अमृत बास्कुने
म्याग्दीको बेनीमा यही माघ १६ बाट सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको तयारी तिब्र रुपमा अगाडी बढाइएको छ ।
म्याग्दीको बेनी संगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामीलीले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको आयोजनाका लागि तयारी तिब्र रुपमा अगाडी बढाएको आयोजकले जनाएको छ । बिकु फ्यामिलिका अध्यक्ष सफल बुढाथोकीका अनुसार माघ १६ देखि २० सम्म बेनी बजारको खुल्लामञ्चमा हुने प्रतियोगिता ७ ए साइड हुने छ । प्रतियोगिताका लागि पत्राचार देखि लिएर मैदानको तयारीका कामहरु भै रहेको छ ।
प्रतियोगिताको पहिलो हुनेले एक लाख ४० हजार पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुनेले ७७ हजार सात सय ७७ रुपियाँ पुरस्कार प्राप्त गर्ने छ । तेश्रो स्थान हासिल गर्ने टोलीले २२ हजार दुई सय २२ रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा फेयर प्ले अवार्ड सहित नगद आठ हजार आठ सय ८८ रुपियाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्सलाई नगद चार हजार चार सय ४४ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने बिुक फ्यामिलिका खेल संयोजक पुरन छन्त्यालले जानकारी दिनुभयो ।
माघ १६ देखि २० गते सम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा विदेशी खेलाडीलाई समेत सहभागिता गराउन पाइने बिकु फ्यामिलिका सल्लाहकार आशिष भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको अवसरमा म्याग्दीका पुराना फुटबल खेलाडी दोरण शेरचनलाई सम्मान गर्नुका साथै जिल्लाबाट खेल्दै राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागि भएका खेलाडीहरुको पहिचान सहित उचित सम्मान गरिने छ । दोरण शेरचनले जाउलाखेल युथ क्लबबाट व्यवसायीक रुपमा ‘ए’ डिभिजन लिग फुटबल खेल्नु हुन्थ्यो ।
खेलकुदका प्रतियोगिताहरु त भै रहेकै हुन्छन् तर फरक पनि हुनु पर्छ भनेर म्याग्दीका खेलाडीहरुले विदेशी खेलाडीहरु सँग पनि खेलको अनुभव गरुन र केही नयाँ ट्रिक सिकुन भनेरै अहिलेको प्रतियोगितामा विदेशीलाइ पनि सहभागी हुने अवसर दिएका हौं–सल्लाहकार भुजेलले भन्नुभयो । एउटा टिमले बढीमा तीन जना सम्म विदेशी खेलाडीलाइ मैदानमा उतार्न सक्ने उहाँको भनाई छ ।
म्याग्दीकै सर्वाधिक पुरस्कार राशीको फुटबल हुँदै
Previous Articleराष्ट्रिय परिचयपत्रको फारम प्रशासनबाटै निःशुल्क भर्न मिल्ने
Next Article वडामै योजना सम्झौता हुँदा समय र खर्च बचत