सुनदेवी रसाइली
सर्वपक्षिण सहकार्यमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल मुक्तिनाथकोको विकास तथा सम्बद्र्धनलाई चुस्त बनाउदै लगिएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पर्ने मुक्तिनाथ मन्दिरको थपप चुस्त व्यवस्थापनका लागि मुक्तिनाथ विकास समितिको अगुवाइमा काम भै रहेको छ । गएको मंसिर १६ गते भएको मुक्तिनाथ विकास कोषको साधारणसभाबाट चयन भएको समितिले पनि आफ्नो कामको गतिलाई बढाउँदै भक्तजनको आगमन बढाउनुका साथै डिजिटल माध्यमबाट प्रचारको लागि पनि प्रयासको थालनी गरेको जनाएको छ ।
मुक्तिनाथ विकास समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुक्तिनाथ विकास समितिको लेखपरीक्षण गरेपछि आन्तरीक राजश्व कार्यालयले तय गरेको ३१ लाख तीन हजार नौ सय ५३ रुपियाँ राजश्व समेत दाखिला गरेको छ । मुक्तिनाथ मन्दिरमा चडाउने दान दक्षिणा तथा नगद एवम् जिन्सीहरुको विवरण अझै व्यवस्थीत हुन सक्ने भएतापनि सो अनुसार दुरुस्त भएन भनेर प्रश्न उठ्दै आउने गरेकोमा अहिले आएर सबै कुराहरुलाई व्यवस्थित गर्नकालागि प्रयास गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो— मुक्तिनाथ मन्दिरको सञ्चालन र व्यवस्थापन २०२८ सालदेखि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तदर्थ रुपमा चलि आएको थियो । २०६४ कार्तिक ३० गते जिल्ला प्रशासन कार्यालय मुस्ताङमा संस्था दर्ता ऐन, २०३४ अनुरुप मुक्तिनाथ विकास समिति विधिवत रुपमा दर्ता भएर आएको थियो ।
२०६४ मा दर्ता भएपछि २०७६ सम्म नविकरण तथा लेखापरीक्षण भएको भए पनि २०७७ पछि लेखापरीक्षण र नविकरण नभएकोमा प्रजिअ भुसालको अग्रसरतामा हाल नविकरण तथा लेखापरीक्षण गर्ने काम भएको हो । भाखा नाघेको पछिल्लो २ वर्षको कर दाखिला गरेमा त्यस अगाडीको कर छुट पाउने प्रावधान अनुसार ३१ लाख तीन हजार नौ सय ५३ रुपियाँ दाखिला गर्दा त्यस अगाडीको छुट मिलेको प्रजिअ भुसालले जानकारी दिनुभयो । हाल मुक्तिनाथ विकास समितिको कोषमा ९ करोड ३२ लाख ६५ हजार २ सय ७७ नेपाली रुपियाँ बैंक खातामा रहेको छ । त्यस्तै ४२ लाख हाराहारी भारतीय मुद्रा समेत मुक्तिनाथ विकास समिति मातहत रहेको छ ।
२०६४ मा मुक्तिनाथ विकास समिति दर्तापछि २३ जना प्रजिअहरुले मुक्तिनाथ विकास समितिका ३९ वटा बैठकहरु गरी मुक्तिनाथको दिगोपना र बिकास तथा पारदर्शीताका लागि प्रयास गरेको प्रजिअ भुसालको भनाइ छ । मुक्तिनाथको दिगोपनाका लागि मुक्तिक्षेत्रको मास्टर प्लान तयार भएको समेत उहाँको भनाइ छ ।
मुक्तिनाथ विकास समितिकै पहलकदमीमा मुक्तिनाथसम्म पुग्ने राम्रो सडक निर्माण हुनुका साथै यातायातको सहज पहुँच पुगेको छ । अहिले मुक्तिनाथमा स्वास्थ्य केन्द्र सञ्चालन र पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ । दान, भेटी, चन्दाको व्यवस्थापन, तीर्थालुहरुलाई सहज पुजा अर्चनाको व्यवस्था, जाडो सिजनमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । सर्वदलीय र सर्वपक्षीय सहमतिमा मुक्तिक्षेत्र विकासमा ऐक्यबद्धता समेत बढाइएको छ ।
गाउँपालिका मुक्तिनाथ व्यवस्थापन समितिको संयुक्त पहलमा मुक्तिनाथ क्षेत्रमा एक लाख शालिग्राम रहेको शलिग्राम पार्क÷संग्राहलय निर्माण गरिने गाउँपालिका अध्यक्ष तथा मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिनुभयो । मुक्तिनाथ गाउँपालिका भित्र रहँदै गर्दा पनि नेपालका साथै विश्वकै धार्मिक आश्थाको केन्द्र भएकाले सहज पुर्जा अर्चना र प्रविधि प्रयोग गरेर दर्शनका लागि पनि प्रयास गरिने उहाँको धारणा थियो । टेली प्रे अर्थात् भिडियो कलबाट विश्वका जुनसुकै ठाउँबाट पनि पुजा अर्चचना पुजा र दक्षिणा दिन मिल्ने व्यवस्था समेत मिलाउने विषयम छलफल भएको छ ।
गएको मंसिर १६ गते मुक्तिनाथ विकास समितिको वार्षिक साधारण सभाले नयाँ समिति चयन गरेपछि अरु धेरै सुधारका प्रयासहरु थालिएको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको भनाई छ । संस्थागत निरन्तरता, मास्टर प्लानको कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकास, तीर्थालुहरुको स्वास्थ्य सुविधा र सुरक्षामा ध्यान दिँदै अगाडी बढ्ने नयाँ समितिले अर्जुनदृष्टि लिएको उहाँले सुनाउनु भयो । मुक्तिनाथ मन्दिर परिसरमा कार्यालय स्थापना, दक्ष जनशक्तिको व्यवस्था गरी दैनिक सरसफाई, तीर्थालुको सुविधा व्यवस्थापन, वेभसाइट सञ्चालन, यातायात व्यवस्थापन लगायतका काममा ध्यान केन्द्रीत गरेर अगाडी बढ्ने समितिले निचोड निकालेको छ ।
उच्च अदालत पोखराको बागलुङ इजालस(तत्कालिन पुनरावेदन अदालत)ले २०७० पुस २२ गते समेत आदेश गरेको तीर्थयात्रीहरुबाट प्राप्त हुने दान, भेटी, चन्दा र सहयोगको कुशल व्यवस्थापनको आदेश दिएको थियो । अदालतले मुक्तिनाथ मन्दीरमा चढाइने भेटी गरगहना लगायतका सम्पत्तीको दुरुपयोग नहुने गरी पारदर्शी रुपमा संकलन गरि समितिको कोषमा समावेस गराइ दुरुस्त लेखा राखेर तीनतीन महिनामा सार्वजनिक गर्न आदेश गरेको थियो । मुक्तिनाथको नाममा रहेको जग्गा, सुन, चाँदी, भवन लगायतका सम्पत्तिको संरक्षण र अभिलेखीकरण गरी संस्थागत सुशासन बढाउदै निरन्तरताका लागि पनि सिस्टम बसालेर अगाडी बढ्नेउहाँले जानकारी दिनुभयो ।
मंसिर १६ गते भएको साधारण सभापछि निर्वाचित समितिले पनि मुक्तिनाथको विकास र व्यवस्थापन सुरु गरेको छ । समितिले मुस्ताङ जिल्ला अस्पताल र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको संयुक्त पहलमा शुरु गरिएको मुक्तिनाथ उच्च उचाइ विरामीपना(लेकलाग्ने समस्या)को उपचार केन्द्रको थप व्यवस्थापन थालेको छ । त्यस्तै शैनिक विश्रामस्थल र रानीपौवास्थित उच्च उचाइ विरामीपना उपचार अस्पतालमा आवश्यक जनशक्ति, औषधी र स्वास्थ्य उपकरणको व्यवस्थासहित स्वास्थ्य तथा उपचार व्यवस्थापन गर्ने निर्णय गरेको प्रजिअ भुसालको भनाई छ ।
पुसको दोश्रो हप्ता बसेको मुक्तिनाथ विकास समितिको बैठकले मुक्तिनाथ बिकास समितिको स्थापना कालदेखि हालको अवस्थासम्म ल्याउन योगदान गर्नुहुने यस अघिका कार्यसमितिका पदाधिकारीहरु, सम्पूर्ण संस्थापक सदस्यहरु, धार्मिक, आध्यात्मिक अग्रज महानुभावहरु, यस मन्दिरका लामा, आनी, पुजारी लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी मुक्तिनाथ विकास समितिको नाममा स्थायी लेखा नम्बर लिने, लेखापरिक्षण प्रतिवेदनको आधारमा आन्तरिक राजस्व कार्यालयले निर्धारण गरे बमोजिमको कर रकम दाखिला गर्ने र कर छुटको प्रमाणपत्र लिनका लागि समितिका सदस्य तथा कोलेनिका प्रमुख जब्बर बहादुर भण्डारीलाई अख्तियारी दिएको छ ।
साधारण सभाबाट पारित भएको मुक्तिनाथ विकास समितिको संशोधित विधान २०८१ स्वीकृति र मुक्तिनाथ विकास समिति नविकरण गर्नका लागि स्थानीय अधिकारी समक्ष आवश्यक कागजातसहित पेश गर्ने र यसका लागि कार्यसमितिका सदस्य सचिव सूर्य प्रसाद शर्मालाई अख्तियारी दिएको छ ।
२०७७ साल भन्दा पछिको लेखापरिक्षण गरेवापतको पारिश्रमिक एक लाख बीस हजार रुपियाँ लेखापरीक्षक भूजेल एण्ड कम्पनीलाई भूक्तानी गर्नुका साथै समितिका बैठकहरु र साधारणसभामा भएको खाजा चिया र यातायात खर्च समेत गरी ५१ हजार चार सय ५० रुपियाँ समेत भुक्तानी गर्ने निर्णय गरेको छ ।
मुक्तिनाथ विकास समितिको विधानको दफा १३ बमोजिम कार्यसमितिको सदस्यमा पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुखलाई मनोनयन गर्नुका साथै सल्लाहकार समितिको पदाधिकारीमा सोही दफामा भएको व्यवस्था अनुसार मनोनयन गरिएको छ । सल्लाहकारहरुमा प्रतिनिधीसभा सदस्य योगेश गौचन थकाली, संविधानसभा सदस्य रोमी गौचन थकाली, बिरेन्द्र ज्वारचन, प्रतिनिधिसभा पूर्व सदस्य प्रेम प्रसाद तुलाचन शुशिलमान शेरचन, गण्डकी प्रदेश सभा सदस्य बिकल शेरचन, नम्डु गुरुङ, जिल्ला समन्वय प्रमुख माया गुरुङ, गण्डकी प्रदेश सभा पूर्व सदस्य महेन्द्र थकाली, चन्द्रमोहन गौचन, इन्द्रधारा बिष्टलाइ चयन मनोनयन गरेको छ ।
मुक्तिनाथ मन्दिरको उत्तरतर्फ रहेको तल्लो नयाँ भवनको माथिल्लो तलाको ४ कोठा समितिको कार्यालय प्रयोजनमा उपयोग गन र कार्यालयको लागि आवश्यक फर्निचर र उपकरणहरु खरिद गरी व्यवस्थापनका लागि जब्बर बहादुर भण्डारी र समितिका कर्मचारी रबिन सुवेदीलाई जिम्मेवारी दिएको छ ।
कार्यालय सञ्चालन र सरसफाई लगायतको कामको लागि जनशक्तिको आवश्यकता, सुविधा र कार्यशर्तको अध्ययन गरी आगामी बैठकमा पेश गर्न सदस्य सचिव र सहसचिवलाई जिम्मेवारी तोकीएको छ ।
मन्दिरमा हुने पुजा आजा, दान, चन्दा, भेटी र सहयोग सम्बन्धी कार्यको व्यवस्थापन प्रमुख लामा, प्रमुख आनी, मूल पुजारी र कर्मचारी रविन सुवेदीले गर्ने गरी जिम्मेवारी निर्धारण गरिएको छ ।
मुस्ताङ जिल्ला अस्पताल र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको संयुक्त पहलमा शुरु गरिएको मुक्तिनाथ उच्च उचाइ विरामीपना(लेक लागेका बिरामी)को उपचार केन्द्र, शैनिक विश्रामस्थल र रानीपौवास्थित उच्च उचाइ विरामीपना उपचार अस्पतालमा आवश्यक जनशक्ति, औषधी र स्वास्थ्य उपकरणको व्यवस्थासहित स्वास्थ्य तथा उपचार व्यवस्थापन गर्ने भएको छ ।
मन्दिरको अगाडी दायाँ वा बायाँ उपयुक्त स्थानमा फलामको फ्रेम बनाई नियमित हवनको व्यवस्था मिलाउन समितिका सदस्य जब्बर बहादुर भण्डारी र समितिका कर्मचारी रबिन सुवेदीलाई जिम्मेवारी दिएको छ ।
मुक्तिनाथ सम्बन्धी ऐतिहासिक, धार्मिक तथा पुरातात्विक ग्रन्थ÷प्रकाशनहरुको अध्ययन गरी पकेट बुक, महिमा पुस्तक र दस्तावेज तयार गर्न हिन्दु तथा बौद्ध स्वामी, गुरु, लामा, विद्वान, बुद्धिजिवी ब्यक्तित्वहरुलाई अनुरोध गरी अध्ययन, अनुसन्धान र प्रकाशन कार्य गर्ने भएको छ ।
यसका साथै मुक्तिनाथ मन्दिरमा आउने तीर्थालु भक्तजनहरुले दान चन्दा वापत दिने रकम संकलन गरी समितिको खातामा जम्मा गर्न बैकको संकलन काउन्टर राख्ने कामको लागि समितिका उपाध्यक्षलाई जिम्मेवारी दिएको छ । साथै मुक्तिनाथ विकास समितिको नाममा एउटा सुविधायुक्त एम्बुलेन्स खरिद गर्ने र उक्त एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गर्न समितिका उपाध्यक्षलाई नै जिम्मेवारी दिएको ।
प्रयोग बिहिन अवस्थामा रहेको भारतीय दुतावासबाट निर्मित बसपार्कस्थित धर्मशाला मर्मत सम्भारको लागि लागत अनुमान तयार गर्ने सिसि टिभि र सडक बत्ती जडान नक्शाङकन र लागत अनुमान तयार गर्ने, शालिग्राम संग्रहालय स्थान नक्साङ्कन तथा लागत अनुमान तयार गर्ने भएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरेर दर्शन गर्न चाहनेको हितलाई मध्येनजर गर्दै मन्दिर परिसरमा उपयुक्त क्षमताको ईन्टरनेट जडान गर्न नेपाल दुर संचार कम्पनीलाई अनुरोध गर्ने निर्णय मुक्तिनाथ विकास समितिले गरेको छ । साथै नयाँ वर्ष २०८२ को भित्ते पात्रो प्रकाशन गर्नका लागि थासाङ गाउँपालिकाका अध्यक्षलाई जिम्मेवारी दिने भएको छ ।
सर्वपक्षिय प्रयासमा व्यवस्थीत सञ्चालन हुँदै मुक्तिनाथ
By Amrit Baskune7 Mins Read
Previous Articleरविलाई ६५ र छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश
Next Article मदिराको लतले राउटेको अस्तित्व सङ्कटमा