सुनदेवी रसाइली
मुस्ताङको घरपझोङ गाउँपालिका वडा -४ जोमसोम स्थित कालिगण्डकी नदिमाथि रहेको झोलुङ्गेपुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको पछाडी रहेको कालिगण्डकी तर्ने झोलुङगे पुलबाट खसेर पोखरा महानगरपालिका -३० गगनगौडा पावरहाउस कास्कीका ३७ वर्षिय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिनुभयाे । घरपझोङ गाउँपालिका-४ आर्मी व्यारेक अगाडी ईलेक्ट्रोनिक पसल गरी ठकुरी अचानक पुलबाट खसेको भन्ने सूचना प्राप्त भए पश्चात मुस्ताङका डिएसपी बोगटीको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटना स्थल पुगेर उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगेकाे थियो । जिल्ला अस्पताल जोमसोम मुस्ताङले ठकुरीलाइ मृत घोषणा गरेको थियो ।
पुलबाट कसरी खसेको भन्ने वारेमा अनुसन्धान भै रहेकाे प्रहरीले जनाएको छ ।