प्रा.चन्द्र वहादुर केसी
भन्नु हुन्न अब मेरो मान्छे तेरो मान्छे
भन्नुपर्छअब असलमान्छे हाम्रोमान्छे।
लाग्नु हुन्न अब तेरो मेरो भन्ने पछि
लाग्नु पर्छ अब देश मेरो भन्ने पछि ।
सुन्नु हुन्न अब कान मात्रै भर्ने कुरा
सुन्नु पर्छ अब देश बिकास गर्ने कुरा।
हुनु हुन्न अब यो र उ मा बिभाजित
हुनु पर्छ अब देशको लागि संगठित।
सोच्नु हुन्न अब देश सधैं यस्तै हुन्छ
सोच्नु पर्छ अब देश स्वर्ग जस्तै बन्छ ।