Author: Amrit Baskune

मंगला गाउँपालिकाको कैशालफाँटमा शनिबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालयले ११ स्वर्ण, ६ रजत, ४ काँस्य सहित २१ पदकका साथ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जितेको छ । मंगला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्दा ५ स्वर्ण, ७ रजत र ३ कास्य गरी १५ पदक सहित मंगला माध्यमिक विद्यालय बाबियाचौरले दोश्रो स्थान हासिल गरेको छ । त्यसैगरी ४ स्वर्ण, ३ रजत ५ गरी १२ पदक सहित दिपशिखा माध्यमिक विद्यालय कुँहुले तेश्रो स्थान हासिल गरेको मंगला गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ काअध्यक्ष एकजित रोकाले जानकारी दिनुभयो । मंगला गाउँपालिका…

Read More

अमृत बास्कुने शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिका ७ मा रहेको प्रकाश माध्यमिक विद्यालयले हात पारेको छ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सकिएको उक्त प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयले यो सहित लगातार तीन पटकको उपाधि उचाले पछि रनिङ शिल्ड पनि सँधैका लागि आफ्नो बनाएको छ । लगातार तीन पटक उपाधि जिते संगै शिल्ड पनि पच बनाएको अर्थात् आफ्नो बनाएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका —२०७० पाँचौं संसोधनले गरेको व्यवस्था अनुरुप शिल्ड आफ्नो बनाएको हो । निर्देशिकाको दफा १५ को उपदफा १…

Read More

स्याउ देखेपछि अनुहारै हँसिलो । मुखै रसिलो हुने रहेछ । त्यसमाथि मुस्ताङको स्वादिष्ट स्याउ ! स्याउका बगैँचामै बसेर स्याउ हेर्नु र बोटबाटै स्याउ टिपेर चाख्नुको स्वाद कति मिठो ! लाग्छ संसारमा केही यस्ता अनुभव हुन्छन्, जसले सम्झेर मात्र पनि जिब्रो रसाउँछ । त्यस्तै एउटा अनुभव मुस्ताङ यात्रा र मुस्ताङको स्याउको ।  त्यो स्वाद मात्र होइन, त्यो ठाउँ, त्यो माटो, अनि त्यो हिमाली हावाको सुगन्धसँगै जोडिएको एउटा मिठो कथा हो । जीवनलाई रसिलो बनाउने र ऊर्जावान् बनाइराख्ने माध्यम पनि हो मुस्ताङको मुखै रसाउने स्याउ । आँतै हरहर पार्ने स्याउ । स्याउ खानुको फाइदा कति कति ! स्याउ खानुको स्वादमा पाइने मिठास…

Read More

अमृत बास्कुने  हिमाली जिल्ला म्याग्दीको सुन्तला पकेट क्षेत्रका रुपमा रहेका बेनी नगरपालिका –३ र ४ मा बिक्री गर्ने समय हुन लागेको सुन्तला झर्दा किसान चिन्तित भएका छन् । बेनी नगरपालिका –४ बास्कुनाका कृषकहरुको बगानका सुन्तला आफैँ झर्न थालेपछि उनीहरुलाई चिन्ता परेको हो । सु्न्तला झरेर सकिने होकि भनेर चिन्ता थपिएको कृषकको भनाइ छ । अवको एक महिनाभित्र बेचेर सकिने सुन्तला झर्दा निकै चिन्ता थपेको छ, ‘कृषक सन्दीप खत्रीले बताउनुभयो । बास्कुना क्षेत्रको ठुलो बगान रहेका खत्रीले भन्नुभयो–‘सुन्तला झर्न थालेपछि कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा तथा गण्डकी प्रदेशबाट समेत प्राबिधिक बोलाएर नमुना सङ्कलन गरेर लगेको भए पनि झर्नुको कारण…

Read More

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक दैनिक दैनिक रुपमा मर्मत गरिने भएको छ । निर्माणधिन बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि भन्दै आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म दैनिक ६ घण्टा पूर्ण रुपमा सवारी आवागमनमा समेत विकल्प खोजेर मर्मत गरिने भएको हो । पर्वतका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलको अध्यक्षतामा पर्वत र म्याग्दीका सम्वन्धित स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि एवं सरोकारवाला निकाय सम्मिलित आइतबार पर्वतको कुश्मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । ‘रोकिएको कामलाई गति दिन हामीले सम्बन्धित निकायलाई समेत निरन्तर निर्देशन दिइरहेका छौ, सडक बन्द मात्रै होइन…

Read More

अमृता पौडेल पैसासँगको सम्झौतालाई स्विकार्न बाध्य म, सोच्दै होलाउ पैसाले के किन्दैन भनेर ? तर महोदय, किन्यौ होला मेरो शरीर ? आत्मा किन्न सक्यौ र ? किन्यौ होला भोगका केही पल ? जिन्दगी किन्न सक्यौ र ? मैले बेचेका, भोगका केही पल किनेर आफूलाई शान्त पार्नेहरु, पल–पल म अशान्त रहेको कसले देख्यो र ? म बिक्रेता भएँ मेरो बाध्यताको, तिमी क्रेता भयौ तिम्रो रहरको, तर म चरित्रहीन कहलिएँ ! तिमी आदर्श पुरुष कहलियौ यही समाजको ! Amrita Paudel Sufee Zen (बौद्धिक अराजक केटी)

Read More

बेनी नगरपालिका–९ नेप्टेचौर पुग्नका लागि स्थानीय बासिन्दाले बेनीदेखि पोखरा पुग्ने जति भाडा तिर्नु पर्ने गरेको गुनासो गरेका छन् । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिक अवधिमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी आयोजनारेको सार्वजनिक सुनुवाईमा सर्वसाधारणले उक्त गुनासो राखेका हुन् । बेनी नगरपालिका–९ नेप्टेचौरका स्थानीय युवा राजु परियारले नेप्टेचौर देखि बेनी पुग्नु र बेनी देखि पोखरा पुग्नुको गाडी भाडा उस्तै उस्तै भएको भन्नु भएको थियो । बेनी नगरपालिका–९ नेप्टेचौरमा बेनी नगरपालिकाले प्रथम चौमासिकको सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धी आयोजना गरेको सार्वजनिक सुनुवाइमा विचार राख्ने अधिकांश सर्वसाधारणले सडकमा भाडादर समायोजन नहुँदा समस्या भएको गुनासो राखेका थिए…

Read More

अमृत बास्कुने हिमालपारीको जिल्ला मुस्ताङको कोरला हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुख्य कोरलानाका खुलेको वर्ष दिन पुगेको उपलक्षमा चिनिया पक्षले वार्षिकोत्सव मनाएको छ । नाका शुरु भएको दिनको खुसीयाली मनाउन औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल–चीन नाका खुलेको प्रथम वार्षिकोत्सवको उपलक्षमा चीन पक्षले कोरलानाको आफ्नो भूमिमा खुसीयाली स्वरुप औपचारीक कार्यक्रम आयोजना गरेको थियो । विगतको वर्षहरुमा पनि नाका खुल्ने र बन्द हुने गर्दै आएको भए पनि नाकामा संरचना निर्माण गरेर २०८० कार्तिक २७ (नोभेम्बर १३) देखि नियमित नाका सञ्चालन हुन थालेको थियो । नाका सञ्चालन भएको एक वर्ष पुगेको उपलक्ष्यमा मुस्ताङ तर्फका गाउँ पालिकाका प्रमुख तथा सुरक्षा…

Read More

म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुका लागि परिवर्तित सन्दर्भमा न्यू मिडिया सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । बुधवार र बिहीबार जिल्लाको पर्यटकीय क्षेत्र टोड्के पुगेर पत्रकारलाई क्षमता विकासमा न्यू मिडियाको भूमिकाबारे तालिम प्रदान गरिएको पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ ।तालिमको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै उहाँले प्रविधिको बढ्दो प्रयोग भैरहेको वर्तमान अवस्थामा पत्रकार आफू पनि परिवर्तन भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षणात्मक मन्तव्यसहित नगर प्रमुख केसीले आफू विगतमा पत्रकारिता क्षेत्रमा…

Read More

 नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको १८ वर्ष भएको छ । नेपाल सन् २००७ मा मलेसियामा भएको एसीसी च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय मैदानमा प्रवेश गरेको थियो । नेपालको सिनियर महिला टोली एसिया कपमाथि जान सकेको छैन । तर, नेपालको यु–१९ महिला टोलीले  संयुक्त अरब इमिरेट्स (युएई) लाई उसैको मैदानमा स्तब्ध बनाउँदै सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको छ । संयोगवश मलेसियाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको नेपाली महिला खेलाडीले मलेसियामै उमेर समूहको विश्वकपमा डेब्यु गर्नेछन् । नेपालको कुनै पनि महिला क्रिकेट टोलीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । यसअघि पुरुषको यु–१९ टोलीले आठ र सिनियर टोलीले दुई…

Read More