बागलुङ, १८ भदौ – बुर्तिबाङस्थित बढिघाड खोलाले बगाउँदा शुक्रबार एक जनाको ज्यान गएको छ । खोलामा नहाउँदै गर्दा नदीले बगाएपछि जिल्लाको दर्लीङ गाविसका टेक बहादुर बुढाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ । दर्लिङको वडा नं ६ स्थायी घर भई हाल बुर्तिबाङ स्थित प्रभु बैँकमा सेक्युरीटि गार्डको रुपमा कार्यरत ५६ बर्षिय बुढालाई बिहान करीब १० बजे नदिले बगाएको हो । स्थानीयबासी र ईलाका प्रहरी बुर्तिबाङको टोलीले शब खोज्ने क्रममा भिमगिठेको वडा नं ९ स्थित ठुलाखेत बगरमा शब नदि बाहिर फालीएको अबस्थामा करीब २ बजे फेला परेको हो । नदि किनारमा नुहाउँदै गरेको अबस्थामा जुत्ता बगाएपछि जुक्ता समात्न जाने क्रममा बुढालाई नै खोलाले बगाएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
Previous Article१८ भदौ २०७३, राशीफल
Next Article माक्र्सवाद–लेनिनवाद–माओवादीको अध्ययन पद्वति