राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० म्याग्दीले पहिलो जिल्ला भेला गर्ने तयारी गरेको छ। पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा सक्रियता बढाउनका लागि यो भेला महत्वपूर्ण हुने विश्वास गरिएको छ।
भेला यही पुस २७ गते म्याग्दीको बेनी बजार स्थित शिखर होटेलमा आयोजना हुनेछ। जिल्ला कार्यसमितिको गठन तथा नयाँ नेतृत्व चयनका लागि पार्टीले खुला आवाहान गरेको छ। “पार्टीलाई जिल्लास्तरमा सुदृढ बनाउँदै आगामी गतिविधि तय गर्न यो भेला कोशेढुङ्गा हुनेछ,” भेला संयोजक युवराज रोकाले जानकारी दिनुभयो।
कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू प्रतिनिधि सभा सदस्य माननीय मनिस झा,माननीय हरि ढकाल र माननीय बिनिता कठायत , त्यसैगरी गण्डकी प्रदेशका सभापति तथा केन्द्रिय सदस्य राजन गौतम, केन्द्रिय सदस्य राजन गौतम र अर्का केन्द्रिय सदस्य मोहनजङ्ग थापा लगायत प्रदेश तथा अन्य जिल्लाका पदाधिकारी ,स्थानीय कार्यकर्ता, शुभेच्छुक, र नागरिकहरूको उपस्थिति रहनेछ। कार्यक्रममा सहभागी हुन र कार्यसमितिमा बस्न इच्छुकहरूले २६ गते साझ ५ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।
पार्टीको प्राथमिकतामा स्थानीय मुद्दाहरूको सम्बोधन, युवाहरूको नेतृत्वमा आधारित पहल, र जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर काम गर्ने योजना रहेको पार्टीले जनाएको छ।
रास्वपाले म्याग्दीमा जनताको बढ्दो आकर्षणको बीचमा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै भेला आयोजना गरेको हो। नयाँ नेतृत्वले जिल्लामा पार्टीको उपस्थिति मजबुत बनाउने अपेक्षा गरिएको छ।