हस्तबहादुर केसी
….गत शनिबार प्रकाशित लेखको बाँकी अंश
(२) पार्टी स्कूलिङ्गको तरिका
(१) स्वअध्ययनको तरिकाः– यो नै मालेमावाद लगायत सबै चीजको अध्ययन गर्ने पहिलो माध्यम हो । जो बढि जिज्ञाषु छ, जसले बढि भन्दा बढि नयाँ नयाँ चीजको खोजी गर्ने, त्यसबारेमा गहिरो गरि अध्ययन गरेर नयाँ नयाँ निष्कर्ष कोसिस गर्दछ, त्यसमा स्वअध्ययनले ठूलो मद्दत गर्दछ । यस भौतिक जगतमा विगतदेखि अहिलेसम्म जो ठूलाठूला वैज्ञानिक, अन्वेषक र अनुसन्धानकर्ताहरूले नयाँ नयाँ चीजको पत्ता लगाएका छन् आविष्कार गरेका छन्, उनीहरूले पहिलो नम्बरमा स्वअध्ययनलाई जोड दिएको पाइन्छ । यसका लागि भित्री तथा बाह््य वातावरण निर्माण गर्ने पाटो त अलग हुन सक्छ ।
ठूला–ठूला दार्शनिक तथा विद्वानहरूले नयाँ नयाँ सिद्धान्तको खोजी र प्रतिपादन गर्ने कार्यमा पनि स्वअध्ययनलाई बढि जोड दिएको पाइन्छ । वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सले पनि माक्र्सवादको प्रवर्तन गर्ने महान कार्यमा स्वअध्ययनलाई नै बढि जोड दिएको हामी पाउदछौं । लेनिन, स्टालिन, माओ लगायत विश्व सर्वहारावर्गका महान नेताहरूले पनि आफ्नो माक्र्सवाद सम्बन्धी ज्ञानभण्डारलाई फराकिलो पार्न पहिलो सर्तमा स्वअध्ययनलाई बढि महत्व दिएको हामी पाउदछौं । अतः जो बढि जिज्ञाषु छ उनले नै स्वअध्ययनको माध्यमबाट आफ्नो ज्ञानभण्डारलाई समृद्धशाली बनाउन समर्थ हुन्छ ।
(२) पार्टी स्कूलिङ्गको तरिकाः माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययन गर्ने दोश्रो तरिका वा माध्यम भनेको पार्टी स्कुलिङ्गको तरिका हो । यो तरिका क्रान्तिकारी कम्युनिष्टहरुले अपनाउँदै आएका छन् । यो तरिका बढि प्रयोगात्मक, अन्तक्रियात्मक र व्यवहारिक खालको पनि हुन्छ । विगतदेखि नै विश्वभरका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले पार्टी स्कुलिङ्ग विभाग वा अन्य कुनै निकाय खडा गरेर त्यसकै माध्यमबाट अध्ययनको निश्चित पाठयक्रमको निर्धारण, खास गरि दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद सम्बन्धि विषयहरू समावेश गरेर, निश्चित प्रशिक्षार्थी संख्याको निर्धारण, निश्चित स्तर र निश्चित समयको निर्धारण गरेर माक्र्सवाद अर्थात मालेमावादको अध्ययन, अध्यापन गराउदै आएको पाइन्छ । लेनिन, माओ र विश्वका अन्य कम्युनिष्ट पार्टीका नेताहरूले आ–आफ्नो पार्टी भित्र स्कूलिङ्ग विभाग खडा गरेर माक्र्सवाद लगायत आवश्यक पर्ने विविध विषयहरूमा आफ्ना नेता कार्यकर्ताहरूलाई अध्ययन र स्कूलिङ्ग गरेका थिए । चीनको कम्युनिष्ट पार्टीले अहिले पनि व्यवस्थित रूपमा स्कूलिङ्ग सञ्चालन गरिरहेको छ ।
मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न
मालेमावादको अध्ययन गर्ने नाममा विभिन्न रूपरंग धारण गरेका तमाम प्रकारका अवसरवादी, विसर्जनवादी तथा संशोधनवादीहरूले मालेमावादको अपव्याख्या गर्ने, मालेमावादको अन्तर्वस्तुको तोडमोड गर्दै आएका छन् । यस विषयमा सच्चा मालेमावादी क्रान्तिकारीहरूले सावधानी अपनाउन जसरी हुन्छ । माक्र्सवादको सिर्जनात्मक प्रयोगका नाममा तमामखाले अवसरवादी तथा विसर्जनवादीहरूले मालेमावादको अपव्याख्या गर्ने मालेमावादको अन्तरवस्तुहरूको तोडमोड गर्ने कार्य गर्दै आएका छन् । नेपालमा पनि मदन भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने भन्दै नयाँ जनवादमा “बहुलवाद” घुसाएर नयाँ जनवादी क्रान्तिको कार्यक्रमको ठाउँमा पूँजीवादी संसदवादी “जनताको बहुदलीय जनवाद” पारित गराएका थिए । त्यस्तै मालेमावादको अध्ययन गर्ने नाममा डा. बाबुराम भट्टराईले “आजको माक्र्सवाद र साम्राज्यवाद” भन्दै समग्र मालेमावादका अन्तर्वस्तुहरूको तोडमोड गर्दै आफैँ मालेमावादबाट विसर्जित हुन पुगेका छन् । माक्र्सवादको अध्ययनका नाममा मालेमावादलाई नै तोडमरोड गर्ने अवसर बदीतथ सारा संशोधनवादीहरूबाट मालेमावादको रक्षा गर्न जरूरी हुन्छ । मालेमावादको रक्षा, विकास र प्रयोग त दुइलाइन संघर्ष र भीषण वर्ग संघर्षको माध्यमबाट मात्र गर्न सकिन्छ ।
सिद्धान्तको वास्तविक विकास त्यसको सिजनशील प्रयोगमा आधारित हुने कुरालाई भुल्नु हुदैन । सिद्धान्तको प्रयोग यान्त्रिक रूपमा होइन, हरेक देशको ठोस परिस्थिति, विशिष्टता र मौलिकतामा आधारित हुनु पर्दछ । अतः कुनै पनि मुलुकमा सिद्धान्तको प्रयोग गर्दा यान्त्रिकता र अध्यानुकरण नभई सिर्जनशीलता र सम्बन्धित देशको विशिष्टतामाथि ध्यान दिनुपर्ने हुन्छ । विदेशी प्रतिनिधिहरुसित कुराकानी गर्ने सिलसिलामा चिनी क्रान्तिका अनुभवहरुमाथि ध्यान दिँदै माओत्सेतुङले अगाडि भन्नु हुन्छ– “चिनी क्रान्तिको अनुभव अर्थात् ग्रामीण आधार इलाकाहरुको निर्माण गाउँबाट सहरलाई घेर्ने र पूर्ण रुपमा शसहरुमाथि कब्जा गर्ने काम तपाईंहरुमध्ये धेरैजसो मुलुकहरुमा लागु नहुन सक्छ । यद्यपि यसले तपाईंहरुलाई सन्दर्भका रुपमा काम दिन सक्छ । म तपाईंहरुलाई चिनिया क्रान्तिका अनुभवहरुलाई यान्त्रिक रुपमा नक्कल नगर्न सल्लाह दिन चाहन्छु । कुनै विदेशी मुलुकको अनुभवको केवल सन्दर्भको रुपमा काम दिन सक्छ र त्यसलाई जडसूत्रका रुपमा ग्रहण गर्नु हुँदैन । माक्र्सवाद–लेखिनवादको सर्वाभौम सत्य र तपाईंहरुका आप्mनै देशहरुका ठोस परिस्थितिका बिचमा एकरुपमा कायम हुनुपर्दछ ।” (४) हाम्रो देशको लागि माओको यी भनाइहरु बढी मननयोग्य छन् । माक्र्सवादको सिर्जनात्मक प्रयोग र सैद्धान्तिक विकासका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई दृढतापूर्वक अवलम्बन गर्नु पर्दछ । हामीले अध्ययन गर्नु पर्ने कुन कुरा महत्वपूर्ण हो भन सिद्धान्तको संशोधन र परित्यागको परिघटनालाई (जस्तो बाबुराम भट्टराईले माक्र्सवादको परित्याग गरेको घटनालाई पनि उदाहरणमा लिन सकिन्छ ।) सामान्य अर्थमा होइन, संशोधनवादी परिघटनाका अर्थमा ग्रहण गर्नु पर्ने हुन्छ । यस प्रकारको संशोधनवाद दक्षिण, मध्य र उग्र जुनसुकै रूपमा पनि देखा पर्न सक्छ । यहाँनेर हामीले जान्ने पर्ने कुरा के हो भने आजको साम्राज्यवाद र सर्वहारावर्ग बिचको भीषण संघर्षको युगमा संशोधनवाद खुला रूपमा भन्दा छदम रूपमा प्रकट हुने गर्दछ । जस्तो एमाओवादी हुदैँ माओवादी केन्द्रसम्म आइपुग्दा प्रचण्ड रूपी छदम संशोधनवादलाई उदाहरणको रूपमा लिन सकिन्छ । कुरा क्रान्ति गर्ने तर व्यवहार प्रतिक्रान्तिकारी गर्नेलाई छद्म संशोधनवादी भनिन्छ । अतः माक्र्सवादको विकास संघर्षका बिचबाट हुने गर्दछ । त्यसो भएर नै माक्र्सवादी दर्शनलाई संघर्षको दर्शन भनिन्छ । यी माथि उल्लेखित विषयवस्तुहरूको अध्ययन हामीले वैज्ञानिक (द्वन्द्वात्मक) पद्धतिको आधारमा अध्ययन गर्दै अगाडि बढ्यो भने हामीले यी चीजलाई सही ढंगले पक्डी ठिक ठाउँमा पुग्न सक्छौं ।
निष्कर्षः अध्ययन ज्ञान प्राप्तिको मुख्य साधान हो । ज्ञान व्यवहारबाट शुरू हुन्छ र व्यवहारमै फर्कन्छ । अर्थात व्यवहारिक अनुभव नै ज्ञान प्राप्त गर्ने अर्को साधन हो । त्यसका लागि ऊ प्रत्यक्ष श्रममा अर्थात व्यवहारमा जानु पर्दछ । त्यसो भएर यस विषयमा माओत्सेतुङ अगाडि भन्नु हुन्छ– “जो व्यक्ति आफ्ना आँखाहरू चिम्लने गर्छन्, आफ्ना कानहरू बन्द गर्छन् र आफूलाई वस्तुगत संसारबाट पूरै अलग गर्छ, उसले कुनै ज्ञान प्राप्त गर्न सक्तैन । ज्ञान अनुभवबाट शुरू हुन्छ– यो नै ज्ञान सिद्धान्तको भौतिकवाद हो । (५) हामीले मालेमावादको वैज्ञानिक ढङ्गले अध्ययन नगरिकन ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्तैनौं । हामी अहिलेसम्म पनि अर्धसामन्ती र नव उपनिवेशिक देश नेपालमा महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक अभिमारा बोकेर क्रान्तिको कामलाई अगाडि बढाउन दृढतापूर्वक अगाडि बढिरहेका छौँ । यस प्रकारको क्रान्ति पुरा गर्ने क्रममा हामीले विविध प्रकारको अध्ययन गर्न जसरी हुन्छ नै । अध्ययन विना, त्यसमा पनि वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययनविना नेपालको समग्र वर्तमान परिस्थिति र आजको भूमण्डलीकृत साम्राज्यवादको समग्र अध्ययन गर्न समर्थ हुन सक्तैनौँ । समग्र नेपाल र समग्र विश्वलाई नबुझीकन हामीले क्रान्तिका रणनीति र कार्यनीति ठोस गर्न र कार्यान्वयन गर्न समर्थ हुनेवाला छैनौं । त्यसैले माक्र्सवादको वैज्ञानिक अध्ययनको आवश्यकता छ । (समाप्त)