Author: Lokraj Roka

लिस्वन पोर्चुगल — पोर्चुगलका लागि नेपालका राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलको लिस्बनस्थित राष्ट्रपतिको आधिकारिक निवास बेलेम प्यालेसमा सोमबार दिउँसो आयोजित एक औपचारिक समारोहमा पोर्चुगलका राष्ट्रपति मार्सेलो नुनो डुवार्टे रेबेलो डे सुसा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ। यो सँगै नेपालीहरुमा सेवा सहजता हुने देखिएको छ, कार्यक्रममा राजदूत पौडेलले राष्ट्रपति महामहिम मार्सेलो रेबेलो डे सुसासँग भेटवार्ता गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रपति सुसाले पोर्चुगलका लागि नेपालको पहिलो राजदूतमा नियुक्त हुनु भएकोमा राजदूत पौडेललाई बधाई दिँदै नेपाल र पोर्चुगल बीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई अझै सुमधुर बनाउन सफलताको लागि कामना गर्नुभएको थियो । राजदूत पौडेलले राष्ट्रपतिलाई नेपालका राष्ट्रपति माननीय रामचन्द्र पौडेलको शुभकामना र…

Read More

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु भएको हो ।  दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानी सहित अति आवश्यक कागजात प्रमाणीकरण सम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक…

Read More

लोकराज रोका मगर युरोप पोर्चुगल राहदानी विभाग र पेरिसस्थित  नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि अगस्ट १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरेको छ । घुम्ती सेवाबाट ३८२९ जना नेपालीहरूले आफ्नो राहदानी नवीकरणको सेवा लिएको राजदूतावासले जानकारी दिएको हो ।  यसमा १२१ जना नाबालक, ३३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४,९१,५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको छ । घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी थिए । घुम्ती सेवाको व्यवस्थापन…

Read More

लोकराज रोका मगर युरोप पोर्तुगल म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको आयोजनामा खुल्ला यूरोप स्तरीय भलिबल प्रतियोगिताको सम्पन्न भएको छ । “मोना पोर्चुगल अक्षय कोष स्थापनार्थको”लागि पोर्चुगलका राजधानी लिस्बन स्थित अल्भलाद लिस्बनको खेल मैदानमा हिजो आईतबार ०७ जुलाई २०२४मा सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फ मोना पोर्चुगल प्रथम, जम्मुजिरा समूह उपविजेता भएका छन् । त्यस्तै प्रतियोगितामा महिलातर्फ टोरेस भेडेरास समूह प्रथम, मोना पोर्चुगल दोस्रो भएका छन् । पोर्चुगलमा रहेका विपत् परेको म्याग्देली तथा गैर म्याग्देलीहरुलाई आपत् परेको बेला सहयोग गर्ने उदेश्यको साथ “मोना पोर्चुगल अक्षयकोष स्थापना ” गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्था अध्यक्ष नर प्रसाद फगामीले जानकारी गराउनु भएको थियो।…

Read More

लोकराज रोका मगर युरोप,लिस्वन पोर्तुगल विगतका बर्षहरुमा झै यस बर्ष पनि भुमे पुजा २०२४ कार्यक्रम सम्पन्न गर्नका लागि “भुमे (बल) पूजा, प्रकृति र पर्यावरण; कला संस्कृतिको संरक्षण र पुस्तान्तरण” भन्ने मुल नाराका साथ पोर्तुगलको राजधानी लिस्बन स्थित बेलाभिष्टा पार्कमा जुन ६ मा मनाउने गरि मगर संघ पोर्तुगल, तकसेरा समाज पोर्तुगल र लुगुम्याल समाज पोर्तुगलको संयुक्त आयोजनामा भुमे पुजालाई भव्यता साथ मनाउने निर्णय समाजको अध्यक्षहरुको सयुक्त बैठकद्वारा उक्त मिति ०६ जुन २०२४मा निर्णय भएको छ! उक्त तीन ओटा समाजहरुको अध्यक्षहरुको संयुक्त बैठकले विभिन्न ७ वटामा निर्णय समेत गर्दै भुमे पुजालाई सुव्यवस्थित बनाउनको लागि नारा,समिति उपसमिति प्रसारप्रचार समिति समेत गठन गरिएको छ…

Read More

लोकराज रोका मगर पोर्तुगल लिस्बन सुदुरपश्चिमेली नेपाली समाज पोर्चुगलको होली पर्वको मार्च २४ तारिख आइतबार लिस्बनको वेलाभिस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संघसंस्थाहरूका अगुवा प्रतिनिधीहरूको बाक्लो उपस्थिती रहेको थियो। उक्त कार्यक्रम समाजका अध्यक्ष दिपेश विष्टको अध्यक्षतामा रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि महावाणिज्य दुत मकर बहादुर हमाल र विशिष्ट अतिथिहरु गैर आवासिय नेपाली संघ युरोप उपसंयोजक रोबोर्ट लिम्बु र गैर आवासिय नेपाली संघ पोर्तुगलका अध्यक्ष उमेश खड्का अतिथिहरु गैर आवासिय नेपाली संघ आइसिसी सदस्य राजकुमार थापा , लगायत पोर्तुगलमा आबध्द विभिन्न राजनिति,जातिय,भुगोलका संघ संस्थाका प्रतिनिधीहरू उपस्थिति रहेको थियो । कार्यक्रममा महावाणिज्यदूत मकर हमालले होली संस्कृति र परम्पराको बारेमा प्रकाश पारेका…

Read More


लोकराज रोका मगर पोर्चुगल । यहि १० मार्चमा भएको पोर्चुगलको मध्यवर्ति सम्सदीय चुनाबमा कुनै पनि दलको स्पस्ट बहुमत आएन । वर्तमान सत्तारूढ सोसलिस्ट पार्टी (PS) ले आफ्नो पुरानो बहुमत गुमाउँदै पराजित भएको छ । २३० सिटका लागि भएको चुनाबमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनान् भने प्रमुख विपक्षी गठबन्धन डेमोक्रेटिक एलायन्स (AD) लोकप्रिय मतका साथ पहिलो शक्तिको रूपमा अगाडि आएको छ भने अति दक्षिणपन्थी पार्टी सेगा (Chega) संसदमा तेस्रो पार्टीको रुपमा उदाएको छ । यस पटकको निर्वाचनमा अघिल्लो सन् २०२२ मा भएको चुनाव भन्दा बढी मत खसेको छ । यो पटकको निर्वाचनमा लगभग ६६.२४ प्रतिशत मत खसेको छ…

Read More

लोकराज रोका मगर लिस्बन पोर्तुगल युरोप “सुदुर पश्चिमको लागि सुदुर पश्चिमेलीसमाज” भन्ने नाराका साथ सुदुर पश्चिम समाज पोर्तुगलका प्रथम अधिवेशन सम्पन्न भएको छ,सुदुर पश्चिम समाज पोर्तुगलका अधिवेशन तयारी समितिका संयोजक दिपेश विष्टको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि प्रमुख अतिथि गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष हमाल,विशिष्ट एनआरएन युरोप उपसंयोजक रोबोट लिम्बु एनआरएन पोर्तुगल अध्यक्ष उमेश खड्का, एनआरएन आईसिसी सदस्य राजकुमार थापा रहेका कार्यक्रममा पोर्तुगलमा स्थापित बैचारिक,क्षेत्रिय संघ संगठन उपस्थित रहेको थियो, साथै पोर्चुगलमा रहेका विभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुले संस्था सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो। निर्वाचन मण्डल संयोजक पुष्पराज गिरी ३९ सदस्य कार्यसमिति घोषणा गर्नु भएको थियो, अध्यक्ष:दिपेश…

Read More

युरोप पोर्तुगल म्याग्दी प्रवासी नेपाली संघ (मोना)पोर्तुगल आठौँ महाअधिवेशन एक कार्यक्रम बिच ओक्टुबर १ मा पोर्तुगलको राजधानीमा भव्यता साथ सम्पन्न भएको छ, संघ अध्यक्ष रविनको अध्यक्षता र पोर्तुगलको लागि नेपाली महावाणिज्यदूत मकर हमालको प्रमुख अतिथ्यता,म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय समिति निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा प्रमुख सल्लाहकार मिम पुर्जाको विशिष्ट अतिथि तथा एनआरएनए अभियान्ताहरु विभिन्न राजनितिक तथा जातिय ,क्षेत्रिय संघ संस्था प्रमुख म्याग्दी प्रवासी नेपाली संघ(मोना) युरोपको क्षेत्रिय संयोजक लोकराज रोका मगर रहेको थियो, उक्त कार्यक्रममा मेरो डान्स युनिभर्सको उपविजेता देबि गर्बुजा सम्मान तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो उक्त कार्यक्रममा म्याग्देली बाक्लो उपस्थिति रहेको थियो, कार्यक्रम सञ्चालन निवर्तमान महासचिव…

Read More

म्याग्दी धवलागिरी गाउँपालिका वडा नं–४ निवासी लोकराज रोका मगरले गाउँपालिकाकै पुरानो विद्यालयमा आवासिय रुपमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । हेम नमुना आवासीय माध्यमिक विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने ३१ जना विद्यार्थीलाई उक्त सामग्री प्रदान गर्नुभएको हो । धवलागिरी गाउँपालिका वडा वडा न–७ का वडा अध्यक्ष अशोक खत्रीले रोकाले उपलब्ध गराउनुभएको सामग्री हस्तान्तरण गर्नुभएको हो । बैदेशिक रोजगारीमा रहनुभएका रोकाले आफ्नो जन्म दिनको अवसरमा शैक्षिक सामग्री उपलब्ध गराउनुभएको थियो । नेपालमा रहँदा शिक्षण पेशामा क्रियाशिल रोकाले हरेक जन्मदिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । रोका नेपालमा रहँदा नेपाल शिक्षक संगठन धवलागिरी गाउँपालिकाको संस्थापक कोषाध्यक्ष र नेपाल…

Read More