एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको २१ औ अधिवेशनबाट खुमबहादुर किसानको नेतृत्वमा २६ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सफल खत्री, सचिव दिनेश खत्री, सह सचिव तारा रानामगर, सह सचिव मन्जुर कार्की र कोषाध्यक्षमा बिबेक बानियाँ चयन भएका छन् । अधिवेशनबाट २६ सदस्यीय जिल्ला कमिटी गठन भएको नव निर्वाचित अध्यक्ष खुम किसानले जानकारी दिनुभयो ।