अमृत बास्कुने
बेनी नगरपालिका ८ बेनी बजारमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलन सम्बन्धी अभियोगमा बेनी नगरपालिका १ का ३६ वर्षिय राजकुमार थापासहित पाँच जनालाई जिल्ला अदालत म्याग्दीले पुर्पक्षका लागि कारागार पठाएको छ । त्यस्तै फरार रहेका सहकारीका अध्यक्ष यामबहादुर रोका सहित १९ जनालाई गिरफ्तार गरी अदालत बुझाउन आदेश गरेको छ ।
म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । १८ गते आइतबार देखि शुरु भएको बयान तथा २२ गते बुधबार सम्म भएको थुनछेक बहसपछि कुमारी सहकारीका पूर्व उपाध्यक्ष थापा, पूर्वअध्यक्ष रघुगंगा गाउँपालिका ५ झिँका ६७ वर्षिय मनप्रसाद थजाली, पूर्वप्रबन्धक जलजला गाउँपालिका ३ का ५३ वर्षिय रूद्र बहादुर गुरुङ, सञ्चालक समितिका सचिव बेनी नगरपालिका १ का ४९ वर्षिया देवी थापा र लेखा समितिका पूर्वसदस्य बेनी नगरपालिका ४ का ३७ वर्षिय लोकेस भन्ने लोकबहादुर पुनलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सहकारी रष्टिार कार्यालय पोखराको पत्र अनुसार गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले फागुन ७ गते थप १ जनालाई गिरफ्तार गरेको थियो । प्रहरीले सर्वसाधारण बचतकर्तालाई आह्वान गरेको निवेदन अनुसार ६३६ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । सहकारी रजिष्टार कार्यालयको शुझाब तथा सर्वसाधारण बचतकर्ताको निवेदन अनुसार कुल एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपियाँ विगो दावी गर्दै सरकारी वकिल कार्यालय म्याग्दीले गत माघ १५ गते जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको थियो ।
गिरफ्तार गरीएका मध्ये सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजा बिरामी भएर उपचाररत रहेकोले निको भएपछि अदालतमा हाजिर गराउन जिल्ला अदालत म्याग्दीले आदेश गरेको श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयले गिरफ्तार भएका ६ सहित २५ जना बिरुद्ध अदालतमा अभियोजन दर्ता गरेको थियो । फरार १९ जना जनालाई पक्राउ पुर्जी जारी गरी पक्राउ भई आएमा वा म्याद नाघेपछि नियम अनुसार पेश गर्न आदालतले आदेश दिएको छ । हाल जिल्ला प्रहरी कार्यालयले शिल गरेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयलाई सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको श्रेस्तेदार रेग्मीले बताउनुभयो ।
मंगला गाउँपालिका ३ का निर्वाचित वडा अध्यक्ष समेत रहनुभएको सहकारीका अध्यक्ष यामबहादुर रोका सहित १९ जना फरार रहेको प्रहरीले जनाएको छ । उहाँले वडा अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई कार्यवाहक दिएर गएको माघ २० गते देखि सम्पर्क विहिन हुनुभएको मंगला गाउँपालिकाले जनाएको छ ।
सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दर्ता गरेको थियो ।
कुमारी सहकारी बचत अपचलन आरोपित पाँच जना पूर्पक्षका लागि जेल चलfन, अध्यक्ष याम बहादुर रोका सहित १९ जनालाई पक्राउ गरि अदालत पेश गर्न आदेश
Previous Articleपार्टीको तिन महिने अभियान प्रभाबकारी बनाउने,सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय
Next Article उच्च गुणस्तरीय सेवाका लागि एसीबस(फोटो फिचर)