काठमाडौँ, ९ असोज – नेकपा एमालेले कुनै पनि स्तरका कमिटी तथा जनसङ्गठनका निर्वाचनहरु प्यानल बनाएर नगर्ने निर्णय गरेको छ । पार्टीका विभिन्न कमिटीमा उम्मेदवारको योग्यता, क्षमता, सक्रियता, योगदान, इमानदारिता र लोकप्रियताका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्ने तथा त्यसो नगर्ने व्यक्ति र सङ्गठनहरुलाई अनुशासनको कारबाही हुन सक्ने गरी नियमावली संशोधन गर्ने पनि एमालेले निर्णय गरेको छ । पार्टीमा गुटबन्दी अन्त्यका लागि केन्द्रीय कमिटीको जारी सातौँ बैठकको चौथो दिन शनिबार सो निर्णय भएको हो । बैठकले पार्टीको आन्तरिक एकतालाई अझ सुदृढ गर्दै आउने कुनै पनि प्रतिस्पर्धामा पार्टीको श्रेष्ठता हासिल गर्न स्थायी कमिटीको ४३औँ बैठकले पारित गरेको विशेष प्रस्तावलाई आवश्यक परिमार्जन गरी…
Author: Amrit Baskune
माननीय स्वास्थ्यमन्त्री गगन थापा ज्यू नमस्कार। खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर हस्पिटलले मृत्युको पूर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो। त्यो दिन ,मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला। हजुरलाई के भनु म। तर, म त्यसदिन खुब रोए। धुरूधुरू रोए। नरोएर के गरू म। मेरो मुटु यति शोकाकुल र छियाछिया भएको थियो कि। त्यो कुरा शब्दमा कसरी लेखु म। बस रूने बाहेक मसँग केही थिएन उपाय। र अहिले पनि छैन। मलाई हरेक मानिसलाई जस्तै बाच्ने, खेल्ने, रमाउने, घुम्ने अरू के–के रहरहरू थिए। तर जब हस्पिटलको मौखिक मृत्युको पुर्जी आयो। त्यसपछि म अबको पुग नपुग तीन महिना बाँच्छु…
भैरहवा, ८ असोज- यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमानमा सबै यात्रु सकुशल छन् । विमान के कारणले ओभरसुट भयो भन्ने बारेमा खुल्न सकेको छैन । विमानको तिनवटै पांग्रा पड्केकाे छ । भैरहवास्थित जिल्ला प्ररही कार्यालयका डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । नाइन एन एआईबी कलसाइन भएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । रन वे छोडेर निक्कै पर पुगेको विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ । विमानमा २९ यात्रु र चालक दलका तीन सदस्य गरी ३२ जना सवार थिए । उनीहरु सबै सकुसल…
८ असोज २०७३, ढोरपाटन दैनिक 8-ashoj-2073-dhorpatan-daily
पर्वत, ८ असोज – नीजि क्षेत्रबाट तीन बर्ष अघि देखि सञ्चालनमा आएको कुश्मा बलेवा यान्त्रिक पुलले १ करोड २ लाख नाफा कमाएको छ । पर्वतको कुस्मा देखि बागलुङ्गको बलेवा जोड्ने कुस्मा– बलेवा यान्त्रिक पुलले गएको आर्थिक बर्ष उक्त मुनाफा आर्जन गरेको हो । पुल सञ्चालक समितिको शुक्रबार सम्पन्न पाँचौ साधारणसभाबाट २० प्रतिशत मुनाफा शेयर धनीलाई बितरण गर्ने स्वीकृति लिएको छ । यान्त्रिकपुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायीदेखि कुश्मा र बागलुङको बलेवा क्षेत्रका ५ सय सर्वसाधरणले झण्डै ५ करोड लगानी गरेका छन् । यान्त्रिक पुलले गत बर्ष १९ प्रतिशत मुनाफा बितरण गरेको थियो । यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका…
काठमाडौं, ८ असोज – यो वर्षको दशैें टीकाको उत्तम साइत असोज २५ गते मंगलवार बिहान पौने नौं बजे रहेको छ । नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले टीकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा रहेको जानकारी दिए । उत्तम साइत पौने ९ बजे भएपनि विजयादशमीका दिन दिनभरी नै टीका लगाउन र आर्शिवाद ग्रहण गर्न सकिने समितिले जनाएको छ । सोही दिन बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजन गरेपछि टीकाको साइत हुने गौतमले बताए । यस्तै घटस्थापनाका लागि १५ गते शनिवार बिहान ८ बजेर ३५ मिनेटमा रहेको जानकारी दिदै गौतमले असोज १६ गते बिहान ८ बजेर ३७…
रामलाल जोशी लीला मभन्दा सात वर्ष जेठी थिई। मेरो उमेर थियो, १० वर्ष। लीलाको उमेर १७ वर्ष। लीला शुकवीर अङ्कलकी कान्छी छोरी। गाउँले नाताले मेरी दिदी। म दिदीकै नाताले लीलाको पिछा गर्थेँ। मभन्दा सात वर्ष जेठी लीलाले मलाई बालक कालमा काखमा खेलाइहोली। पिठ्यूँमा बोकी होली। हातको अौँला समातेर बाटोमा डोर्याइहोली। माटोमा सँगै खेल्यौं होला। पानीमा सँगै भिज्यौँ होला। खै, के–के लीला गरेर म बुझ्ने अवस्थामा पुगेँ। आफूलाई याद हुने अवस्थामा पुग्दा लीलासँगै, लीलाकै छायाँमा हुर्केको पाएँ। गाउँमा भर्खर स्कुल खुल्दा लीलाको पढ्ने उमेर ढल्किसकेको थियो। सायद बैँसका पखेटा लागिसकेका थिए। म भर्खर स्कुल जान थालेको थिएँ। १० वर्षमा मैले कखरा सुरू गरेँ।…
उपन्यास अंश-मनसुन सुबिन भट्टराई कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका रहन्छन् आधा–अधुरा सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु। यस्तै सपना पाल्थें। आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ? र, सोच्ने गर्थें, मैले सोचेजस्तै को निस्कने हो? कस्ती निस्कने हो ? एउटा धमिलो चित्र कोरेको थिएँ मनमा। कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस्। नाच्न पनि को–को आएनन् मेरो मनमा ! मानौं, मेरो मन एउटा खुला स्टेज हो। मानौं, रोदीको आँगन हो। तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा। कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा। आफ्नोआफ्नो भाग्यकै कुरा। कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन्…
प्रा.चन्द्र वहादुर केसी भन्नु हुन्न अब मेरो मान्छे तेरो मान्छे भन्नुपर्छअब असलमान्छे हाम्रोमान्छे। लाग्नु हुन्न अब तेरो मेरो भन्ने पछि लाग्नु पर्छ अब देश मेरो भन्ने पछि । सुन्नु हुन्न अब कान मात्रै भर्ने कुरा सुन्नु पर्छ अब देश बिकास गर्ने कुरा। हुनु हुन्न अब यो र उ मा बिभाजित हुनु पर्छ अब देशको लागि संगठित। सोच्नु हुन्न अब देश सधैं यस्तै हुन्छ सोच्नु पर्छ अब देश स्वर्ग जस्तै बन्छ ।
काठमाडौं , ८ असोज – चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको छ, । नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ । चीनका कार्यबाहक राजदूत हरिश्चनद्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए । ‘हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । त्यस विषयमा सरकारलाई जानकारी गरिएको छ,’ उनले भने । हरेक उच्च तहको भ्रमणका क्रममा चीन सरकारले सोध्ने गरेको…