अमृत बस्कुने
नेकपा एमालेको मार्गदर्शक सिद्धान्तका प्रतिपादक जननेता मदनकुमार भण्डारीको ७३ औं मदन जयन्तीको अवसर पारेर नेकपा एमाले म्याग्दीले विविध कार्यक्रमको आयोजना गरेको छ ।
एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन(अनेरास्ववियु)ले बेनी अस्पताल परिषरमा सरसफाइ गरेको छ । त्यस्तै अनेरास्ववियुले मंगला गाउँपालिका–२ बाबियाचौर क्षेत्रमा विभिन्न प्रजातिका दुई सय भन्दा धेरै रुख रोपेको अनेरास्ववियु म्याग्दीका अध्यक्ष मिलन खत्रीले जानकारी दिनुभयो । बाबियाचौरमा भएको बृक्षारोपणमा नेकपा एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोका, अखिल नेपाल महिला संघकी अध्यक्ष यसुदा रोका लागायतको उपस्थिति रहेको मंगला बहुमुखी क्याम्पसका स्ववियु सभापति भिममायाँ रोकाले जानकारी दिनुभयो ।
त्यस्तै अनेमसंघ म्याग्दीले जननेता मदन भण्डारीको ७३ औं जन्मदिन अर्थात् असार १४ को अवसरमा बेनी–लभ्लीहिल पदमार्ग सरसफाइ गरेको छ । सरसफाइमा अनेमसंघ जिल्ला कमिटिका अध्यक्ष यसुदा रोका सहित केन्द्रीय कमिटीकी सचिव नरदेवी पुन लगायतको सहभागिता रहेको थियो ।
मुल कार्यक्रम अन्तरगत नेकपा एमाले म्याग्दीले मदन भण्डारीको जन्मदिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका छ । बक्तृत्वकला प्रतियोगितामा बेनी सामुदायिक माध्यमिक विद्यालयका अभिशेक पौडेल प्रथम, गलेश्वर आदर्श माध्यमिक विद्यालयका दिपिका पुरी दोश्रो, प्रकाश माध्यमिक विद्यालयका सुचना पुन तेश्रो र लिटिल गार्डेन एकेडेमीका दिक्षा पौडेलले सान्त्वना स्थान हासिल गरेको नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । आठ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा जनताको बहुदलिय जनबाद र मदन भण्डारी विषयमा विद्यार्थीले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए ।