काभ्रे, ३१ साउन – काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । बस काठमाडौंबाट काभ्रेको मादनकुडारी जाँदै थियो ।
घाइते २६ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छभने तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको छ ।
काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकको संख्या ३२ पुगेको जानकारी दिएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
घटना दिउँसो एक बजेतिर भएपनि झण्डै एकघण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
काभ्रे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो
Previous Article२० दिनपछि संचारसंग जोडियो पश्चिम बागलुङ
Next Article भैगो नआउ मेरो गाउँ