Author: Amrit Baskune

बागलुङ, ३२ साउन – विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले आव्हान गरेको शैक्षिक आमहड्तालका कारण धौलागिरीमा पठन पाठन प्रभावित भएको छ । हड्तालका कारण बागलुङ, पर्वत र म्याग्दी सदरमुकामका बिद्यालयहरुमा पठनपाठन प्रभावित भएको हो । तर ग्रामिण क्षेत्रका अधिकांश बिद्यालयहरुमा भने पठनपाठन निर्वाध रुपमा सञ्चालन भएका थिए । निश्चित क्षेत्र तोकेर हड्ताल आव्हान गरेको हुँदा थप समस्या सिर्जना हुन सक्ने आशंकामा विद्यालयहरुले बिहानी तथा दिवा कक्षा सञ्चालन गरेनन् । बागलुङ सदरमुकामको सिद्धार्थ शिक्षा सदनमा पनि पढाइएको थियो । सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका मोर्डन इण्डियन स्कूल लगायत दर्जन भन्दा बढी शैक्षिक संस्थालाई शिक्षा मन्त्रायले दिएको स्वीकृति खारेज, मेडिकल कलेजहरुमा भइरहेको दलालीकरणको अन्त्य,…

Read More

बागलुङ, ३२ साउन – नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बागलुङको आयोजना र बागलुङ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा संचालन सिलाई कटाई तथा फेसन डिजाइन सम्बन्धि सिप सप्ताह सम्पन्न भएको छ । कपडा तथा सिलाई व्यवसायको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउने उदेश्यले आयोजित सिप सप्ताहमा तीस जनाको सहभागिता रहेको छ । सप्ताहमा सहभागीलाई एडभान्स कोट कटिङ, दौरा सुरवाल सिलाई, बिजनेस पोलिस, फेसन डिजाइन सम्बन्धि जानकारी गराईएको थियो । सप्ताहमा कृष्णबहादुर रणपाल, सुरज खनाल र बेनिशा शाक्यले सहजीकरण गरेको थिए । तालिम समापनमा बोल्दै संघका अध्यक्ष मिनकुमार दर्नालले सप्ताहमा सिकेका कुरालाई व्यवहारमा उतारी उद्यमी बन्न सहभागीलाई आग्रह गरेका थिए । कपडा तथा सिलाई व्यवसायमा भविष्य…

Read More

कृष्णप्रसाद शर्मा देशमा केही पदका लागी मात्रै बिज्ञापन खोल्यो भने लाखौले फर्म भर्छन । प्रत्येक बर्ष कोरिया जानका लागी परिक्षा लिँदा फर्म भर्नेको मारामार देखिन्छ । अमेरिका जानका लागी डि.बी भर्नेहरू शहरमा मात्र होईन अब गाउँ गाउँबाट लाईन लागेर भरेको भेटिन्छ  । गाउँमा अहिले बुढापाका, असक्त र महिला तथा बालबालिकाहरू मात्रै छन् । एउटै गाबिसबाट पन्ध्र सय देखी दुई हजारसम्म युवाहरू प्रदेशिएका थुप्रै गाबिसहरू छन् । त्यहाँका बारीमा अहिले सिरु उम्रेका छन् । अहिले गाउँमा कसैको मृत्यु भयो भने घाटसम्म पु¥याउने मान्छेहरू छैनन् । कि त महिलाहरूले नै बोक्नु पर्छ कि त मलामी जाने कुरेर बिहान प्रण गएको लाशलाई बेलुकासम्म कुरेर लैजानु पर्छ  । यो कथा…

Read More

टि. एन. शर्मा केही दिन पहिले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली राजनीतिमा ट्रोजन हर्स छि¥यो भन्ने अभिव्यक्ति दिए । विषेशतः चार ठूला पार्टीको अन्तरीक सहमतीबाट नेपाली राजनीति आत्मनिर्णयको चरणबाट गुज्रीएको मानिदै आएको अवस्थामा पछिल्लो सरकार परिवर्तनको घटनालाई विजुक्छेले ट्रोजन हर्सको संज्ञा दिए । चर्चीत १६ बुँदे सम्झौता गर्दा कुनै पल्लो देशको राजदुतको उपश्थिति थिएन । त्यसैले यसलाई आत्मनिर्णयको चरण मानियो । जसको फलस्वरुप नयाँ संविधान जारी भयो । नेपालमा यति ठूलो निर्णय र घटनामा कुनै न कुनै देशका राजदुत वा प्रतिनिधि साँछी नबसेको घटना थिएन । त्यसैले छिमेकी मुलुकका विदेश मन्त्रीले आफ्नो सहभागीता र समर्थनमा गरिएको निर्णयबाट प्राप्त संविधानलाई नमान्ने बताएरै होला संविधान…

Read More

के तपाईंंलाई बारम्बार सेक्स गर्न मन लाग्छ ? के कोही महिलालाई देख्नेबित्तिकै उत्तेजना आएको महसुस हुन्छ ? या अश्लील चलचित्र हेर्न मन पर्छ ? यदि यसो हो भने सतर्क हुनुहोस्, तपाईंलाई सेक्स लत लागेको हुन सक्छ । धूमपान, मदिरापान, चिया जस्ताको लतजस्तै यो पनि एक किसिमको लत हो । सेक्स एक प्राकृतिक क्रिया हो । तर, सम्झनुपर्ने कुरा के छ भने हरेक बानी सामान्यभन्दा बढी हुन्छ भने त्यसले व्यक्तिमा नकारात्मक असर छाड्छ । जब यौन क्रिया नियन्त्रणभन्दा बाहिर हुन्छ भने त्यसलाई सेक्स लत भनिन्छ । जुन व्यक्तिमा यस्तो लत हुन्छ, उसले आफ्नो अधिकांश समय यौन क्रियामा समय व्यतित गर्न मन पराउछ । मौका मिल्ने बित्तिकै सेक्सका…

Read More

स्वास्थ्य बिन्जु खड्का जिका भाइरस रोग भाइरसको कारणले हुने रोग हो । यो एडिस (Aedes) नामक लामखुट्टेबाट सर्दछ । सन् १९४७ मा पहिलोपटक यो युगाण्डामा देखिएको थियो । रिसस (Rhesus) बांदरहरुमा यो रोग प्रथमपटक पाइएको थियो । सन् १९५२ मा युगाण्डामा नै यो मानिसहरुमा देखिएको हो । त्यसै वर्ष तन्जानियामा पनि यो रोग देखा परेको थियो । जिका भाइरस प्लाभीभाइरस (Flavi Virus) को एक प्रजाति हो । लक्षणः जिका भाइरसको संक्रमणका लक्षणहरु जस्तै आरबोभाइर (Arbovirus) ले गर्ने संक्रमण जस्तै हुन्छ । जसको एक उदाहरण डेंगु हो । ज्वरो आउने, छालामा Rashes देखिने, कन्जङकिटभाइटिस (Conjunctivitis) मांशपेशी र हड्डी दुख्ने, थकान अनि टाउको दुख्ने यस भाइरस संक्रमणका प्रमुख लक्षणहरु हुन् । लक्षणहरु २–७…

Read More

रामकाजी भण्डारी फर्कि उनी आउला भनि राखेकी छु ब्रत ! किन आउँदैनौ घर प्रिय कि नभएको हो खर्च बरु भाडा पठाइ दिउँला, छिट्टै घर फर्क !! १) तिमीलाई भनि जोवन साँची, कुरु कति वर्ष ! फर्कि घर आउँथ्यौं भने, कति हुन्थ्यो हर्ष !! …किन आउँदैनौं घर प्रिय… २) सवै चेली तिज आउँदा नाच्छन बुरुबुरु एक्लै बसि एकान्तमा, कति रु धुरुधुरु …किन आउँदैनौं घर प्रिय… ३) तिमी जस्तै अरु पनि भएका थिए विदेश तर चाड आउँदा खेरी फर्के उनी स्वदेश …किन आउँदैनौं घर प्रिय… ४) २÷४ वर्ष होला तनी भनि मन बुझाए… तिमी कता हरायौं भनी सवैलाई सुनाए …किन आउँदैनौं घर…

Read More

लालबहादुर ऋतम्भरा पति वियोगमा शोकाकुल युवती झै मेरो गाउँ विरुप पीडामा छ हराएको छ गाउँको सौन्दर्यता आडम्बरयुक्त तामझाम, जीवन गुजार्नका लागि भाग दौड शहरको सास्तीबाट उन्मुक्ति खोज्दै नआउ मेरो गाउँ शितल चौतारी खोज्दै वरपीपलको वैमनस्यतामा भत्किएका छन् चौतारीहरु पहिला जस्तो पिपलपाते मुस्कान छैन, गाउँको मुहारमा मेरो गाउँ, गाउँ जस्तो छैन अचेल गाउँबाट रित्ता झोला सहर पस्छन् भरिएर फर्किन्छन् भरिभराउ गाउँ पुग्छन् सहरबाट मालवाहक गाडीहरु फर्किन्छन् रित्तो अस्थिपञ्जर लिएर यसरी शहर पसेको छ मेरो गाउँमा मेरो गाउँमा छैनन् मैच्याङ मारुनी छैनन् कला र गला जसले गाउन या नाचुन झ्याउरे, सोरठी रत्यौटी, चाँचरी र घाटु सालैजो र कौडा आफ्नो जवानीमा शहरको ग्ल्यामरस…

Read More

काभ्रे, ३१ साउन – काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । बस काठमाडौंबाट काभ्रेको मादनकुडारी जाँदै थियो । घाइते २६ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छभने तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको छ । काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकको संख्या ३२ पुगेको जानकारी दिएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ । घटना दिउँसो एक बजेतिर भएपनि झण्डै एकघण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो…

Read More

बागलुङ, ३१ साउन – पश्चिम बागलुङका विभिन्न स्थानमा विगत २० दिनदेखि अवरुद्ध नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । गत श्रावण १० गते परेको अविरल वर्षासंगै खोलामा आएको बाढीले दर्जनौँ लघुजलविद्युत आयोजनामा क्षति पु¥याएसंगै अवरुद्ध बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको हो । स्थानीय लघुजविद्युत आयोजनाबाट सञ्चालित नेपाल टेलिकमको टावर उक्त आयोजना बाढीले क्षति पु¥याएसंगै अवरुद्ध बनेपछि केही समय सञ्चालनमा रहेपनि लामो समय बन्द रहेको थियो । टावर सञ्चालनको लागि टेलिकमले वैकल्पिक रुपमा सोलार र जेनेरेटर जडान गरेपछि टावर सञ्चालनमा आएको हो । बुर्तिबाङको अर्नाकोटमा उक्त टावर सञ्चालनमा रहेको छ । टावर अवरुद्ध भएसंगै जिल्लाको दोश्रो व्यापारिक केन्द्र बुर्तिबाङसंगै आसपासका अधिकारीचौर, बोबाङ, खुंगा, बोंगादोभान, तमान,…

Read More