हस्तबहादुर केसी ….गत शनिबार प्रकाशित लेखको बाँकी अंश (२) पार्टी स्कूलिङ्गको तरिका (१) स्वअध्ययनको तरिकाः– यो नै मालेमावाद लगायत सबै चीजको अध्ययन गर्ने पहिलो माध्यम हो । जो बढि जिज्ञाषु छ, जसले बढि भन्दा बढि नयाँ नयाँ चीजको खोजी गर्ने, त्यसबारेमा गहिरो गरि अध्ययन गरेर नयाँ नयाँ निष्कर्ष कोसिस गर्दछ, त्यसमा स्वअध्ययनले ठूलो मद्दत गर्दछ । यस भौतिक जगतमा विगतदेखि अहिलेसम्म जो ठूलाठूला वैज्ञानिक, अन्वेषक र अनुसन्धानकर्ताहरूले नयाँ नयाँ चीजको पत्ता लगाएका छन् आविष्कार गरेका छन्, उनीहरूले पहिलो नम्बरमा स्वअध्ययनलाई जोड दिएको पाइन्छ । यसका लागि भित्री तथा बाह््य वातावरण निर्माण गर्ने पाटो त अलग हुन सक्छ । ठूला–ठूला दार्शनिक तथा विद्वानहरूले नयाँ नयाँ…
Author: Amrit Baskune
बागलुङ, १८ भदौ – बुर्तिबाङस्थित बढिघाड खोलाले बगाउँदा शुक्रबार एक जनाको ज्यान गएको छ । खोलामा नहाउँदै गर्दा नदीले बगाएपछि जिल्लाको दर्लीङ गाविसका टेक बहादुर बुढाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ । दर्लिङको वडा नं ६ स्थायी घर भई हाल बुर्तिबाङ स्थित प्रभु बैँकमा सेक्युरीटि गार्डको रुपमा कार्यरत ५६ बर्षिय बुढालाई बिहान करीब १० बजे नदिले बगाएको हो । स्थानीयबासी र ईलाका प्रहरी बुर्तिबाङको टोलीले शब खोज्ने क्रममा भिमगिठेको वडा नं ९ स्थित ठुलाखेत बगरमा शब नदि बाहिर फालीएको अबस्थामा करीब २ बजे फेला परेको हो । नदि किनारमा नुहाउँदै गरेको अबस्थामा जुत्ता बगाएपछि जुक्ता समात्न जाने क्रममा बुढालाई नै…
ज्यो. सूर्य पौडेल २०७३ भाद्र १८ शनिबार, द्धितीया ३ सेप्टेम्बर २०१६ तपाईको आज मेष– यत्रतत्र यश कीर्ति फैलने । वृष– यात्रामा अनेकानेक विध्नबाधा सहुनपर्ने । मिथुन– स्वजनसँगै वैचारिक द्वन्द्व हुने । कर्कट– आरोग्यतामा थप वृद्धि हुने । सिंह– आर्थिक कारोबारमा क्षति सहनुपर्ने । कन्या– पारिवारिक साथ, सहयोग प्राप्त । तुला– नसोचेको ठाउँमा धननाश हुने । वृश्चिक– शुभ समाचारको प्राप्ति । धनु– आँटेका कार्यहरु अधुरा नै रहने । मकर– आशा गरेको ठाउँबाट काम नबन्ने । कुम्भ– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने । मीन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
बागलुङ, १८ भदौ – ढोरपाटन दैनिकका नियमीत स्तम्भकार बागलुङ अमलाचौरका एकराज पाठक परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त भएका छन्। राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक तथा अन्तर्राष्ट्रिय समाचार डेक्सका प्रमुख पाठकलाई मन्त्री डा. महतको सचिवालयमा रा.प. प्रथम श्रेणी सरह नियुक्त गरिएको हो। पाठकले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय प्राध्यापन छन्। उनका नेपाली पत्रकारिता र सूचनाको हकसम्बन्धी पुस्तकहरु प्रकाशित छन्। पाठकसँग पूर्वाञ्चल विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषदमा आमसञ्चार तथा पत्रकारिता विषयमा विषय समितिको सदस्यका रुपमा काम गरेको अनुभव छ। नेपाली पत्रकारिता र सूचनाको हकका क्षेत्रमा अध्ययन अनुसन्धानमा संलग्न पाठकका विभिन्न पत्रपत्रिका, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय…
डा. सन्ध्या चापागाईं क्यान्सर भनेको कुनै पनि कोषिकाको अनियन्त्रित वृद्धि भएको अवस्था हो । यसका विभिन्न कारण हुन सक्छन् । ठ्याक्कै यस कारणले क्यान्सर हुन्छ भन्दा पनि यी कारणले हुन सक्छन् भन्ने केही तथ्य पत्ता लागेका छन् । विभिन्न अध्ययनले क्यान्सर हुने सम्भाव्य कारण औंल्याएका छन् । क्यान्सरका कारणमध्ये ७० प्रतिशत व्यक्तिगत जीवनशैली र खानपानका कारणले हुन्छ । त्यसैले जीवनशैली र खानपान परिवर्तन गर्दा ७० प्रतिशत क्यान्सरको जोखिम घटाउन सकिन्छ । तथ्य र तथ्यांक ग्लोबल क्यान्सर स्ट्याटिक्सले विश्वमा बर्सेनि १४ लाख नयाँ बिरामी पत्ता लाग्ने गरेको देखएको छ । नेपालमा अस्पतालको पहुँचमा १२ हजार क्यान्सरका बिरामी रहेको मानिन्छ । क्यान्सरबारे…
काठमाडौं, १८ भदौ – निजामती कर्मचारी अस्पताल (सिभिल) मा बोनम्यारो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । यससँगै रक्त क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिएको यो सेवा सरकारी अस्पतालमै सर्वसुलभ मूल्यमा प्राप्त हुने भएको छ । अस्पतालले कैलालीका रेडिक्स भट्ट (परिवर्तित नाम) मा बोनम्यारो प्रत्यारोपण गरेको हो । रक्त क्यान्सर तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौड्यालको टिमले प्रत्यारोपण गरेको हो । हाल काठमाडौंकै एक कलेजमा विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत रेडिक्सलाई २०७२ कात्तिकमा ‘टिसेल नन् हज्किन्स लिम्फोमा’ (रगत क्यान्सर) भएको पत्ता लागेको थियो । एसएलसीको तयारीमा रहेकै बेला अचानक बिरामी परेपछि रोग खुट्याउँदै र अस्पताल चहार्दै काठमाडौंसम्म आइपुग्दा उनलाई रगतको क्यान्सर भएको…
कथा दीपक घिमिरे दर खाने भनेर ल्याएको दुई माना दूधको पोका अलि पल्तिर मिल्काउँदै नुतनले भनी, ‘जाबो दुई माना दूध किन्न लाज लागेन है ? कस्ता गरिबको घरमा परेछु !’नुतनले मिल्काएको दूधको पोका बिनितले उठायो, बोल्न धेरै खोज्यो तर सकेन । नुतन रिसाएको बेला बिनित कहिल्यै बोल्दैन । बोल्यो भने हानाहान हुन्छ । सुरुमा बिनितले हात उठाए पनि चोट उसले नै धेरै खान्छ । नुतन नजिकमा जे भेट्छे, त्यसैले दन्काइदिन्छे । ‘अनि मासु ल्याएनौं ?’ नुतनले आलुभन्दा ठूला आँखा गराउँदै सोधी । दूधका पोका हातमा लिएर आज्ञाकारी शिष्य जसरी उभिएको बिनितले केही बोल्न उचित ठानेन । उ चुप बस्दा नुतनलाई झनै…
काठमाडौं, १८ भदौ – ‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन आज शनिबार परेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ । धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो । पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो । महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व…
टोक्यो – उत्तरी जापानमा आएको भीषण आँधीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। होक्काइदो द्वीपको एक नदी नजिकै बिहीबार साँझ दुई व्यक्तिको थप शव फेला परेपछि यो सङ्ख्या १४ पुगेको प्रहरी प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएको छ। यस ‘लायनरक’ नाम दिइएको यस तूफानबाट बिहीबार नै १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १७ बेपत्ता भएका बताइएको थियो। एवाइजुमी सहर यस आँधीबाट अत्यन्त प्रभावित भएको यस सहरमा मात्र यस तूफानबाट १२ व्यक्तिको मृत्यु भएको छ। मारिएका ती १२ व्यक्तिमा नौ जना बृद्ध आश्रममा बस्ने व्यक्ति रहेका छन्। यसैबीच देशको दक्षिणी भागमा पनि अर्को शक्तिशाली आँधी आएको बताइएको छ। सञ्चारमाध्यममार्फत सरकारले खतराको सङ्केत गर्दै…