अमृता पौडेल
पैसासँगको सम्झौतालाई
स्विकार्न बाध्य म,
सोच्दै होलाउ
पैसाले के किन्दैन भनेर ?
तर महोदय,
किन्यौ होला मेरो शरीर ?
आत्मा किन्न सक्यौ र ?
किन्यौ होला भोगका केही पल ?
जिन्दगी किन्न सक्यौ र ?
मैले बेचेका, भोगका केही पल किनेर
आफूलाई शान्त पार्नेहरु,
पल–पल म अशान्त रहेको
कसले देख्यो र ?
म बिक्रेता भएँ
मेरो बाध्यताको,
तिमी क्रेता भयौ
तिम्रो रहरको,
तर म चरित्रहीन कहलिएँ !
तिमी आदर्श पुरुष कहलियौ
यही समाजको !
Amrita Paudel Sufee Zen
(बौद्धिक अराजक केटी)
Previous Articleभाडादर समायोजन नहुँदा समस्या
Next Article बेनी–मालढुंगा सडक स्तरोन्नती गरिदै