नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.३२ अंक बढेर २५९१.५६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन भोल्यूम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ६१ हजार १६७ पटकको कारोबारमा ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँबराबरको ९३ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रिन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन दोल्ती पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन आत्मनिर्भर लघुवित्त र जानकी फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १९ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिभरफल्स पावरको १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने रसुवागढी हाइड्रोपावरको करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूच कभने १ प्रतिशतभन्दा बढी घटेको छ।मेरोलगानीबाट साभार