नेकपा एमाले म्याग्दीको यही माघ १२ र १३ गते बेनीमा हुने १० औं जिल्ला अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने भएका छन् ।
दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाइ परास्त गरौ, जबजको मार्गदर्शनमा समाजवादकाे आधार निर्माण गरौं भन्ने मुल नाराका साथ आयोजना गरिएको नेकपा एमाले म्याग्दीको अधिवेशन उद्घाटनकालागि महासचिव म्याग्दी आउने नेकपा एमाले म्याग्दीले जनाएको छ । अधिवेशनको तयारी तिब्र रुपमा अगाडी बढाएको एमाले म्याग्दीले जनवर्गिय संगठन तथा विभिन्न क्लस्टरबाट प्रतिनिधि छनौटको काम पनि तिब्रताका साथ अगाडी बढेको जनाइएको छ । एमाले म्याग्दीका अनुसार ४५ वटै वडाबाट प्रतिनिधि छनौट शुरु भै सकेको र १/२ दिनमा प्रतिनिधि छनौट सकिने एमाले उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयाे ।
नेकपा एमाले जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।