म्याग्दीको बेनीमा यही पुस २८ देखि माघ ८ गते सम्म हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला २०८१ मा चर्चित कलाकार तथा म्युजक ब्याण्डहरुले आफ्नो प्रस्तुती दिने भएका छन् । यसै सन्दर्भमा म्याग्दी उद्योग बाणिज्य संघले महोत्सवमा आउने कलाकारहरुको पहिलो चरणको नामावली समेत प्रकाशन गरेको छ । महोत्सवको अवसरमा म्याग्दी जिल्लाका स्थानीय कलाकार साथै साविकको धौलागिरी अञ्चल भित्रका कलाकारलाइ विशेष प्राथमिकतामा राखिएको छ । देश विदेशमा ख्याती कमाउन सफल कलाकारहरुको ठूलै जमघट हुने र भरपुर मनोरञ्जनका लागि प्रयास हुने बताइएको छ ।
म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा हुने महोत्सवमा हाल सम्म दुइ वट म्युजक ब्याण्डको प्रस्तुतीको टुंगो लागेको छ । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार हाल सम्म म्याग्दी महोत्सब तथा माघे संक्रान्ति मेलाको अवसरमा माघ ३ गते कुमा सागर ब्याण्ड र कालरात्री ब्याण्डको प्रस्तुती हुने टुंगो भएको छ । कलाकार तथा म्युजिक ब्याण्डहरु सँग सम्पर्क र सहकार्य हुँदै रहेको भए पनि अहिले सम्म दुइ वटा म्युजिक ब्याण्डको मात्रै टुंगो लागेको उहाँको भनाइ छ । विगतका ७ वटा महोत्सवमा भएको प्रयोग र पुरानो अनुभवलाइ लिएर अगाडी बढीएको अध्यक्ष श्रेष्ठको भनाइ छ । अहिलेको महोत्सव बिगतको भन्दा फरक पक्कै छ र त्यो महोत्सवकै समयमा दर्शकहरुले महशुष गर्ने समेत उहाँले जानकारी गराउनु भयो ।
त्यस्तै म्याग्दी उद्योग बाणिज्य संघका महासचिव नारायण जिसीका अनुसार माघ २८ गते औपचारीक उद्घाटन हुने महोत्सवको दोश्रो दिन अर्थात् पुस २९ गते नायक पल साह, चर्चित कलाकार प्रिति आले र नेपाल आइडलको उत्कृष्ट १० भित्र पर्न सफल गायक कलाकार सन्तोष पुनके प्रस्तुती रहने छ । त्यसैगरी माघे संक्रान्तिको दिन अर्थात् माघ १ गते चर्चीन कलाकार रामचन्द्र काफ्ले हास्य कलाकार तथा गायक रबि कार्कीको प्रस्तुती रहनेछ । त्यसैगरी माघ २ गते शान्तिश्री परियार तथा चर्चीत पप गायक सम्भोज मल्ल एवम् सदावहार गायक खड्ग गर्बुजाको प्रस्तुती रहनेछ । स्थानीय कला संस्कृतिको सम्बर्द्धन तथा जगेर्नाको हेतुले आयोजित म्याग्दी महोत्वसको माघ ३ गते कालरात्री र कुमासागर ब्याण्डको प्रस्तुती रहने छ ।
बेनी बजारको खुल्ला मञ्चमा आयोजना हुने आठौं म्याग्दी महोत्सवको अवसरमा माघ ४ गते पछिल्लो समयका चर्चित र व्यस्त म्याग्देली गायक प्रकाश दुताराजका साथै कलाकार शान्तारानी परियारले आफ्नो प्रस्तुती दिनुहुनेछ । त्यसैगरी माघको ५ गते शनिबारका दिन चर्चित गायीका मिलन अमात्य र सुनिता दुलालले आफ्नो प्रस्तुती दिने टुंगो लागेको छ । त्यसैगरी ६ गते शशुरालीमा तथा क्याम्पस पढ्न आउने जस्ता चर्चीत गितका गायक बद्री पंगेनीले प्रस्तुती दिनुहुनेछ भने ७ गते पछिल्लो समयकी चर्चीत गायिका समिक्षा अधिकारीले प्रस्तुती दिने र सोही दिन खेम सेन्चुरी तथा डेबिट शंकरले पनि प्रस्तुती दिने कार्यक्रम तय भएको म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ ।