राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न सर्वसाधारणलाई समस्या भएको भन्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले निःशुल्क रुपमा अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको छ । नागरिकको सेवालाई पहिलो प्राथमिकता राख्दै अगाडी बढ्ने हेतुले जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम प्रशासनमै निःशुल्क भर्ने व्यवस्थालाई सहज बनाएको हो ।
बेनी नगरपालिका ३ गौश्वराकी सपना केसीले जिल्ला प्रशासन कार्याल्यबाट निःशुल्क रुपमा पहिलो पटक राष्ट्रिय परिचयपत्रको फारम भर्नु भएको छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खादा लगाएर राष्ट्रिय परिचयपत्रको निस्सा हस्तान्तरण गर्नुभएको थियो । कार्यालयबाट नै सेवा सुरु भएपछि अबदेखि सेवाग्राहीले आफै भर्न सके आफै भरेर आउने र यदी भर्न नसकेको खण्डमा जिल्ला प्रशासनबाटै अनलाइन फारम भर्ने व्यवस्था गरेपछि अन्यत्र पुगेर अनलाइन फाराम भर्नुपर्ने बाध्यता हटेको उहाँले प्रजिअ ढकालले बताउनुभयो ।
प्रजिअ ढकालले भन्नुभयो, ‘हामीले प्रशासनबाट नै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क रुपमा भर्ने व्यवस्था मिलाएका छौं, यसअघि आफैं वा पसलमा शुल्क तिरेर फाराम भर्नुपर्ने बाध्यता थियो त्यसलाई हामीले आजबाट हटाइदिएका छौं ।’
जापानबाट बिदा मनाउनका लागि नेपाल आएको समयमा राहदानी नविकरण गर्नु पर्ने थियो । राहदानी नविकरणपूर्व राष्ट्रिय परिचयपत्र चाहिदो रहेछ त्यसका लागि यहीबाटै सेवा लिन पाउँदा खुशी लाग्यो सपना केसीले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दैनिक २०–३० जना सम्म राष्ट्रिय परिचयपत्र बनाउनका लागि आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताउनुभयो ।
Previous Articleकांग्रेस म्याग्दीका संस्थापक सभापति ओम बोगटीको स्मृती
Next Article म्याग्दीकै सर्वाधिक पुरस्कार राशीको फुटबल हुँदै