गरेको छ । अहिले राम्रा खेलाडिहरुले प्रशिक्षकको रुपमा रोजगार समेत पाएका छन् । निजी जागेको छ अब सामुदायि विद्यालय पनि जाग्नु पर्छ ।