Author: Amrit Baskune

बेनी–दरबाङ सडक खण्ड अन्तरगत बाबियाचौर–दरबाङ खण्डमा काम गरेका मजदुरले पारिश्रमिक माग्दा ठेकेदारले धम्की दिएका छन् । २ वर्ष पहिला काम गरेका पारिश्रमिक माग्दा ठेकेदारले धम्की दिएको भन्दै मजदुरहरुले आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएका छन् । ठेकेदार चौरजहारी नगरपालिका–८, रुकुमका ३५ वर्षिय तुलाराम सार्कीले मजदुर खटाएर काम गरेको २१ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तान नगरेको मजदुरहरुले जनाएका छन् । क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरि २०७९ मंसिर १५ गतेदेखि २०७९ चैत मसान्त सम्म काम गरेका मजदुरहरुको रकम कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक चन्द्रप्रकाश थकालीले उपलब्ध नगराएको र रकम माग्दा उल्टै धम्की दिएको मजदुरहरुले जारी गरेको ज्ञापनपत्रमा उल्लेख छ । क्युपेक नेपालका अध्यक्ष…

Read More

पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा (निम्स)का लागि बिहीबार म्याग्दीको बेनीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई स्वागत तथा सम्मान कार्यक्रममार्फत नागरिक अभिनन्दन गरिएको हो । मूल समारोह समितिको आयोजना र बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा, मंगला, मालिका, धवलागिरि गाउँपालिका, म्याग्दी उद्योग वाणिज्य संघ तथा मिलन म्याग्दीको सहयोगमा पर्वतारोही पूर्जालाई नागरिक अभिनन्दन गरिएको समितिले जनाएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरु, विभिन्न संघसंस्था, विद्यालय, निजी क्षेत्र, नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीसहित विभिन्न क्षेत्रबाट पूर्जालाई…

Read More

हिमालपारीको जिल्ला मुस्ताङका स्थानीय तथा मुस्ताङ भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधालाइ ध्यानमा राखेर एसी तथा लक्जरीयस सुविधासहितको रात्रिकालिन बस सञ्चालन भएको छ । मुस्ताङ जिल्लाबाट सञ्चालित मुस्ताङ मुक्तिनाथ  सेवा प्रा.लि.ले बिहिबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकहरुका लागि आरामदायी यात्रा उपलब्ध गराउनका खातिर वस सेवाको औपचारीक उद्घाटन गरेको हो ।सर्वसाधारणकालागि आरामदायी सेवा उपलब्ध गराउनका लागि थप सुविधा जोड्दै मुस्ताङको मुक्तिनाथदेखि काठमान्डौं सम्मका लागि रात्रिबस सञ्चालन गर्दा लक्जरी एसी सहितको सिवधायुक्त बस सञ्चालनमा ल्याएको हो । बेनी जोमसोम ट्रयाक पुरा खुली नसक्दै २०६३ साल तिरबाटै हेलिकोप्टरबाट जीप ढुवानी गरेर मुस्ताङका यात्रुलाइ सेवा दिन थालेको मुस्ताङ जीप व्यवसायी समितिले…

Read More

अमृत बास्कुने बेनी नगरपालिका ८ बेनी बजारमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलन सम्बन्धी अभियोगमा बेनी नगरपालिका १ का ३६ वर्षिय राजकुमार थापासहित पाँच जनालाई जिल्ला अदालत म्याग्दीले पुर्पक्षका लागि कारागार पठाएको छ । त्यस्तै फरार रहेका सहकारीका अध्यक्ष यामबहादुर रोका सहित १९ जनालाई गिरफ्तार गरी अदालत बुझाउन आदेश गरेको छ । म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । १८ गते आइतबार देखि शुरु भएको बयान तथा २२ गते बुधबार सम्म भएको थुनछेक बहसपछि कुमारी सहकारीका पूर्व उपाध्यक्ष थापा, पूर्वअध्यक्ष रघुगंगा गाउँपालिका ५ झिँका ६७ वर्षिय मनप्रसाद थजाली,…

Read More

ने क पा( एमाले) गण्डकी  प्रदेश कमिटीको चौथो सचिबालय बैठक  मंगलबार  पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले  पार्टीले संचालन गर्न गैरहेको तिना महिने अभियानलाई प्रभाबकारी र उपलब्धीमुलक बनाउने गरेर कार्ययोजना तय गरिने र त्यहि अनुसार सम्पूर्ण पार्टी पंक्ती परिचालित हुनुपर्ने बताउनुभयो । इन्चार्ज गुरुङले  पार्टी सरकारमा रहेको अबस्थामा पार्टीका बिरुद्दमा गरिएका कु-प्रचार र अफवाहहरूको प्रतिकार सहित सबल पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । बैठकले  पार्टीले लगत्तै संचालन गर्न गैरहेको तिन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेबारी बाँडफांड समेत गरेको प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जानकारी दिनुभयो  साथै सो बैठकले  सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न…

Read More

बाबुराम कार्की  वराहक्षेत्र, फागुन २० गते । नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको हो । नेपाल बाट लोप भएको सूचीमा राखिएको झाडीफिस्टो चरा भेटिएसँगै लोप भएको सूचिबाट हटाइएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनु भयो । उहाँका अनुसार खैरो झाडीफिस्टो चरा नेपाल बाटै लोप भएको आशङ्का गरिएको थियो । चितवनको भरतपुर महानगरपालिका स्थित दिव्यनगरको खेतबारीमा चराविद् प्रताप गुरुङले झाडीफिस्टो चराको अभिलेख गर्नु भएको छ । चराविद् गुरुङले गत मङ्सिर २३ गते चरा अवलोकन गर्ने क्रममा दिउँसो १२ बजेर…

Read More

त्रिभवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त म्याग्दी बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । त्रिविबाट सम्बन्धन प्राप्त सामुदायीक प्रयत्नमा संञ्चालित म्याग्दी बहुमुखी क्याम्पस संञ्चालक समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले त्रिविको तालिका अनुसार नै स्ववियु निर्वाचन गराउने सर्वसम्मत निर्णय गरेको हो । त्रिविले आफ्ना आंगिक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन गराउने निर्वाचन तालिका प्रकाशित गरेको छ । क्याम्पस संञ्चालक समितिले स्ववियु निर्वाचन सम्पन्न गर्न सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालको संयोजकत्वमा टिकाराम सापकोटा, नारायण सुवेदी, प्रेम जिसी र तिलकुमारी राना सदस्य रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिले गत विहिवार…

Read More

कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा अध्यक्ष यामबहादुर रोका सहित २५ जना विरुद्ध एक अर्ब १३ करोड रुपियाँ बिगो दावी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा अभियोजन बुझाए संगै आइतबारबाट आरोपितहरु सँग बयान शुरु भएको छ । सहकारी रष्टिार कार्यालय पोखराको चलानी नं. ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा प्रहरीले थालेको अनुसन्धान पछि गत बिहिबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोगपत्र बुझाएको जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा मंगला गाउँपालिका ३ का निर्वाचित वडा अध्यक्ष रोका समेत १९ जना भने हाल सम्म…

Read More

एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको २१ औ अधिवेशनबाट खुमबहादुर किसानको नेतृत्वमा २६ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा सफल खत्री, सचिव दिनेश खत्री, सह सचिव तारा रानामगर, सह सचिव मन्जुर कार्की र कोषाध्यक्षमा बिबेक बानियाँ चयन भएका छन् । अधिवेशनबाट २६ सदस्यीय जिल्ला कमिटी गठन भएको नव निर्वाचित अध्यक्ष खुम किसानले जानकारी दिनुभयो ।

Read More

अमृत बास्कुने अनेरास्ववियुका केन्द्रीय कमिटीका महासचिव नरेश रोकायाले आन्दोलन गर्नका लागि टायर बाल्ने नभएर सिप सहित टायर बनाउन सक्ने विद्यार्थी उत्पादन हुनु पर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) म्याग्दीको २१ औं जिल्ला अधिवेशनमा बोल्दै केन्द्रीय महासचिव रोकायाले उक्त धारणा राख्नु भएको हो । विगतको अभ्यास हेर्दा विद्यार्थीहरु आन्दोलन र बिरोधमा अग्र पंक्तीमा देखिने र टायर बाल्ने खालको भन्ने बुझिने भए पनि अब सृजना गर्न सक्ने सिप युक्त विद्यार्थी हुनु पर्ने उहाँको तर्क थियो । टायर बाल्ने होइन अब टायर बनाउने विद्यार्थीहरु निस्कनु पर्छ । भारतको उडिसामा विद्यार्थीले आत्महत्या गर्ने अवस्था…

Read More