Author: Amrit Baskune

क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमि र पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहनुभएको बताएको छ । यो घोषणा आगामी अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो । जनवरी २० मा पदवहाली गर्नुहुने ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्नसक्ने बताउनुभएको छ तर कुनै ठोस योजना प्रस्तुत गर्नुभएको छैन । “राष्ट्रपतिले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्क गर्न खुला रहेको बताउनुभएको छ”, पुटिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरू भन्नुभयो । ट्रम्पले बिहीबार पुटिनसँग बैठक तय भइरहेको बताउनुभएको थियो । “उहाँ भेट्न चाहनुहुन्छ, र हामी यसको व्यवस्था गरिरहेका छौँ”, फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन…

Read More

कमल शर्मा दैलेख, पुस २६ गते । जङ्गलमा फिरन्ते जीवन बिताउने र आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे पछिल्लो समयमा नेपालका नागरिक हौँ भनेर गर्व गर्न थालेका छन् । वनको राजा भन्ने र राज्यले स्थायी बसोबासका लागि पहल गर्दासमेत समुदायको छेउछाउमा बस्न नमान्ने समस्याका कारण पछिल्लो समय राउटे समुदाय सङ्कटोन्मुख छ । अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमी जस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो । राउटेको जनसङ्ख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन् । हाल राउटे समुदाय सुर्खेतको गिरीघाटमा बस्दै आएका…

Read More

सुनदेवी रसाइली सर्वपक्षिण सहकार्यमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल मुक्तिनाथकोको विकास तथा सम्बद्र्धनलाई चुस्त बनाउदै लगिएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पर्ने मुक्तिनाथ मन्दिरको थपप चुस्त व्यवस्थापनका लागि मुक्तिनाथ विकास समितिको अगुवाइमा काम भै रहेको छ । गएको मंसिर १६ गते भएको मुक्तिनाथ विकास कोषको साधारणसभाबाट चयन भएको समितिले पनि आफ्नो कामको गतिलाई बढाउँदै भक्तजनको आगमन बढाउनुका साथै डिजिटल माध्यमबाट प्रचारको लागि पनि प्रयासको थालनी गरेको जनाएको छ । मुक्तिनाथ विकास समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुक्तिनाथ विकास समितिको लेखपरीक्षण गरेपछि आन्तरीक राजश्व कार्यालयले तय गरेको ३१ लाख तीन हजार नौ सय ५३ रुपियाँ…

Read More

फडिन्द्र अधिकारी लेखनाथ, पुस २५ गते।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो। गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग भएको छ। पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ। अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० म्याग्दीले पहिलो जिल्ला भेला गर्ने तयारी गरेको छ। पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा सक्रियता बढाउनका लागि यो भेला महत्वपूर्ण हुने विश्वास गरिएको छ। भेला यही पुस २७ गते म्याग्दीको बेनी बजार स्थित शिखर होटेलमा आयोजना हुनेछ। जिल्ला कार्यसमितिको गठन तथा नयाँ नेतृत्व चयनका लागि पार्टीले खुला आवाहान गरेको छ। “पार्टीलाई जिल्लास्तरमा सुदृढ बनाउँदै आगामी गतिविधि तय गर्न यो भेला कोशेढुङ्गा हुनेछ,” भेला संयोजक युवराज रोकाले जानकारी दिनुभयो। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू प्रतिनिधि सभा सदस्य माननीय मनिस झा,माननीय हरि ढकाल र माननीय बिनिता कठायत , त्यसैगरी गण्डकी प्रदेशका सभापति तथा केन्द्रिय सदस्य राजन गौतम, केन्द्रिय सदस्य…

Read More

दिपा बुढाथोकी बेनी नगरपालिका–७ मा रहेको गोर्खा भुतपुर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३ औं वार्षिक साधारणसभा बिहीबार बेनीमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष खुमबहादुर बानियाँले अहिलेको सञ्चालक समितिले कुनै पनि काम गर्दा कम खर्चमा तडकभडक बिहीन तरीकाले सञ्चालन गर्दै आएको बताउनुभयो । संस्थामा रहेको बचत फिर्ता लिन चाहने शेयर सदस्यहरुलाई आवश्यकताको आधारमा नियम अनुसार बचत फिर्ता गर्दै आएको र यसलाई निरन्तरता दिँदै सहकारीको हितमा पनि अगाडी बढ्दै गएको उहाँको भनाई थियो । देशैभर सहकारीहरुमा केही कतै समस्या देखिएको भए पनि हाम्रो सहकारीमा कुनै पनि प्रकारको अपचलन नभएको र सदस्यको बचत रकम सदस्यहरुमै लगानीमा रहेको उहाँको तर्क…

Read More

म्याग्दीको बेनीमा यही पुस २८ देखि माघ ८ गते सम्म हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला २०८१ मा चर्चित कलाकार तथा म्युजक ब्याण्डहरुले आफ्नो प्रस्तुती दिने भएका छन् । यसै सन्दर्भमा म्याग्दी उद्योग बाणिज्य संघले महोत्सवमा आउने कलाकारहरुको पहिलो चरणको नामावली समेत प्रकाशन गरेको छ ।  महोत्सवको अवसरमा म्याग्दी जिल्लाका स्थानीय कलाकार साथै साविकको धौलागिरी अञ्चल भित्रका कलाकारलाइ विशेष प्राथमिकतामा राखिएको छ । देश विदेशमा ख्याती कमाउन सफल कलाकारहरुको ठूलै जमघट हुने र भरपुर मनोरञ्जनका लागि प्रयास हुने बताइएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा हुने महोत्सवमा हाल सम्म दुइ वट म्युजक ब्याण्डको प्रस्तुतीको टुंगो लागेको…

Read More

सुनदेवी रसाइली मुस्ताङको घरपझोङ गाउँपालिका वडा -४ जोमसोम स्थित कालिगण्डकी नदिमाथि रहेको झोलुङ्गेपुलबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पछाडी रहेको कालिगण्डकी तर्ने झोलुङगे पुलबाट खसेर पोखरा महानगरपालिका -३० गगनगौडा पावरहाउस कास्कीका ३७ वर्षिय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिनुभयाे । घरपझोङ गाउँपालिका-४ आर्मी व्यारेक अगाडी ईलेक्ट्रोनिक पसल गरी ठकुरी अचानक पुलबाट खसेको भन्ने सूचना प्राप्त भए पश्चात मुस्ताङका डिएसपी बोगटीको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटना स्थल पुगेर उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगेकाे थियो । जिल्ला अस्पताल जोमसोम मुस्ताङले ठकुरीलाइ मृत घोषणा गरेको थियो ।…

Read More

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.३२ अंक बढेर २५९१.५६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ। नेप्सेसँगै यस दिन भोल्यूम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ६१ हजार १६७ पटकको कारोबारमा ४ अर्ब ८६ करोड…

Read More

काठमाडौं । नेकपा एमालेले वडा केन्द्रित पार्टी निर्माण अभियान-२०८१ सम्बन्धी अवधारणा पत्रको प्रस्ताव तयार पारेको छ । जारी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको अनुसूचीमा केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले तयार पारेको अवधारणा पत्र राखिएको छ । जसमा कसैले कहिल्यै चुनौती दिन नसक्ने बलियो एमाले बनाउनका निमित्त नै स्थानीय स्तरबाटै पार्टी काम र संगठनलाई सबल बनाउन तीन महिना वडा–केन्द्रित पार्टी निर्माण विशेष अभियान सञ्चालन गर्न प्रस्ताव गरिएको छ । अभियानको पहिलो उद्देश्य तथा अपेक्षित उपलब्धिमा पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले २०८१ चैतभित्रै सदस्यता नवीकरण गर्ने, ९०…

Read More