लोकराज रोका मगर
पोर्तुगल लिस्बन
सुदुरपश्चिमेली नेपाली समाज पोर्चुगलको होली पर्वको मार्च २४ तारिख आइतबार लिस्बनको वेलाभिस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संघसंस्थाहरूका अगुवा प्रतिनिधीहरूको बाक्लो उपस्थिती रहेको थियो।
उक्त कार्यक्रम समाजका अध्यक्ष दिपेश विष्टको अध्यक्षतामा रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि महावाणिज्य दुत मकर बहादुर हमाल र विशिष्ट अतिथिहरु गैर आवासिय नेपाली संघ युरोप उपसंयोजक रोबोर्ट लिम्बु र गैर आवासिय नेपाली संघ पोर्तुगलका अध्यक्ष उमेश खड्का अतिथिहरु गैर आवासिय नेपाली संघ आइसिसी सदस्य राजकुमार थापा , लगायत पोर्तुगलमा आबध्द विभिन्न राजनिति,जातिय,भुगोलका संघ संस्थाका प्रतिनिधीहरू उपस्थिति रहेको थियो ।
कार्यक्रममा महावाणिज्यदूत मकर हमालले होली संस्कृति र परम्पराको बारेमा प्रकाश पारेका थिए। त्यस्तै कार्यक्रममा सुदूरपश्चिमेली समाजका सल्लाहकार पुष्पराज गिरी, पदम बाएक समेत उपस्थिति रहेको थियो। सांस्कृतिक बिभाग प्रमुख तथा राष्ट्रिय कलाकार अर्जुन सुनामले लोक देउडा प्रस्तुति आन्नद कथरिया चौधरी भाषाको प्रस्तुतिले कार्यक्रमलाई विशेष बनाएको थियो, उपस्थित दर्शकलाई नचाएको थियो । बरिष्ठ उपाध्यक्ष पदम चुकाहा,उपाध्यक्षहरु नरेश भाट,एनबी साउद,कोषाध्यक्ष ओशोक जोशी,सहकोषाध्यक्ष प्रेम भट्ट लगाएत
कार्यक्रम सफल पार्नको लागि संस्थाको सम्पुर्ण कार्यकारी समिति साथ सहयोग प्रति संस्थाको अध्यक्ष दिपेश विष्टले धन्यवाद दिदैं देउडाको बारेमा पनि स्पष्ट पार्नु भएको थियो।
आइतबार विदाको दिन पारेर आयोजना गरिएको कार्यक्रममा प्रवासमा रहेको नेपाली लोक सँस्कृति प्रेमिहरुको बाक्लो उपस्थिति रहेको थियो,उपस्थिती संस्कृति प्रेमिहरुले एक आपसमा रंग लगाउदै शुभकामना ब्यक्त गर्दै मनाइएको थिए कार्यक्रममा सुदुर पश्चिमको देउडा नृत्यले उपस्थित सबैको मन जितेको थियो।
कार्यक्रममा स्थानिय कलाकारले पञ्चेबाजा प्रस्तुत गरेका थिए भने बाजाको तालमा युवाहरूले नाचेर भरपुर मनोरन्जन गरेका थिए ।
सुदूरपश्चिमेली नेपालि समाज पोर्चुगलका कार्यक्रममा नेपालीहरुको लोकसंस्कृति प्रति माया अनि सद्भावले विदेशीहरुलाई समेत नचाएका थिए,विदेशी पत्रकारहरुले समेत रिपोर्टिङ गरेका सुदुरपश्चिम समाजका महासचिव सुरज विष्टले ईरुप्सेलाईलाई जानकारी गराउन भएको थियो।
उक्त कार्यक्रम स्वागत मन्तव्य समाजका सचिव पुष्करराज जोशीले गर्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सुरज विष्टले गरेका थिए भने अन्त्य संस्कृति कार्यक्रमको सञ्चालन समाजका अगुवा डम्मरबहादुर खड्का गरेको जानकारी महासचिव सुरज विष्टले ईरुप्सेलाई जानकारी गराउनु भएको थियो।