अमृत बास्कुने अहिले विश्वमा खेलकुदका महाकुम्भहरु चलेका छन् भन्दा फरक नपर्ला । क्रिकेट विश्वकप, फुटबलको दक्षिण अमेरिका क्षेत्रमा सञ्चालन हुने कोपा अमेरिका र युरोपका देशहरुको युरो कपको गर्मिले सबैलाई छोएको छ । यस्तो अवस्थामा सबै खेलको लागि उतिनै उर्जा चाहिन्छ र अभ्यासका साथै अन्य पूर्वाधारहरु पनि चाहिन्छ । खेलकुद क्षेत्रमा सक्रिय हुनेहरुका लागि सबै भन्दा महत्वपूर्ण खेल भनेको ओलम्पीक हो । ओलम्पीकमा सहभागि हुने अन्य क्षोत्रका खेलकुदका प्रतिभाहरुको चाहना हुन्छ भने क्रिकेट र फुटबलको लागि भने आफ्नो छुट्टै विश्वकपलाई नै प्राथमिकतामा राखेका हुन्छन् । अहिले ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकप चल्दै गर्दा अमेरिका र युरोपमा क्षेत्रीय स्तरका प्रतियोगिता पनि सञ्चालन भै…
Author: Amrit Baskune
असार १५ अर्थात् २१ औं राष्ट्रिय धान दिवस-२०८१ तथा रोपाइँ महोत्सवको अवसरमा नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले किसानको खेतमा गएर सामुहिक धान रोपाई गरेको छ । असार १५ गते अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर शनिबार पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ सिम्कुनामा नेकपा एमालेकाे अगुवाइमा एमाले नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले एक बृद्ध किसानको खेतमा धान रोपाइ गरेका हुन् । जनशक्तिको अभावका कारण रोपाइ गर्न अन्यौलको अवस्थामा पुग्नु भएका ७० बर्षिय कृषक खड्क बहादुर रोकाको खेतमा एमालेले धान रोपेको हो । रोकाको करिव १० मूरी धान फल्ने खेतमा रोपाइ गरिएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले बताउनुभयो । ‘कृषकको खेतमै पुगेर रोपाइमा सहभागी भएका…
अमृत बस्कुने नेकपा एमालेको मार्गदर्शक सिद्धान्तका प्रतिपादक जननेता मदनकुमार भण्डारीको ७३ औं मदन जयन्तीको अवसर पारेर नेकपा एमाले म्याग्दीले विविध कार्यक्रमको आयोजना गरेको छ । एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन(अनेरास्ववियु)ले बेनी अस्पताल परिषरमा सरसफाइ गरेको छ । त्यस्तै अनेरास्ववियुले मंगला गाउँपालिका–२ बाबियाचौर क्षेत्रमा विभिन्न प्रजातिका दुई सय भन्दा धेरै रुख रोपेको अनेरास्ववियु म्याग्दीका अध्यक्ष मिलन खत्रीले जानकारी दिनुभयो । बाबियाचौरमा भएको बृक्षारोपणमा नेकपा एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोका, अखिल नेपाल महिला संघकी अध्यक्ष यसुदा रोका लागायतको उपस्थिति रहेको मंगला बहुमुखी क्याम्पसका स्ववियु सभापति भिममायाँ रोकाले जानकारी दिनुभयो । त्यस्तै अनेमसंघ म्याग्दीले जननेता मदन भण्डारीको ७३ औं जन्मदिन…
चुपचाप बसेर राष्ट्रियता फुल्दैन आवाज उठाउन सक्नुपर्छ देशलाई छातीमा बोकेर माटोको ऋण चुकाउन सक्नुपर्छ । तारीफ सुनेर नथाक्नेहरु लाग्छ तिमी स्वर्गबाट झरेका हौ मान्छेमा नै त हुन्छ कमजोरी आफै सच्याउन सक्नुपर्छ । रातो हुन्छ रगतको रंग सबको भन्छौ रे नि त तिमीहरुनै कालो रगत कस्को छ पहिला यहाँ देखाउन सक्नुपर्छ । माटोको श्राप लाग्छ अझैपनि धनको मोहमा फस्यौ भने डटेर भएपनि अब मातृभूमि नेपाल जोगाउन सक्नुपर्छ ।
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु म्याग्दीले जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा मंगला गाउँपालिका-२, मा बृक्षारोपण गरेको छ । ‘रुख रोपौ वातावरण संरक्षण गरौ’ भन्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, अखिल नेपाल महिला संगठनकी अध्यक्ष यसुदा रोकाको उपस्थिीतिमा विभिन्न प्रजातिका १ सय बिरुवा लगाइएको अखिलका सचिव खुम किसानले जानकारी दिए । बावियाचौर भर्जुला जोड्ने सडकखण्ड अन्तरगत आसपासका क्षेत्रमा बृक्षारोपण गरिएको उनले बताए । उक्त कार्यक्रममा अखिल म्याग्दीका अध्यक्ष मिलन खत्री, स्वतन्त्र विद्यार्थी यूनियन मंगला शिक्षा क्याम्पसकी स्ववियू सभापति भिममायाँ रोका लगायतको उपस्थिती रहेको थियो । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर नेकपा एमाले म्याग्दीले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।…
मंगला गाउँपालिका–२ ¥यालेखोरमा सोलार बत्तीको प्रयोग गरेर गाउँको पुछारमा भएको मुलको पानी संकलन गरेर गाउँको सिरान सम्म पानी तानेर गाउँभरीका सर्वसाधारणलाई स्वच्छ पिउने पानी वितरण गरिएको छ । ¥यालेखोर खुम्लिया खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत सोलार बत्तीको प्रयोगबाट एक सय ९० मिटर उचाइ सम्म पानी पुगाउनका लागि लिफ्टीङ बद्धतिबाट पानी तानेर गाउँमा बितरण गरीएको छ । गाउँका एक सय छ घर दुई वटा स्कुल गरी कुल आठ सय ३० जनसंख्याले पिउने पानीको सुविधा पाएका छन् । १९० मिटर सिधा उचाइ सम्म पानी पुगाउनका लागि ३०० मिटर पाइपको प्रयोगगरेर विद्युतीय मोटरको सहायताबाट पानी गाउँमा बितरण गर्न उचाइमा पुगाइएको छ । एक…
फूल, अबिर र माला भिराएर सिन्दुरे जात्रा गरेर पिडहरुको स्वागतमा फैलिएका हातहरुलाई प्रश्न छ ? खै ! तिम्रो चेतनाको स्तर ? पुरुषबादी सोच हावी भएको समाज न, नारीको बेदना बुझ्छ न, चेतनाको द्वार खोल्छ । जब खस्किदै जान्छ चेतनाको स्तर तब उल्टो दिशातिर समाज बहन थाल्छ । मस्तिष्कमा हावी भएका राक्षसी विचारहरुको आधिपत्यले धावा बोलेका सत्यहरुमाथि असत्यहरु यसरीनै विजय प्राप्त गर्दै जान्छन् । चिच्याइ – चिच्याइ असत्यको वकालत गर्नेहरु शायद आफ्नै छातीमा हात राख्न बिर्सछन् र जुट्छन यस्तो समाजको निर्माणमा जहाँ, मान्छे होइन मान्छे जस्ता आकृतिहरु आफ्नो अस्तित्व चुलाउनतिर लागिपरेका छन् । जुन अस्तित्वले एकदिन सखाप पार्नेछ आफैलाई अस्तित्व प्रदान…
अमृत बास्कुने पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुममा सञ्चालित खानेपानी, सडक र स्वास्थ्य चौकी निर्माण योजनाहरुको जिल्ला समन्वय समिति म्याग्दीको अगुवाइमा अनुगमन भएको छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको नेतृत्वमा गएको टोलीले मालिका गाउँपालिका रुम क्षेत्रमा सञ्चालीत योजनाहरुको अनुगमन गरेको थियो । थापा नेतृत्वको टोलीले विलबाङ खानेपानी तथा सरसफाइ आयोजना, ठूलो रुम खानेपानी तथा सरसफाइ आयोजना, अधिवरा टाक्से रुम खबाङ ताराखोला सडक स्तरोन्नती, कलात भनारी खानेपानी तथा सरसफाइ आयोजना र रुम स्वास्थ्य चौकीको अनुगमन गरेको थियो । रुमका झण्डै तीन सय घरधुरीका लागि खानेपानी वितरण गर्ने आयोजनाहरुको निरीक्षण गर्नुका साथै भएको कामको गुणस्तर समेत हेरीएको जिसस प्रमुख थापाको…
प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । बिहीबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठनका लागि आयोजित अभिभावकहरुको भेलाबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो । अभिभावकहरुको भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सृजना श्रेष्ठ, भगवती शर्मा, शान्ति शर्मा पौडेल, श्रीप्रसाद आचार्य, भूपेन्द्र बुढाथोकी, पदेन सदस्यमा बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, शिक्षक प्रतिनिधिमा जयराम सुवेदी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमाल चयन हुनुभएको विद्यालयले जनाएको छ । यसैगरी अभिभावकहरुको भेलाबाट लिलाराम गौतमको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन भएको छ । संघको सदस्यहरुमा…
चितवनको भरतपुर महानगरपालिका–१ बागेश्वरी देवघाट स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गाईलाई खुवाउन चोकरको अभाव भएको छ । गाईलाई खुवाउने चोकर, ढुटो तथा पराल खरिदल गर्न आफ्नै श्रोत नहुँदा दाताको भरमा चोकर खरिद गरिँदै आएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले बताए । भरतपुर महानगरपालिका–१ मा रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित उक्त गौ संरक्षण केन्द्रमा रहेका गाईको संरक्षण दाताको भरमा हुँदै आएको छ । उक्त गौ संरक्षण केन्द्रमा हाल २२५ जति रैथाने जातका वैद्धिक गाईहरू संरक्षित रहेको ढकालले बताए । उक्त गाईलाई खुवाउन कम्तीमा दैनिक तिन बोरा चोकर चाहिने ढकालले बताए । यहाँ रहेका…