Author: Amrit Baskune

मानवअधिकार तथा शान्ति समाज म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडि धर्ना दिएको छ। एनसेल घोटाला प्रकरणमा देशलाई झण्डै तीन खर्ब रुपैयाँ घाटा पु¥याउने चलखेल भएको भन्दै विरोधस्वरुप आधा घण्टा धर्ना दिइएको हो । एनसेल घोटाला प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन विश्वसनीय न्यायिक छानबिन आयोग गर्नुपर्ने, एनसेल घोटाला प्रकरणमा संलग्न सरकारका उच्च अधिकारीहरुलगायत जो कोही भए पनि कानुनसम्मत कारवाही हुनुपर्ने मागहरु रहेको मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाले जनाएको छ । विरोध प्रदर्शन कार्यक्रममा एनसेल प्रकरण, टेरामक्स प्रविधिलगायत विभिन्न कार्यमा भैरहेको अनियमितता र आर्थिक चलखेलको घोटाला विरुद्धको प्लेकार्डसहित मानव अधिकारकर्मीहरु सहभागी भएका थिए । मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सभापति हरिप्रसाद पौडेलले…

Read More

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिले झन्झट बेहोर्नु नपर्नाका साथै समय र खर्च बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनासम्म पुगेर योजना सम्झौता गर्न अपायक परेकाले वडा नम्बर ६ मराङ र वडा नम्बर ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्ष्य गरेर बिहीबारदेखि घुम्ती शिविर सञ्चालन गरिएको हो । मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ वटा योजनाका लागि वडा कार्यालयमै सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । शुक्रबार पनि मल्कवाङको वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरेर योजना सम्झौता गरिएको छ । वडामै…

Read More

अमृत बास्कुने म्याग्दीको बेनीमा यही माघ १६ बाट सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको तयारी तिब्र रुपमा अगाडी बढाइएको छ । म्याग्दीको बेनी संगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामीलीले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको आयोजनाका लागि तयारी तिब्र रुपमा अगाडी बढाएको आयोजकले जनाएको छ । बिकु फ्यामिलिका अध्यक्ष सफल बुढाथोकीका अनुसार माघ १६ देखि २० सम्म बेनी बजारको खुल्लामञ्चमा हुने प्रतियोगिता ७ ए साइड हुने छ । प्रतियोगिताका लागि पत्राचार देखि लिएर मैदानको तयारीका कामहरु भै रहेको छ । प्रतियोगिताको पहिलो हुनेले एक लाख ४० हजार पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुनेले ७७ हजार…

Read More

राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न सर्वसाधारणलाई समस्या भएको भन्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले निःशुल्क रुपमा अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको छ । नागरिकको सेवालाई पहिलो प्राथमिकता राख्दै अगाडी बढ्ने हेतुले जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम प्रशासनमै निःशुल्क भर्ने व्यवस्थालाई सहज बनाएको हो । बेनी नगरपालिका ३ गौश्वराकी सपना केसीले जिल्ला प्रशासन कार्याल्यबाट निःशुल्क रुपमा पहिलो पटक राष्ट्रिय परिचयपत्रको फारम भर्नु भएको छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खादा लगाएर राष्ट्रिय परिचयपत्रको निस्सा हस्तान्तरण गर्नुभएको थियो । कार्यालयबाट नै सेवा सुरु भएपछि अबदेखि सेवाग्राहीले आफै भर्न सके आफै भरेर आउने र यदी भर्न नसकेको…

Read More

 नेपाली कांग्रेसको म्याग्दी जिल्लाका संस्थापक सभापति ओमबहादुर बोगटीलाई नेपाली कांग्रेस बेनी नगरपालिका–१ वडा समितिले सम्झेको छ । बोगटीको २८ औं स्मृतिको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा एक कार्यक्रमको आयोजना गरेर वडा समितिले संस्थापक सभापतिलाई सम्झेको हो । संस्थापक सभापतिको स्मृती कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारीले मुलुककै जेठो पार्टीको जिल्लामा स्थापना गरेर उहाँले अतुलनिय योगदान दिएको बताउनुभयो । नेपाली कांग्रेसको पुरानो इतिहासका साक्षी रहनुभएका बोगटीको योगदानको जिल्ला कार्यसमितिले उचित मुल्याङ्कन गर्ने उहाँको भनाई थियो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नेत्रबहादुर महतले कांग्रेसलाई म्याग्दीमा स्थापना गरेर अगाडी बढाउन योगदान दिएका बोगटी सबैको लागि आदर्शको पात्र भएको बताउनुभयो । उहाँले बोगटीले म्याग्दीमा कांग्रेसको…

Read More

गायक तथा सङ्गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । मधुमेह रोगबाट पीडित वैद्यको बिहीबार राति १२ः३० बजे काठमाडौँको न्युरो जनरल अस्पताल, गणवहाल सुनधारामा निधन भएको परिवार स्रोत जनाएको छ । उहाँ ‘सपना भुलाइ सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू गाउनु भएको थियो । आज (शुक्रवार) पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । गोरखापत्र अनलाइनबाट साभार

Read More

नेपाल कम्युनिष्ट पार्टी(एकिकृत माक्र्सवादी लेनिनबादी) म्याग्दीको १० औं जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा अगाडी बढाएको एमाले म्याग्दीले जनाएको छ । पार्टी केन्द्रको मापदण्ड र अन्य पार्टी बिधान नीति तथा निर्देशन अनुसार नै अधिवेशन हुने एमाले अध्यक्ष देवेन्द्रबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो–‘४०६ जना प्रतिनिधि चयन हुने छन र त्यसको ५ प्रतिशत थप मनोनित गर्न सकिन्छ ।’ अहिले प्रतिनिधि छनौटको काम अन्तिम चरणमा पुगेको छ, प्रमुख अतिथि तथा अतिथिहरुलाइ पत्राचार गर्ने काम पनि भएको छ । एमालेका केन्द्रीय कमिटीका महासचिव शंकर पोखरले प्रमुख अतिथिको रुपमा जिल्ला अधिवेशनको उद्घाटनका लागि म्याग्दी आउने तय भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । यही माघ १२…

Read More

हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा हिमाली हिउँदे फलफुलको बगैचा व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा बिहीबार शुरु भएको तालिम तीन दिन सम्म चल्ने छ । हिउँदे फलफूलको वगैचा व्यवस्थापनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै अगुवा कृषकहरु तालिमका लागि आएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फका निमित्त प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । माघ ६ सम्म सञ्चालन हुने तालिममा गोरखाबाट १ जना, रोल्पाका २, मनाङका ३, म्याग्दीका ३, बागलुङका ४ र मुस्ताङका ६ जना गरी कुल १९ जना अगुवा कृषकको सहभागिता रहेको छ । तालिममा हिउँदे फलफूलहरुको बगैचा व्यवस्थापन सम्बन्धी प्रयोगात्मक रुपमै तालिम हुने…

Read More

नेकपा एमाले म्याग्दीको यही माघ १२ र १३ गते बेनीमा हुने १० औं जिल्ला अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने भएका छन् । दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाइ परास्त गरौ, जबजको मार्गदर्शनमा समाजवादकाे आधार निर्माण गरौं भन्ने मुल नाराका साथ आयोजना गरिएको नेकपा एमाले म्याग्दीको अधिवेशन उद्घाटनकालागि महासचिव म्याग्दी आउने नेकपा एमाले म्याग्दीले जनाएको छ । अधिवेशनको तयारी तिब्र रुपमा अगाडी बढाएको एमाले म्याग्दीले जनवर्गिय संगठन तथा विभिन्न क्लस्टरबाट प्रतिनिधि छनौटको काम पनि तिब्रताका साथ अगाडी बढेको जनाइएको छ । एमाले म्याग्दीका अनुसार ४५ वटै वडाबाट प्रतिनिधि छनौट शुरु भै सकेको र १/२ दिनमा प्रतिनिधि छनौट सकिने एमाले उपाध्यक्ष…

Read More

बुद्धिबहादुर विकले पुख्र्यौली आरनको पेसा अँगालेर परिवार पाल्नुका साथै चार जनालाई रोजगारी दिनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीका उहाँले बेनीमा आरन सञ्चालन गर्दै आउनुभएको छ । चिसो सिरेटोमा कालीगण्डकी नदी किनारमा रहेको बुद्धिको आरनमा बिहानैदेखि तामा, फलाम तथा सिल्टेका भाँडा बर्तनलाई आकार दिन ह्याम्बरले कुट्दा आउने ट्वाङट्वाङको आवाज मिठो सङ्गीतको धुनजस्तै सुनिन्छ । म्याग्दी र पर्वत जोड्ने कालीगण्डकी नदीको पुल तर्नासाथ सडकभन्दा अलिक माथि भित्तामा भएको सानो छाप्रोमा बुद्धिसँगै उहाँकी श्रीमती दिलकुमारीले पनि तामाका गाग्रीलाई आकार दिने काम गर्नुहुन्छ । उहाँहरू श्रीमान् श्रीमतीसँगै थप दुई जनाले रोजगारी पाएका छन् । कामको चाप र काम गर्ने सम्बन्धित व्यक्तिको क्षमताका आधारमा सात÷आठ सय रुपियाँ दैनिक ज्यालादारीमा…

Read More