लोकराज रोका मगर
युरोप,लिस्वन पोर्तुगल
विगतका बर्षहरुमा झै यस बर्ष पनि भुमे पुजा २०२४ कार्यक्रम सम्पन्न गर्नका लागि “भुमे (बल) पूजा, प्रकृति र पर्यावरण; कला संस्कृतिको संरक्षण र पुस्तान्तरण” भन्ने मुल नाराका साथ पोर्तुगलको राजधानी लिस्बन स्थित बेलाभिष्टा पार्कमा जुन ६ मा मनाउने गरि मगर संघ पोर्तुगल, तकसेरा समाज पोर्तुगल र लुगुम्याल समाज पोर्तुगलको संयुक्त आयोजनामा भुमे पुजालाई भव्यता साथ मनाउने निर्णय समाजको अध्यक्षहरुको सयुक्त बैठकद्वारा उक्त मिति ०६ जुन २०२४मा निर्णय भएको छ!
उक्त तीन ओटा समाजहरुको अध्यक्षहरुको संयुक्त बैठकले विभिन्न ७ वटामा निर्णय समेत गर्दै भुमे पुजालाई सुव्यवस्थित बनाउनको लागि नारा,समिति उपसमिति प्रसारप्रचार समिति समेत गठन गरिएको छ
१:- यस बर्षको भुमे पुजा को नारा “भुमे (बल) पूजा, प्रकृति र पर्यावरण; कला संस्कृतिको संरक्षण र पुस्तान्तरण” तय गर्ने २:- कार्यक्रम आगामी जुन १६ तारिख आईतबार बेला भिष्टा पार्कमा गर्ने
३ :- लोकेन्द्र पुनको संयोजकत्वमा भुमे ( बल) पुजा संरक्षण मुल आयोजक समिति पोर्तुगल गठन गर्ने ,मुल आयोजक समिति सदस्य का लागि मगर संघ पोर्तुगल, तकसेरा समाज पोर्तुगल र लुगुम्याल समाज पोर्तुगल संग सम्बद्ध सम्पुर्ण आङ्गिक सदस्यहरु रहने
४:- मुल आयोजक समिति सदस्य बन्नका लागि हाम्रो पुजा हाम्रो सहभागिता अन्तर्गत अधिकांस घर कुरिया लाई पुजा कार्यक्रममा सहभागीता गराउने
५:- प्रचार प्रसार संयोजकमा मगर संघ पोर्तुगलका विश्वास थापा मगरको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार समिति गठन गर्ने
सदस्य- युक राना मगर, पुजा मगर (मगर संघ) आशिर बुढा मगर, बुर्जन बुढा मगर (तकसेरा समाज) कमल बुढा मगर, दिपक पुन मगर (लुगुम्याल समाज)
६ :- बिबिधमा कार्यक्रमको थप प्रभावकारी बनाउनको लागि उपसमितिहरु बनाई जुन १० गते सोमबार सयुक्त बैठक बस्ने
७:- विविध
कार्यक्रम संयोजक
लोकेन्द्र पुन मगर
भुमे(बल) पुजा संरक्षण मुल आयोजक समिति पोर्तुगल
उक्त कार्यक्रम मुख्य उदेश्य कला संस्कृति संरक्षण गर्ने र हामी जल जमिन जंगल संग गाँसिएको हुनाले भुम्या देउताको पुजा गरि भुम्या लाई बल (बली )चदाउने हुनाले बलपुजा पनि भन्ने चलन रहेको छ
विशेष गरि मगरहरुको एक प्राकृतिक अनुष्ठान भुमे पुजालाई मान्ने जन विश्वास समेत रहेको छ,[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]